जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, September 22, 2010

को बढी महत्त्वपूर्ण, आमा वा पत्नी ?

'भेडा भेडासित, बाख्रा बाख्रासित' भनेझैँ मन र विचार मिलेका व्यक्तिहरू नै आपसमा साथी बन्छन् । यसको अर्थ यो होइन कि, हरेक साथी समान चरित्र र सोचाइका होऊन् । कोही बहिर्मुखी चरित्रका हुन्छन्, कोही तुलनात्मक रूपमा अन्तर्मुखी । कतिपय साथीसँगको सम्बन्ध भावनाप्रधान हुन्छ, कतिसँग विचारसामीप्य हुन्छ । लगभग वर्षदिनअघि विचारप्रधान सम्बन्ध भएका एकजना साथीसँग मेरो गम्भीर

ढुंगा हानी मृत्युदण्ड दिने देशमा ...

केही दिनअगाडि उत्तरी अफगानिस्तानमा एक महिला र एक पुरुषलाई अवैध सम्बन्ध राखेको आरोपमा त्यहाँको एक विद्रोही समूहले ढुंगा हानेर मार्ने निर्णय सुनायो । कानुन र सरकारको कुनै उपस्थिति नभएको अफगानिस्तानमा कुनै अतिवादी समूहको मनोमानी निर्णय नै कानुन हुने गरेको छ । अन्ततः त्यस जोडीलाई भीडले ढुंगा हानेर मार्‍यो ।

त्यस समाचारको विषयमा अफगानिस्तानको सलाम वान्तादार रेडियोका खेलकुद रिपोर्टर इब्राहिम मोहम्मदलाई मैले इमेलमार्फत सोधेँ, 'तिमीलाई यो समाचार कस्तो लाग्यो ? तिम्रो देशका लागि लज्जाको विषय होइन यो ? तिम्रो देशमा मानवताको यो हदसम्म उल्लंघन हुँदा पनि तिमी पत्रकारहरू के हेरेर बसेका छौ ? यस्तो मध्ययुगीन बर्बरताविरुद्ध तिमीहरूले केही बोल्नु पर्दैन ?' एकसाथ दर्जन बढी प्रश्नले मैले उनलाई 'हमला' गरेकी थिएँ । सोचेकी थिएँ- उनले मर्माहत भएर जवाफ दिनेछन्, 'जे भयो, त्यसका लागि म अत्यन्त लज्जित छु ।' तर, उनको जवाफ हलुका र अचम्मित पार्नेखालको थियो । 'मैले यो समाचार सुनेको छु । उनीहरूले विनाप्रमाण सजाय दिए । पूर्ण प्रमाण भयो भने इस्लामले त्यस्तो सजायलाई जायज मानेको छ,' इब्राहिमले भने ।
त्यसपछि अर्का दिन मैले उनलाई अनलाइनमा 'समातेँ' र सुरु गरेँ, त्यही स्टोनिङ टु डेथ (ढुंगा हानेर हत्या)को प्रसंग ।
'शारीरिक सम्बन्ध राखेको सजाय मृत्यु हुन सक्छ ? इस्लामले त्यस्तो भनेको छ र ? इस्लामको कुरा छोड, मलाई तिम्रो विचार भन,' मैले सोधेँ ।
'इस्लामको विचार नै मेरो विचार हो । म त्यसविरुद्ध गएँ भने मैले कहिल्यै माफी पाउँदिनँ,' इब्राहिमले भने, 'तिमी यो कुरामा दुःखी नबन । यस्ता कुरा हाम्रा लागि सामान्य हुन्,' उनले भने ।
इब्राहिमका अनुसार तालिवानी प्रभाव र पकड भएका ठाउँमा यस्ता आरोप सजिलै लाग्छन् र आरोपितको इहलीला सजिलै समाप्त पारिन्छ । उनी भन्छन्, 'इस्लामले मागेको प्रमाण नपुर्‍याई सजाय तोकिन्छ भने त्यो गलत हो । तर, अपराध प्रमाणित भएमा त्यसलाई गलत भन्न मिल्दैन । इस्लामले यसप्रकारको सजायलाई अनुमति दिएको छ । समाजमा सुव्यवस्था कायम गर्नका लागि पनि यस्ता कुरा जरुरी हुन्छन् ।' इब्राहिमले भनेको सुव्यवस्था कस्तो व्यवस्था हो, मैले पटक्कै भेउ पाइन ।
अफगानिस्तानमा बर्सेनि धेरैलाई अनैतिक सम्बन्ध राखेको आरोपमा ढुंगा हानेर मारिन्छ । नैतिक र अनैतिक सम्बन्ध तोक्ने र छुट्टयाउने र सजायको घोषणा गर्ने काम मुला या इमामले गर्छन्, अल्लाहका नाउँमा । धर्मभीरु र तथाकथित नैतिकतामा विश्वास गर्ने भीडले आरोपितका काम तमाम गरिदिन्छन् । खुलामैदानको बीचमा निरीह महिला/पुरुषमाथि ढुंगा हानिन्छ, उनीहरूको मृत्यु नहुन्जेलसम्म । भीडको हुंकारमा ती असहाय प्राणीका चित्कार दबिन्छन् । र, ढुंगाको थुप्रोबीच रगताम्य लास लम्पसार परेपछि यो पीडक कर्मकाण्ड सकिन्छ ।
०००
अर्का दिन फेरि हामी अनलाइनमा थियौँ ।
इब्राहिमले मलाई सोधे, 'नाजायज शारीरिक सम्बन्ध राख्नेलाई तिम्रो देशमा चाहिँ के गरिन्छ नि ?'
'जे गर्छ कानुनले गर्छ,' मैले भनेँ, 'तिम्रो देशमा जस्तो धार्मिक नेता या भीडले हाम्रो देशमा कसैको भाग्यको फैसाला गर्न पाउँदैन । यौन-सम्बन्धलाई जायज र नाजायज भनेर तोक्ने हाम्रा केही आधार हुन्छन् । कानुनी र सामाजिक आधार । तिम्रो देशमा जस्तो जथाभावी हुँदैन हाम्रोमा ।'
'ओ माई गड !' ऊ चकित भयो, 'समाजका मान्छेले केही गर्दैनन् ? यसरी त समाजमा विकृति बढ्दैन र ?'
'केको विकृति नि ? हाम्रो देशमा मानवअधिकारको राम्रो सम्मान गरिन्छ । यौन व्यक्तिगत अधिकारको कुरा हो ।' मैले उसलाई संकेत गर्न खोजेँ कि हामी सभ्य देशका बासिन्दा हौँ ।
'त्यस्तो पनि कहीँ व्यक्तिगत अधिकार हुन्छ ?' उसले भन्यो, 'त्यसले अर्का व्यक्तिको अधिकार खोस्छ । हाम्रो इस्लाममा संसारकै विशिष्ट न्यायको कुरा छ ।'
'दुई जवान केटा-केटीको सम्बन्धलाई देख्न नसक्ने तिमीहरू ! तिमीहरूको न्यायको परिभाषा विचित्र छ । मानवअधिकारको न्यूनतम सम्मान पनि गर्दैनौ तिमीहरू,' म एकदम आक्रोशित थिएँ ।

'संसारमा अरू कैयौं विषय छन्,' उनी पनि रन्किए, 'दिनहुँ बम पड्काएर मान्छे मारिनुमा मानवअधिकारको हनन देख्दैनौ तिमी ?' आफ्नो देशमाथि सोभियत युनियन र अमेरिकाले गरेको हस्तक्षेपमाथि विश्व समुदायले आँखा चिम्लिएको ठानेका छन् सायद उनले ।

म जवाफ दिने अवस्थामा थिइनँ । रिसले रन्किएकी थिएँ । केही नबोली 'साइनआउट' गरेँ ।
०००
इब्राहिम दुई वर्षअगाडि मेरो फेसबुक साथी बनेका हुन् । दक्षिण एसियामा अमेरिकाको आतंकवादविरोधी अभियान -वार अन टेरोर)को सिकार बनेको अफगानिस्तानको नागरिक हो ऊ ।
मलाई अफगानिस्तानमा ढुंगा हानेर मार्ने चलन र खोकनाको तालमा टोकी-टोकी पाठी मार्ने चलन उस्तै-उस्तै लाग्छ ।
मैले इब्राहिमलाई उहिल्यै सोधेको थिएँ, 'तिम्लाई महिलालाई ढुंगा हान्ने ठाउँ थाहा छ ?'
उसले मजाक शैलीमा उत्तर दिएको थियो, 'हा...हा..हा किन थाहा नहुनु ? गलत सम्बन्ध राख्नेलाई मार्ने ठाउँ हो । यस्तो ठाउँ फराकिलो चौर हुने गर्छ ।' मेरा लागि जुन कुरो भयानक थियो, उनका लागि सामान्य थियो । उनको र मेरो पृष्ठभूमि नितान्त फरक भएर पनि होला । उनी जुन वातावरणमा हुर्के, त्यसको असर उनमा देखिनु नौलो कुरा होइन ।
०००
सन् १९८५मा जन्मेका थिए इब्राहिम । उनको पुर्ख्यौली घर निन्ग्राहर प्रान्तमा पर्छ । जिल्ला हो- मोमानन्दारा । त्यतिवेला अफगानिस्तानमा सोभियत युनियनको पूर्ण सहयोगमा कम्युनिस्ट शासन थियो । तर, उनको परिवारलाई कम्युनिस्ट सासनमा जीविकोपार्जन गर्न गाह्रो थियो । उनीहरूले पाकिस्तानको पेसावरमा रहेको नासिर बाघ शरणार्थी शिविरमा अन्य नातेदारसँगै शरण लिए । त्यही शरणार्थीका लागि चलाइएको स्कुलमा पढे उनी । त्यसबाहेक उनी कुरान पनि पढ्दै थिए । १६ वर्ष नपुग्दै इब्राहिमलाई कुरान कण्ठस्थ थियो । 'त्यसैले मैले भनेको इस्लाम विश्वमै उत्कृष्ट छ, किनभने मलाई त्यसको हरेक वाक्य थाहा छ ।' इब्राहिमले मेलमा आफ्नो 'प्रोफाइल'मा लेखेका थिए ।

पाकिस्तान शरण लिन गएकाले उनको परिवारले आफगानिस्तानमा चलिरहेको हिंसाको सिकार हुनु परेन । तालिवानी शासनको हप्की खान पनि परेन । तर, आर्थिक अभावमा भने बाँच्नु पर्‍यो । उनका बुबा काम गर्थे, तर घरमा पैसा ल्याउँदैनथे । त्यसैले इब्राहिमले सानोतिनो काम गर्न थाले घर चलाउन । उनका अब्बा कहिलेकाहीँ आउँथे रित्तोहात । पछि थाहा भयो- उनले कमाएको जति सबै कान्छी आमाकहाँ पुग्दोरहेछ ।
इब्राहिमका चार दिदीबहिनी र चार दाजुभाइ छन् । अर्की आमापट्ट िथप चार बहिनी । सन् २००१ मा तालिवानलाई अमेरिकाले फालेपछि उनका बाबु काबुल र्फके । त्यहाँ उनी संयुक्त राष्ट्रसंघीय मानवअधिकारको उच्चायोगमा काम गर्ने आफ्ना मित्रसँग पैसा सापटी माग्न गएका थिए । ती साथीले पैसा सापटी दिएनन्, पैसा आउने बाटो देखाए । उनलाई आफ्नै कार्यालयमा गार्डको काम दिए । 'हाम्रा बाले काम पाएपछि हामीलाई बोलाएनन् । सानीआमा र उनका छोरीहरूलाई मात्रै बोलाए,' इब्राहिमले भने ।
अब्बाको तलब मासिक चार सय अमेरिकी डलर थियो । तर, त्यसले इब्राहिम र उनका दाजुभाइका लागि कुनै अर्थ राख्दैनथ्यो । त्यतिवेलासम्म आफ्नो स्कुलको खर्च जुटाउन उनी आफँै काम गर्थे । उनका अब्बाले एक वर्षपछि भने सबैलाई काबुल बोलाए । राजधानी भएकाले उनको परिवारलाई विद्रोही समूहको डर थिएन । बरु पीर थियो त आफन्त नहुनुको । 'हामी अन्जान थियाँै । हाम्रा नातेदार थिएनन्,' इब्राहिमले भने । उनी कक्षा ११ मा पढ्न चाहन्थे, तर साम्सद टिभीमा काम पाए । उनको अब्बाको साथीको सहायक भए उनी । त्यहीँबाट उनको पत्रकारिता सुरु भयो ।
इब्राहिम अफगानिस्तानमा तालिवानले छोडेयताको पहिलो खेल उद्घोषक हुन् । त्योबाहेक उनी अंग्रेजी सिनेमा पनि अनुवाद गर्छन् ।
०००
इब्राहिम २६ वर्षका भए । यतिवेलासम्म कति केटीलाई प्रेम प्रस्ताव राखे उनले ?
'हाहा प्रस्ताव ? बिहे त नहेरी गरेको । प्रस्ताव राख्ने ? हाम्रो यहाँ त्यस्तो चलनै छैन । हामीलाई प्रस्ताव राख्न पाउने अनुमति छैन,' उनले सुनाए, 'मनमनै भने धेरैलाई मन पराएँ । तर, कसैलाई भनिनँ ।'
'यति धेरै कुरा किन सोधेको तिमीले,' इब्राहिमले मलाई सोधे ।
'अखबारमा छाप्न,' मैले भनेँ ।
'नछाप्नु, मलाई तालिवानले मार्छन् फेरि,' उनले भने ।
'खेल पत्रकारलाई केही गर्दैनन् रे नि त !' मैले भनेँ ।

Tuesday, September 21, 2010

प्रेमिका सेक्सी, पत्नी सुन्दर

काठमाडौ, आश्विन २ - सुन्दर अनुहार र उपयुक्त फिगरमा पुरुषहरू भुतुक्क हुन्छन् । तर प्रेमिका र पत्नी छान्ने सन्दर्भमा पुरुषको रुचि बेग्लाबेग्लै हुन्छ ।
<div class="fullpost"<
काठमाडौ, आश्विन २ - सुन्दर अनुहार र उपयुक्त फिगरमा पुरुषहरू भुतुक्क हुन्छन् । तर प्रेमिका र पत्नी छान्ने सन्दर्भमा पुरुषको रुचि बेग्लाबेग्लै हुन्छ ।
'इभोल्युसन एन्ड ह्युमन बिहेभियर' जर्नलमा छापिएको प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले के भनेका छन् भने पुरुष कुनै युवतीसँग डेटिङ गर्दा उसको अनुहारको सुन्दरता नभई शरीरको बनावटलाई महत्त्व दिन्छन् । उनहिरू पर्फ]{ट फिगर भएका केटीसँग डेटिङ गर्न रुचाउँछन् ।
तर जब कुरा बिहेको हुन्छ, पुरुषको रुचि बदलिन्छ । उनीहरू सुन्दर अनुहार भएका युवतीसँग बिहे गर्न रुचाउँछन् । बिहे गर्न भने पुरुषहरू युवतीको फिगरलाई बढी महत्त्व दिँदैनन् । अनुसन्धानकर्ताहरूका अनुसार यौन सन्दर्भका लागि मात्रै हो भने पुरुषहरूका लागि ३६, २४ र ३६ इन्च फिगरवाला शरीरले धेरै महत्त्व राख्छ । घर बसाउने मामिलामा भने यस्तो फिगरको कुरो बिर्सन्छन् । अनुसन्धाताहरू के भन्छन् भने सुन्दर अनुहार भएका युवतीसँग बिहे गर्नाले पुरुषको प्रजनन क्षमतामा वृद्घ िहुन्छ । यसले स्वस्थ परिवारको विकास हुन्छ र सम्बन्ध बलियो हुन्छ ।
यौनले बढ्छ एकाग्रता
नियमित स्वस्थ सेक्सका अनेक लाभ हुन्छन् । यसले तनावमा कमी आउनुको साथै शरीर स्वस्थ रहन्छ, रोग प्रतिरोधक क्षमतामा असर पर्छ । नियमित र आनन्ददायक यौनसम्बन्धले मस्तिष्कसमेत विकसित हुने नयाँ अनुसन्धानले सावित गरेको छ । यसले मस्तिष्कमा नयाँ कोष बन्छन् र व्यक्ति विशेषको एकाग्रतामा वृद्घ िहुन्छ ।
लाइभ साइन्सको समाचारअनुसार पि्रस्टन विश्वविद्यालयका वैज्ञानिकहरूले यो विषयमा एउटा अनुसन्धान गरे । उक्त अनुसन्धानको मुख्य विषय 'के आनन्ददायक क्षणले हाम्रो मस्तिष्कमा सकारात्मक असर पुर्‍याउन सक्छ ?' भन्ने थियो ।
यसका लागि वैज्ञानिकहरूले केही मुसामा प्रयोग गरे । उनीहरूले भाले मुसाका दुई समूह बनाए । एउटा समूहको भाले मुसाका लागि उनीहरूले प्रतिदन यौनका लागि तयार पोथी मुसा उपलब्ध गराए । अर्को समूहका मुसाका लागि यो मौका हरेक दुई सातामा एकपटक दिइयो । यसरी एक समूहको मुसालाई प्रतिदिन यौनको आनन्द उठाउने मौका पाए भने अर्को समूहको मुसाले यो मौका पाएन ।
यसपछि वैज्ञानिकहरूले दुवै समूहका मुसाका शरीरमा ग्लुकोकोरिकोइडस्को मात्रा परीक्षण गरे । ग्लुकोकोरिकोइडस्मा तनाव उत्पन्न गर्ने हार्मोन
हुन्छ । दुवै समूहका मुसामा यसको मात्रा पाइए पनि पहिलो समूहका मुसामा भने यसको मात्रा कम देखियो । अर्कोतर्फ नियमित रूपमा यौनको आनन्द उठाइरहेको मुसाको मस्तिष्कको कोष बढी विकसित भए र उनीहरूको बीच सम्पर्क सूत्र पनि बढी विकसित भए । यी मुसाहरू अन्य मुसाको दाँजोमा कम बेचैनी अनुभव गरे, उनीहरूको मस्तिष्क बढी क्षमतावान् देखियो ।
यसको परीक्षणका लागि वैज्ञानिहरूले खानाको खोजीका लागि दुवै मुसाले गर्ने व्यवहारलाई नियाले । वैज्ञानिकहरूले नियमित यौनको आनन्द उठाइराख्ने मुसाले जटिलभन्दा जटिल परिस्थितिमा समेत खानाको खोजी गरेको पाए जब कि अन्य मुसाले भने यसो गर्न सकेनन् । यो अनुसन्धानले नियमित यौनबाट मुसाको व्यवहार र मस्तिष्कमा सकारात्मक असर पार्छ भन्ने तथ्य हात पार्‍यो । वैज्ञानिकहरूका अनुसार बायोलोजिकल रूपमा मानवको शरीरमा समेत यस प्रकारको परिवर्तन हुने गर्छ ।
<div class="fullpost"<

Smarika: फेसबुकमा पनि ‘तटस्थता’ को सुविधा

काठमाडौँ, असोज ५ (नागरिक)- सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा कसैले तपाईँलाई साथी बन्न निम्तो दिँदा त्यसलाई स्वीकार गर्ने कि नगर्ने दोधारमा हुनुहुन्छ? त्यसो हो भने तपाईँको समस्या अब समाधान हुनेछ। फेसबुकले अब तटस्थ बस्न अर्थात् ‘अहिले हैन पछि सोचौँला’ को विकल्प पनि दिएको छ।

यसअघि कसैले साथी बन्ने निम्तो दिँदा तपाईँसित दुई वटा विकल्प मात्र हुन्थे- कि स्वीकार गर्ने, कि अस्वीकार गरी इग्नोर गर्ने। अस्वीकार गर्ने विकल्प रोज्नुभएको हो भने तपाईँले त्यो मान्छेसँग जीवन भरका लागि फेसबुक सम्पर्क बन्द हुनपुग्थ्यो।
कसैकसैलाई अहिले स्वीकार गर्न मन नलागे त्यस्ता अनुरोधहरुलाई जवाफ नदिई यत्तिकै राख्‍न त सकिन्थ्यो, तर त्यसो गर्दा तपाईँको ‘साथी आमन्त्रण’ ट्याबमा त्यस्ता आमन्त्रणहरु सँधैका लागि स्टोर भएर बस्थे।

पुरानो बेच्ने नयाँ किन्ने

बढ्दो सहरीकरणसँगै प्रयोग भइसकेका अर्थात् पुराना वस्तुसँग नया“, फेसनेबल र समयसापेक्ष वस्तु साट्ने सुविधा राजधानीमा बढ्दै गएको छ । राजधानीमा बसोबास गर्नेको संख्यामा उच्च वृद्धि भएसँगै जीवनशैलीमा पनि फरकपन ल्याउने र स्तरीय जीवन जिउने चाहनाले त्यस्तो व्यापारलाई अझ सहज बनाएको हो । जसबाट पुरानै सामान भए पनि किनेर नयाँपन महसुस गर्ने एउटा समुदाय सन्तुष्ट भएको छ भने बजारमा आएका सामान तुरुन्तै किन्न चाहने र त्यसका लागि पुरानो सामान बिक्री गर्न चाहने वर्ग उत्तिकै प्रफुल्ल छ ।
विशेषगरी सरकारी कर्मचारी, विभिन्न गैरसरकारी संस्था र निजी कम्पनीमा कार्यरत कर्मचारीहरू देशका विभिन्न भागमा सरुवा भइरहन्छन् । उनीहरूले काठमाडौं बस्ने क्रममा एउटा आधुनिक र सुविधा सम्पन्न घरमा हुने सोफा, डाइनिङ टेबल, दराज, ¥याक, टेबल, पलङलगायत जोडिसकेका हुन्छन् ।
काठमाडौंमै जीवन गुजार्ने योजनामा रहेका त्यस्ता कामकाजीको संख्या बढ्दो छ । तर, कार्यालयले सरुवा गरेको ठाउँमा जानुपर्ने उनीहरूको बाध्यता हो । यस्तो अवस्थामा काठमाडौं बस्दा किनेका सामान बिक्री गर्न पुराना सामान किन्ने पसलले राम्रो सहयोग पु¥याएका छन् ।
यस्तै प्रयोग भइसकेका घरायसी फर्निचर तथा अन्य सामान किन्ने–बेच्ने कार्य गर्छ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रपछाडिको सेकेन्ड ह्यान्ड फर्निचर खरिद–बिक्री केन्द्रले । हाल यस्ता केन्द्रहरू राजधानीमा दर्जनौंको संख्यामा खुलिसकेका छन् ।
मुलुक द्वन्द्वको अवस्थामा रहँदा राजधानी केन्द्रीकृत भएका थुप्रै घरपरिवार फर्कने क्रम जारी छ । राजनीति संक्रमण या अन्य कारणले राजधानीमा अस्थायी बसोबास गर्नेका लागि फर्कने समयमा सामान किन्न–बेच्न यस्ता केन्द्रले सहज भएको छ ।
आफूसँग भएका पुराना मोडलका फर्निचर बिक्री गरी नया“ मोडलका किन्न चाहनेका लागि यस्ता केन्द्र बढी उपयोगी भएका छन् । यस्ता केन्द्रले पुराना फर्निचर किन्दा नगद दिने र नया“का लागि सम्पर्क गराइदिने गर्छन् ।
केही सेकेन्ड ह्यान्ड पसलले पुराना वस्तु बिनामर्मत जस्ताको जस्तै बिक्री गर्छन् भने केहीले मर्मत र रंगरोगन गरेर बिक्री गर्छन् । फर्निचरका ग्राहकहरू निम्न वर्ग, निम्नमध्यम वर्ग र उच्च मध्यमवर्गसमेत हुने भएकाले पुराना तथा नयाँ किनबेच गर्नेको तारतम्य मिलेको हो ।
राजधानीमा केही वर्ष बिताउन आएका उच्च मध्यमवर्गका व्यक्तिले यस्ता केन्द्रको सही उपयोग गरेका हुन्छन् । विशेषगरी गाउँबाट अध्ययनका लागि काठमाडौं आउने विद्यार्थीले यस्ता फर्निचर किन्छन् ।
फर्निचरमात्र होइन, घर–घरमा अत्यावश्यक बन्दै गएको टिभी, कम्प्युटर, घडी, मोटरसाइकलदेखि मोटरकारसम्म अहिले पुरानो दिएर केही रकम थप गरी नया“ लिन पाइन्छ । पुरानो सामानको मूल्य द्विपक्षीय सहमतिमा तय गरी बिक्री गरिन्छ भने नया“ फर्निचर, टिभी, गाडी किन्न उनीहरूले सहयोग गर्छन् ।
कुलेश्वरबाट सुरु भएको पुरानो टिभी लिएर नया“ टिभी दिने व्यवसाय अहिले राजधानीका सबैजसो क्षेत्रमा सुरु भइसकेको छ । यस्ता केन्द्रलाई नयाँ–पुरानो कारोबार गर्न भ्याइनभ्याई छ । यस्तो पसलमा बढीजसो मानिस १०–१५ वटा च्यानलमात्र आउने टिभी साट्न आउने गर्छन् । नया“ बहुच्यानल प्रविधिको टिभी आउनुअघि किनेका, श्यामस्वेत एवं पुरानो मोडलका टिभी भएका व्यक्तिले टिभी साँट्ने गर्छन् ।
पछिल्लो समयमा भित्तामा झुन्ड्याउने टिभी आउन थालेपछि परम्परागत टिभी सस्तै मूल्यमा भए पनि बिक्री गर्न आउनेको चाप बढेको व्यवसायीहरू बताउँछन् ।
पुरानो टिभीको अवस्था हेरेर मूल्य तोक्ने र नपुग रकम थप्न लगाएर एलसीडी टेलिभिजन दिने व्यवसायले धेरैलाई फाइदा पुगको छ ।
धेरै च्यानल र आकर्षक डिजाइनप्रति उपभोक्ता बढी इच्छुक भएकाले यस्ता पसल राम्रोसँग चलेका छन् । यस्ता पसलले तुलनात्मक रूपमा सस्तो टेलिभिजन किन्न चाहने ग्रामीण क्षेत्रका मानिससम्म यहाँका पुराना टिभी पठाउने गर्छन् ।
तेज एन्ड करन इन्टरप्राइजेज गाडी किनबेचमा नाम कमाएको त्यस्तै प्रकृतिको संस्था हो । यसले पुराना गाडी किन्छ र नया“ गाडी उपलब्ध गराउँछ । हिजोआज यसको सिको गर्दै राजधानीमा चार दर्जनभन्दा बढी रिकन्डिसन हाउस खुलेका छन् । त्रिपुरेश्वर, नक्साललगायत क्षेत्रमा यस्ता सोरुम बढी पाइन्छन् ।
यामाहा कम्पनीको नेपालका लागि अधिकृत बिक्रेता मोरङ अटो वक्र्सले समेत आफ्ना सबैभन्दा चल्ने नयाँ ब्रान्डका मोटरसाइकल बिक्री गर्नका लागि पुराना मोटरसाइकल किनिदिने गरेको छ । पुराना मोटरसाइकल किनबेच गर्न सबैजसो आधिकारिक विक्रेताले यो काम गर्दै आएका छन् ।
रेडियो, घडी मर्मत गर्ने प्रत्येक पसलले पुराना वस्तु खरिद गर्छन् । मर्मत–सम्भार गर्न आउनेबाट पार्टपुर्जाका लागि उनीहरूले बिग्रेका वस्तु किन्छन् ।
यसैगरी, केही समयअघिसम्म पुरानो कम्प्युटर किनबेचमा थुप्रै संस्था संलग्न थिए । तर, पछिल्लो समयमा यसको मूल्यदर चरम गतिमा घट्न थालेकाले यो व्यवसायमा भने मन्दी आएको छ । ६ महिनाअघि जति मूल्यमा पुरानो कम्प्युटर किन्यो, ६ महिनापछि झन्डै त्यति नै मूल्यमा नया“ पाइन थालेपछि यो व्यवसाय प्रभावित भएको हो ।

Monday, September 20, 2010

सफल वैवाहिक जीवनको रहस्य

सफल वैवाहिक जीवनको रहस्य के होला ? जीवनको परिभाषाजस्तै यसको पनि एउटै उत्तर छैन । सफल वैवाहिक जीवनको पछाडि सबैको आ-आफ्ना रहस्य लुकेका हुन्छन् । कोही वैवाहिक जीवन सफल बनाउन श्रीमान्-श्रीमतीको विचार मिल्नुपर्ने बताउँछन् भने कोही दुवै एउटै व्यवसायको हुनुपर्छ भन्छन् । कोही भने श्रीमान्-श्रीमती फरक व्यवसायको हुुनुपर्छ भन्ने मत राख्छन् ।
एक अनुसन्धानले वैवाहिक जीवन सफल बनाउन श्रीमान्-श्रीमती सँगै मिलेर भाँडा माझ्नुपर्ने तथ्य पत्ता लगाएको छ । एकजना बाहिर कमाउने र अर्कोले घर सम्हाल्ने दम्पतीभन्दा घरको काम मिलेर गर्ने श्रीमान्-श्रीमती बढी खुसी हुने अनुसन्धानमा उल्लेख छ । अनुसन्धानमा उल्लेख भएअनुसार घर सफा गर्नेदेखि बच्चा हेर्नेजस्ता घरायसी काममा श्रीमान् वा श्रीमतीले एक्लैले ६० प्रतिशतभन्दा बढी काम गर्न नहुने उल्लेख छ ।
त्यस्तै, पैसा कमाउन श्रीमान् र घरको काम गर्ने जिम्मा श्रीमतीको भए जोडीको वैवाहिक जीवन सुखद हुँदैन । यस्तो परम्परागत वैवाहिक सम्बन्धमा श्रीमान्लाई बढी दबाब हुने, यसैगरी श्रीमती पनि आर्थिक सहयोग गर्न नसक्दा सधँै असन्तुष्ट रहने अनुसन्धानले पत्ता लगाएको छ । नकमाउने श्रीमती सधैँ आफूलाई कमजोर ठान्ने गरेको पनि अनुसन्धानमा उल्लेख छ । उनी सधैँ विधुवा भएमा वा सम्बन्धविच्छेद भएको खण्डमा के गर्ने भनेर चिन्तित रहने गरेको पनि अनुसन्धानमा उल्लेख छ ।
यसैगरी, घरमा मुख्य आर्थिक जिम्मेवारी महिलाको काँधमा भएको श्रीमान्-श्रीमतीमा समस्या आउने अनुसन्धानमा उल्लेख छ । यस्तो सम्बन्धमा श्रीमान् सधैँ दुःखी र अस्वस्थ हुन्छन् भने श्रीमती सधैँ तनाव महसुस गर्छन् । क्यानडाको वेस्टर्न ओन्टारियोका प्राफेसरहरूले यो अनुसन्धान गरेका हुन् । ००६ मा बि्रटिस इकोनोमी र सोसल रिसर्च काउन्सिलले गरेको अनुसन्धानमा महिलाले घरायसी काममा परम्परागत श्रम विभाजन मन नपराउने उल्लेख छ । अधिकांश महिला पूर्ण गृहणी बन्न नचाहने अनुसन्धानले पत्ता लगाएको छ ।
क्यानेडी अनुसन्धानकर्ताले अध्ययनको क्रममा राष्ट्रिय सर्भेको विश्लेषण गरेका थिए । अनुसन्धानकर्ताले ५० हजार मानिसका जीवनको बारेमा प्रश्न सोधेका थिए । घरायसी काममा उनीहरूको सहभागिताका बारेमा पनि प्रश्न सोधिएको थियो । अनुसन्धानकर्ताले अनुभव गरेको सुखको आधारमा खुसीको मापन गरिएको थियो । सहभागीको व्यक्तिगत स्थितिलाई पनि अनुसन्धानमा आधार मानिएको थियो ।
दुवै कमाउने र घरायसी काम बराबर रूपले बाँड्ने श्रीमान्-श्रीमती खुसी रहने अनुसन्धानले पत्ता लगाएको छ । अनुसन्धानका अनुसार धर्ममा धेरै आस्था राख्ने प्रायः परिवारले परम्परागत भूमिका निर्वाह गरेका छन् । यस्तो परिवारमा श्रीमान्ले कमाउने जिम्मेवारी लिएका हुन्छन् भने श्रीमतीले घरको काम गर्छन् ।
यसैगरी, परिवारमा श्रीमती मुख्य रूपमा कमाउने तथा घरायसी काम उनले नै गर्नु परेमा उनको सन्तुष्टि न्यून हुन्छ । घरसहित बाहिरको काम गर्नु परेमा श्रीमान्ले पनि बढी तनाव महसुस गर्ने अनुसन्धानमा भनिएको छ । अनुसन्धानको निष्कर्ष छ- बाँडेर काम गरेमा श्रीमान्- श्रीमती दुवै सुखी रहन्छन् । उनीहरूले जीवनबाट सुन्तुष्टि पूर्ण रूपमा लिन पाउँछन् । अनुसन्धानले कार्यालय, सन्तान हुर्काउँदा समान अवसरको महत्त्व र घरधन्दामा पुरुषको सहभागिताको आवश्यकतालाई दर्शाएको मुख्य अनुसन्धानकर्ता रड बियोजोतले बताएका छन् । 'बालबच्चा हेर्ने सुविधा पर्याप्त हुनुपर्छ । यसैगरी बालबच्चा हेर्नका लागि अभिभावकले समान रूपमा बिदा पाउने व्यवस्था गरिनुपर्छ,' बियोजोतले भने ।

Sunday, September 19, 2010

राजधानीको सडकमा सफा बस

काठमाडौं, असोज २ (नागरिक) - ब्याट्रीबाट चल्ने सफा ट्याम्पो चढिरहेका नेपालीले अब चाँडै सफाबस पनि चढ्न पाउने भएका छन्। राजधानीमा ६ सय ५० वटा ट्याम्पो सञ्चालन गर्दै आएको नेभी समूहले सार्वजनिक यातायातका रूपमा चलाउन सकिने दुई खालका सफाबस बजारमा ल्याएको छ। समूहअन्तर्गतको नेभी ट्रेडलिंकले चीनको गोन्जाउ लगक्युङ इलेक्ट्रिक कार कोअपरेसनले उत्पादन गरेका सफाबस र कार आयात गरी बिक्री सुरु गरेको हो। 'बढ्दो प्रदूषण कम गर्न हामीले वातावरणमैत्री बस र कार ल्याएका छौं,' ट्रेडलिंकका अध्यक्ष विजयमान शेरचनले भने।
कम्पनीले सफा-१ र सफा-२ ब्रान्डमा १४ सिटे बस र बिजुली-१ र बिजुली-२ नाममा कारहरू ल्याएको छ। राजधानीको बालुवाटारमा शुक्रबारदेखि सोरुम सञ्चालनमा ल्याएको नेभीले एक वर्षमा १ सय ५० भन्दा बढी बस र कार बिक्री गर्ने लक्ष्य राखेको छ। सफाबसलाई यातायात व्यवस्था विभागले सार्वजनिक यातायतका रूपमा सञ्चालन गर्ने अनुमति दिइसकेको अध्यक्ष शेरचनले बताए।
'हामीले रोडओर्दिनेस टेस्ट पास गरिसकेका छौ,' उनले भने, 'व्यवसायीले बस किनेर रूटमा चलाउन सक्नुहुनेछ।' कम्पनीका अनुसार शुक्रबारसम्म ८ वटा कार बिक्री भइसकेका छन्। त्यसमध्ये ६ वटा बिजुली-२ र २ वटा बिजुली-१ कार छन्। बस भने बिक्री भएको छैन। दोलखाका यातायात व्यवसायीले सफा-२ बस किन्न सम्पर्क गरेको शेरचनले जानकारी दिए।
यी गाडीको ब्याट्री एकपटक चार्ज गरेपछि १ सय ६० किलोमिटरसम्म चलाउन सकिन्छ। प्रतिघन्टा ६५ देखि १ सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा गाडी कुदाउन सकिने कम्पनीको दाबी छ।
ह्याचब्याग सेडान समूहका फुलअप्सन कार बजारमा ल्याएको नेभीले यी कारमा मेन्टेनफ्रि ब्याट्री जडान भएको जनाएको छ। बसमा भने एसिड हाल्नुपर्ने ब्याट्री जडान गरिएको छ। एक वर्ष वारेन्टी भएका गाडीमा जडित ब्याट्री चार्ज गर्न ८ देखि १० घन्टा लाग्छ। पुरा चार्ज गर्न १८ युनिट विद्युत खपत हुन्छ।
नेभीले सर्भिस सेन्टर र स्पयेर पार्टस्को व्यवस्था गरेर सफा गाडी बजारमा ल्याएको जनाएको छ। सोरुम उद्घाटन गर्दै वातावरणमन्त्री ठाकुर शर्माले वातावरण संरक्षणका लागि सरकारले यस्ता गाडीलाई प्रोत्साहन गर्ने बताए। पर्यटन सचिव किशोर थापाले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा यस्ता सवारी प्रयोग गर्न सकिने बताए। विमानस्थल, होटल र सरकारी अधिकारीले यस्ता वातावरणमैत्री गाडी प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

Friday, September 17, 2010

के हामी साचो माया गर्न जान्दैनौ त ?

यो माया भन्ने कुरा पनि अचम्मको छ | कोहि कसैलाई यसले जिबन दिएको छ भए कतिको जिबन ( प्राण) लिएको पनि हामीले देख्दै आएका छौ | कहिले कहिँ वरपरी घटेको कुराहरु देखेर लाग्छ यो माया प्रेम भन्ने कुरा नै देखावटी मात्र हो, सबै नक्कली | कोहि प्रेम, माया नपाएर खोजीमा भौतारिएका छन् त कोहि पैसा नै ठुलो कुरा हो भन्दै आफुले पाएको माया लतार्दै पैसाको पछि दगुर्दै छन् | म त देखेर नै अचम्मित भएको छु | कसैले श्रीमानले विदेश बाट दुख गरेर कमाएको धन अरु केटा संग मोज गरेर सकाउदै छन् त कोहिको विदेशिएको श्रीमान हराएर उतै घरजम गरेर बसेकोमा चिन्तित छन् र अझै पनि उसकै यादमा तड्पी बसेका छन् |

केहि दिन अघि मेरो साथीले भन्दै थियो | उसको हालको प्रेमिकासंग खटपट पर्यो रे | अब उ संग कुरा नगर्ने रे | "अब अर्को कोहि खोज्नु पर्ला |" उ भन्दै थियो | "दुइ दिनको जिन्दगि हो अहिले नगरेको मोज कहिले गर्ने त | हेर, हिजो आज त पैसा पनि उनीहरुले नै खर्च गर्छन आफ्नो त धेरै खर्च पनि हुन्न, काम भएन भने मिसकल गर्यो उतै बाट कल आउछ | "

म यहि सोचाइमा अल्झे कि हिजो आज माया भन्ने कुरा किन यति सस्तो भएको छ ? किन मान्छेको साचो प्रेम मान्छेलाई गर्न छाडेको ? किन ? हामीले किन पैसालाइ मात्र प्रेम गर्न जान्यौ, किन माया पिरती भन्दा नजिकको भयो पैसा ?

कलेज पढ्दाको कुराहरु याद आयो, कलेजको साथीले त्यो बेलामा भनेको थियो, यार यो केटि मलाई सारै मन परेको छ तर साली ले फुटेको आखाले पनि हेरिन यार, हेर्न मा तेस्लाई नफसाई कहाँ छोड्छु र | नभन्दै केहि दिन पछि नै उ उसलाई राम्रो साथी बनाउन सफल भयो तर उनीहरुको सम्बन्ध धेरै टिकेन ५-६ महिना पछी नै टुंगियो, आज उनीहरु एक अर्काको नाम सुन्न चाहन्नन् अस्ति भेट्दा भन्दै थियो, अब तेस्को काम सकियो |

हामी हिरो हिरोनी बनेर देखाउन चाहान्छौ, न कि साचो प्रेम गर्न जान्दछौ," उसलाई दुख परोस, उ एक्लो होस् सहयोग गर्ने कोहि माध्यम नहोस, तेती बेला मैले सहयोग गर्न पाए त क्या मज्जा हुन्थ्यो " हाम्रो सोचाई नै हिरो हिरोनी बन्ने छ, जहाँ यस्तो सोचाई हुन्छ त्यहाँ कसरि साचो माया हुन्छ त ? साचो माया गर्नेहरुले त आफ्नो प्रेमी प्रेमिकालाइ दुख नै नपरोस भनेर सोच्नु पर्ने हो नि होइन त ? तर यहाँ अहिले गरिने माया त अर्कै हुदो रहेछ | साचो मन ले माया गर्ने यता कमै पाइदो रहेछन | साचो माया गर्ने हो देखावटी माया होइन भने किन उसको दुखको कल्पना गर्ने त, किन उसको पिडा देख्न रुचाउने त ... माया गर्ने ले त अरुको भाग दुख पनि आफुले लिने प्रयत्न गरेका हुन्छन तर यो कस्तो माया रहेछ खाली प्यास मेटाउन मात्र अरुलाई प्रयोग गर्ने ?

के माया चुइगम हो ? चपायो चपायो रस आउन छाडेपछि थुकिदियो | मैले यहाँ प्रेमी- प्रेमिका बीच हुने हिजो आज को लव स्टोरीको मात्र कुरा गरेको होइन, यहाँ समग्र मान्छको बारेमा कुरा गरेको हो |
किन मान्छे आफ्नो मात्र बारेमा सोच्छ ? अरुको बारेमा ख्यालै गर्दैन | अरुलाई मारेर आफु बाच्न चाहन्छ किन आफु मरेर बचाउन खोज्दैन ? जसले अरुलाई मारेर आफु बाच्न खोज्छ उसले कसरि प्रेम गरेको हुन्छ ?

एउटा बटुवा बाटोमा अलपत्र परेको छ, रात परेको ले उसलाई बास चाहिएको छ, तर हामी आज यस्तो भएका छौ कि हामीलाई हाम्रो मात्र मतलब छ उसको बारेमा के मतलब कहाबाट आएको होला, के खायो होला, रात भरि कहाँ सुत्छ होला |
खै त तेहा मानवता खै त प्रेम ?

आफु अर्काको पैसामा मोज गरिरहेको हुन्छ | तर अरुले मनोरंजन गर्न खोज्यो भने किन चाहियो, किन गर्नु पर्यो भन्ने सब्द आउछ उसकै मुखबाट | अब कहाँ देखियो त प्रेम ? अरुलाई दुख दिएर आफु हास्न चाहने हामीले के साचो प्रेम गर्न जानेका छौ र ....?

Thursday, September 16, 2010

एउटा क्षेप्यास्त्र बनाउने खर्चले के के गर्न पुग्छ ?

एउटा रसायन क्षेप्यास्त्र बनाउदा जति खर्च हुन्छ त्यस खर्चबाट अरु कति मानविय भलाईका लागि कार्यहरु गर्न सकिन्छ 
भन्ने बारेमा शायद हामीलाई कमै मात्र थाहा होला । हामीले सोचे भन्दा बढी कार्यहरु यसबाट गर्न सकिन्छ जस्तै :

1. २१ करोड हेक्टर जमिनमा ब्रिक्षरोपन गर्न सकिन्छ ।
2. ११ लाख हेक्टर जमिनमा सिंचाइ गर्न सकिन्छ ।
3. ६ करोड कुपोषण बालबालिकाहरुलाई पौष्टिक आहार खुवाउन सकिन्छ ।
4. १० टन रासायनिक मल किनेर क्रिषकहरुलाई वितरण गर्न सकिन्छ ।
5. १६ हजार स्वास्थ्य केन्द्र खोल्न सकिन्छ ।
6. ३ लाख ४० हजार प्राथमिक बिद्यालय खोल्न सकिन्छ ।
7. १ लाख विश्वविद्यालय बनाउन सकिन्छ ।

यसरी एउटा क्षेप्यास्त्र बनाउदा कति खर्च हुदोरहेछ भन्ने कुरा स्वत: अनुमान लगाउन सकिन्छ

आफ्नो फोटोको आँफै Pencil Sketch बनाउनुहोस्

तपाईंले कहिले आफ्नो फोटोको पेन्सिल स्केच बनाउनु भएको छ ? यदि तपाईं Art गर्नु हुन्छ भने त अबस्य पनि बनाउनु भएको होला नै तर तपाईंलाई Art गर्न आउँदैन भने ??? पिर नलिनुहोस् अब यो पनि सम्भब छ , यसको लागि तपाईंले कुनै Art class लिनु जरुरी छैन । मात्र एउटा सफ्टवयर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने छ ।

यो freeware सफ्टवयरको मद्घतले आफ्नो फोटोको आँफै सजिलै पेन्सिल स्केच बनाउन सक्नु हुनेछ । यो एक आँफैमा रमाइलो अनुभब हुनेछ कि तपाईंले यो सफ्टवयर install गरी सकेपछि त्यहा "open" Tab मा क्लिक गरेर आफ्नो फोटोको location दिनुहोस् र "Covert" Tab मा क्लिक गर्नुहोस् बस काम सकियो , तपाईंको आफ्नो फोटोको sketch तयार हुनेछ । त्यहा अरु पनि केही option हरु छन त्यस्को use गरेर तपाईंले आफ्नो स्केच अझ राम्रो बनाउन सक्नु हुनेछ । लौ त बनाउने हैन त आफ्नो फोटोको स्केच ???
सफ्टवयर डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोला

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्

जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ । यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ
 भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् । चार्ट लाई ठुलो पारेर हेर्न चाहनु हुन्छ भने माथिको चार्टलाई क्लिक गर्नु होला ।
चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । " X " को प्रयोग छोराको लागि र " O " को प्रयोग छोरीको लागि गरिएको छ ।

Tuesday, September 14, 2010

चलाउने हो, पानीले धुन मिल्ने ल्यापटप?

काठमाडौं, भदौ ३० (नागरिक) - मिनरल वाटरको वोतलले ल्यापटपको किवोर्डमा पानी खन्याउँदा धेरैको मन झसँग हुनसक्छ। विद्युतीय उपकरणमा पानी हालेपछि के होला? बल्लबल्ल किने ल्यापटप 'सट' भएर बिग्रने त होइन। पीर पर्नु स्वभाविक हो। मंगलबार भने दुई मोडलले धमाधम ल्यापटपमा पानी पोखे। धोए र पखाले। तर, ल्यापटप केही भएन। उनीहरुले धोइपखाली गरेको ल्यापटप 'वाटरप्रुफ' र 'डस्टप्रुफ' हो।
कार्यालयको कामको सिलसिलामा धुवाँ, धुलो र पानीमा समेत खट्नुपर्ने व्यक्तिलाई लक्ष्य गरेर एनइसीले नयाँ ल्यापटप नेपालमा ल्याएको छ।

एनइसीको आधिकारिक बिक्रेता इन्टरनेसनल इलेक्ट्रोनिक्स कन्सर्न (आइइसी) ले जस्तोसुकै प्रतिकुल मौसम र ठाउँमा चलाउन सकिने सिल्डप्रो एन-२२ ल्यापटपलाई मंगलबारदेखि नेपालमा बिक्री सुरु गरेको हो। यो ल्यापटपको मूल्य कम्तिमा चार लाख रुपैयाँ पर्छ। एनइसी जापानी इलेक्ट्रोनिक्स निर्माता कम्पनी हो।

र्‍याम, हार्डडिस्कले यसको मूल्य कम र बढी छ। यस्तो ल्यापटपको मूल्य नेपालमै पाँच लाखसम्म पर्ने कम्पनीले जनाएको छ।

'कार्यालयभन्दा बाहिर फिल्डमा खटिने व्यक्तिका लागि डिजाइन गरेर यो ल्यापटप बनाइएको हो,' आइइसीका प्रबन्ध निर्देशक अरुणराज श्रेष्ठले भने। सेना, दूरसञ्चार, निर्माण क्षेत्र, जलविद्युत र आकस्मिक सेवाको लागि यो ल्यापटप उपयोगी हुने उनले बताए।

जस्तोसुकै धुलो, धुवाँ, पानीमात्र नभएर हिउँमा समेत यो ल्यापटप प्रयोग गर्न सकिन्छ। १५ हजार फिटसम्मको उचाइमा पनि यो ल्यापटप चलाउन सकिन्छ।
यो ल्यापटपलाई माइनस २० डिग्रीदेखि ५० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा समेत चलाउन सकिन्छ। ल्यापटपमा हिउँ, पानीजस्ता जुनसुकै तरल पदार्थ पर्दासमेत कुनै असर नपर्ने गरी बनाइएको छ। अरु ल्यापटपजस्तो सामान्य ठक्करले समेत नबिग्रनेगरी बनाइनुका साथै सामान्य रुपमा खस्दासमेत नबिग्रने गरी तयार गरिएको छ।
'असामान्य अवस्था, ठाउँमा समेत सजिलोसँग चलाउन सक्ने गरी बनाइएको हुँदा अरु भन्दा केही महँगो भएको हो,' उनले भने। दैनिक प्रयोगको लागि भन्दा पनि व्यावसायिक प्रयोजनको लागि दुर्गम ठाउँमा चलाउने गरी यसको डिजाइन भएको छ।

यो ल्यापटप प्रयोगकर्ताको फिङ्गर प्रिन्ट (औंठाछाप) को आधारमा खोल्न सकिन्छ। १२ दशमलव १ इन्चको टिएफटी एलसिडी स्त्रि्कन, वायरलेस, ब्लुटुथलगायत विशेषता यसमा छन्।

इन्टेलको कोर टु डियो प्रोसेसरजडित यो ल्यापटपको र्‍याम १ देखि २ जिबीसम्म छ। तुलनात्मक रुपमा हार्डडिस्कको क्षमता भने यसमा सानो छ। अहिले नेपालमा ३२ देखि ८० जिबीसम्मको हार्डडिस्क क्षमतामा एनइसीले यो ल्यापटप उपलब्ध गराउने भएको छ।

कम्तिमा ८ देखि १२ घन्टासम्म टिक्ने ब्याट्री रहेको यो ल्यापटपलाई कम्पनीले यो वर्ष ४० वटासम्म बेच्ने लक्ष्य लिएको छ। 'हामीले धेरै अध्ययन गर्‍यौं, दुर्गम ठाउँमा काम गर्नेलाई उपयुक्त ल्यापटपको माग देखेर यहाँ ल्याएका हौं,' श्रेष्ठले भने। एनइसी ल्यापटपको तौल भने अरु सामान्यको जस्तै साढे दुई किलोमात्र छ।

एनइसीले मंगलबारै नेपालमा एक्सप्रेस क्लस्टर एक्स ३.० सिरिजको सफ्टवयर ल्याएको छ। आतंकवाद र दैवी प्रकोपको समयमा हुने सूचनाको नोक्सानीलाई यसले रोक्नेछ। 'एसियामा समय समयमा विपत्तिहरु भइरहने हुँदा यस्ता सफ्टवयरले सम्भावित हानी नोक्सानीलाई नियन्त्रण गर्नेछ,' एनइसी एसियाका क्षेत्रीय निर्देशक डेभिड ओइले भने।

बैंकिङ क्षेत्रमा सूचना प्रविधिको सबैभन्दा जोखिम रहेकोले त्यसलाई समेत हुन नदिन यो सफ्टवयरले काम गर्छ। एनइसीले दूरसञ्चार कम्पनीहरु, कर्पोरेट कार्यालय, डाटा सेन्टरमा हुने सिस्टम फेलिएरलाई पत्ता लगाउन 'मास्टर स्कोप इनभ्यारियन्ट एनालाइजर' लाई पनि नेपालमा ल्याएको छ।

युवापुस्ता विदेशिँदैःगाउँ बस्ती रित्तिँदै


सुमनराज पन्त र जनकराज सापकोटा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका बाग्लुङ धुल्लु वास्बास्कोटका अर्जुन पौडेल र वासुदेव पौडेल विद्यार्थी भिसामा साइप्रस जाने तयारीमा थिए तर पढ्नेभन्दा पनि रोजगारीको नै निहीत उद्देश्यसहित । दुवैले पशुपति क्याम्पस, काठमाडौँबाट अर्थशास्त्रमा स्नातक गरे पनि मुलुकमा रोजगारीको सम्भावना नदेखेपछि उनीहरू विदेशिँदैछन् । साइप्रस यात्राको लागि दुवैले नौ-नौ लाख खर्च गरेका थिए ।
पौडेलद्वय आम नेपाली बेरोजगार युवाहरूको प्रतिनिधि पात्र मात्रै हुन् । स्वदेशमा आफ्नो चाहना र सीपको उपयोग नहुने स्थितिका कारण विदेशिनेको लर्को दैनिक हजारौँको छ । नत्र रोजगारीको केन्द्र मानिएका मुलुकहरूको हवाइजहाजको टिकटका लागि पालो पर्खिनुपर्ने, अन्तर्राष्ट्रिय अध्ययनको लागि भनेर सयौं कन्सल्टेन्सीहरू खुल्ने नै थिएनन् । टोफल र आईएलटिएस सिक्ने अनि राहदानी बनाउनेहरूको भीड देख्दा लाग्छ अबको केही वर्षभित्र नेपाल युवाविहीन हुनेछ ।
नेपालमा बेरोजगारीको दर निकै कहालिलाग्दो छ । सरकारी तथ्याङ्कअनुसार मात्रै पनि हामीकहाँ बेरोजगारीको दर ४२ प्रतिशत छ । सीआईएले दुई वर्षअगाडि गरेको सर्वेक्षणअनुसार नेपालमा बेरोजगारी समस्याको दर ४७ प्रतिशत पुगेको थियो । खासगरी केन्द्रीकृत शासन प्रणाली र अवसरको असमान वितरण यसका मुख्य कारण हुन् ।
युवा वर्गलाई विदेशमा अध्ययन र रोजगारी उपलब्ध गराउने नाउँमा केही यता राजधानीलगायत मुलुकका विभिन्न स्थानमा थुप्रै विद्यालय, कन्सल्टेन्सी र म्यानपावर एजेन्सीहरू खुलेका छन् । आन्तरिक राजस्व विभागका अनुसार यस्ता कन्सल्टेन्सीको सङ्ख्या काठमाडौँमा मात्रै दुई हजार दुई सय ८१ पुगेको छ । तीमध्ये सात सय त यस वर्ष मात्रै खुलेका हुन् ।
त्यसैगरी वाषिर्क दुई सयका दरले वैदेशिक रोजगारदाता कम्पनी -म्यानपावर) पनि बढिरहेका छन् । अहिले ती कम्पनीको सङ्ख्या एक हजार नाघिसकेको बताइन्छ । विभागबाहेक आन्तरिक सङ्गठन र श्रम मन्त्रालयमा पनि यस्ता संस्था दर्ता हुने भएकाले त्यो सङ्ख्या अझ बढी छ । एनईसीएसँग्ा आबद्ध भएका ८५ शैक्षिक परामर्शदाता र इक्यानसँग आबद्ध १५९ शैक्षिक परामर्शदाताबाट बर्सेनि हजारौँ युवा विद्यार्थी भिसामा विदेशिने गरेका छन् । साथै, देशभरिका ७५४ म्यानपावरहरू मार्फत नेपालीहरू कामका लागि विदेशिने गरेका छन् । श्रम विभाग र वैदेशिक रोजगार व्यवसायी महासङ्घका अनुसार अहिलै दैनिक सरदर ६०० जना नेपाली काम गर्न विदेश जाने गर्दछन् । रोजगारीमा विदेश जानेहरूको हुलमा युवा पुस्ताको बाहुल्य छ । श्रम विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०६४/०६५ मा मात्रै दुई लाख पाँच हजार ३३ जना नेपालीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । जसमा सीप र दक्षता बेच्नभन्दा पनि निम्नस्तरको मजदुरी गर्न जानेहरूको लर्को धेरै छ । उनीहरू घरेलु कामदार, भवन निर्माणजस्ता कामका लागि विदेशिने गरेका छन् ।
वि.सं. २०५८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्यामध्ये झण्डै अर्थात् एक करोड तीन लाख आर्थिक रूपमा श्रम बजारमा सक्रिय छन् । जुन तथ्याङ्क आर्थिक भुमण्डलीकरणको तीव्रता आइरहेको परिवेशमा चिन्ताजनक हो ।
निराश युवापुस्ता
अन्तरिम संविधान २०६३ को 'राज्यको निर्देशक सिद्धान्त'मा युवाको भूमिकालाई महìव दिँदै युवाशक्ति परिचालन गर्ने भनिएको छ तर अन्तरिम संविधानमा उल्लेख गरिएको कुरालाई पालना गर्नेतर्फ भने राजनीतिक दलहरूले न साझा कार्यक्रम सार्वजनिक गर्न सकेका छन् न दलहरूले युवाका समस्या र सम्भावनालाई सम्बोधन गर्ने विशेष नीत निर्माण गर्ने सोच नै राखेको देखिन्छ । राजनीतिक दलका नेताहरू युवालाई राजनीतिको केन्द्रमा स्थापित गर्ने सन्र्दभमा अमूर्त कुराबाहेक केही गर्दैनन् । अन्तरिम संविधान ०६३ को मौलिक हकअन्तर्गत धारा १८ को उपधारा १ मा प्रत्येक नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम रोजगारीको हक हुनेछ तर रोजगारीको हक नेपालको सन्दर्भमा कानुनमा देखाउने आधारबाहेक केही बन्न सकेको छैन ।
बेरोजगार विरुद्धको सहकार्य अभियानका अध्यक्ष सुशील ढुङ्गाना राज्यले युवा जोस र क्षमतालाई पहिचान गर्नै नसकेको बताउँछन्- "नयाँ नेपालको भाषण गर्नेले अब पनि युवालाई निराश बनाए प्रत्युत्पादक नतिजा आउनेछ" उनको भनाइ छ ।
त्यसो त उनको भनाइलाई विभिन्न अध्ययनले पनि पुष्टि गरेको छ । विश्व बैङ्कले हालै गरेको एक अध्ययनमा युवालाई सम्बोधन गर्न नसक्दा विश्वव्यापीरूपमा नै आर्थिक र सामाजिक विकासका प्रक्रिया अवरुद्ध हुन पुगेको उल्लेख गरिएको छ । युवा उपेक्षाको अवस्था कायमै रहने हो भने त्यसले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा असर पुर्‍याउनेसमेत अध्ययनमा भनिएको छ । जुन सन्दर्भबाट नेपाल पनि अलग छैन ।
बेरोजगारीकै कारण युवाहरू मानसिक रोग तथा कुलतबाट ग्रसित हुने क्रम बढेको छ । विश्व बैङ्कले बेरोजगारीको कारण युवाहरू डिप्रेसन र कुलतको शिकार बनेको कुरालाई पनि औँल्याएको छ । अध्ययनअनुसार नेपालमा १५ देखि २४ वर्ष उमेर समूहका झण्डै आधाजसोले धूमपान गर्छन् । 'खाली दिमाग सैतानको घर' भन्ने उखान यस मामलामा चरितार्थ भएको छ ।
दसौं योजनाले योजना अवधिमा १० लाख मानिसलाई थप रोजगारीको अवसर जुटाउने, अर्धबेरोजगारीलाई २२ दशमलव तीन प्रतिशतमा झार्ने तथा पूर्ण बेरोजगारीलाई चार दशमलव एक प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको छ तर यो योजनाले कति नतिजा ल्यायो भन्नेबारे योजना आयोगले सार्वजनिक गरिसकेको छैन ।
नेपाल बेरोजगार सङ्गठनका अध्यक्ष सञ्जय सत्यालका अनुसार राजनीतिक हस्तक्ष्ेापका कारण अधिकंाश नेपाली युवा बेरोजगारीको शिकार हुनुपरेको छ । योग्यताको मापदण्डका आधार तयार हुन नसक्नु, रोजगारीका नयाँ आधारहरू सिर्जना हुन नसक्नुका कारण युवापुस्ता निराश भएको उनको भनाइ छ । जनप्रशासनमा स्नातकोत्तर एवं प|mेन्च र जर्मन भाषाका जानकारसमेत रहेका उनी स्वयं बेरोजगार रहेको बताउँछन् । स्वस्थ प्रतिस्पर्धाको अभावमा बेरोजगार युवाको सङ्ख्या बढेको बताउने उनी भन्छन्- "रोजगार प्राप्तिका निम्ति आफन्त र नातेदार नभई यो मुलुकमा नचल्ने भइसकेको छ ।" बढ्दो बेरोजगारी र ऊर्जाशिल युवापुस्ताको बढ्दो विदेश पलायनको यो कहालीलाग्दो पृष्ठभूमिमा युवालाई राज्यले युग सुहाउँदो शिक्षा, प्रशिक्षण र रोजगारीको अवसर उपलब्ध गराएको खण्डमा मात्र यो समस्याले यथोचित निकास पाउने छ र नयाँ नेपाल निर्माणको नारा सार्थक बन्नसक्छ ।
केही तथ्य
नेपालको कुल जनसङ्ख्याको पुरुषमध्ये ५० प्रतिशत स्वदेशभित्र छन् भने ३४ प्रतिशत भारतमा र १७ प्रतिशत अन्य देशमा छन् । ५० प्रतिशत पुरुष युवा र ८५ प्रतिशत महिला युवा कृषि पेशामा छन् । त्यस्तै, १२ प्रतिशत पुरुष युवा र सात प्रतिशत महिला युवा बजारीकरण पेशामा छन् । १३ प्रतिशत पुरुष युुवा र चार प्रतिशत महिला युवा सीपयुक्त छन् । ४५ प्रतिशत पुरुष युवा र १८ प्रतिशत महिला युवा विदेशमा छन् ।

राजधानीमा पेट्रोल अभाव

२९ भाद्र, काठमाण्डौ । नेपाल आयल निगमले राजधानीको आवश्यकताअनुसार पेट्रोल आयात गर्न नसक्दा केही दिनदेखि राजधानीमा पेट्रोलको अभाव भएको छ ।
भारतीय आयल निगमले युरो तेस्रो मापदण्डको पेट्रोल आयात गर्नका लागि एकसाताअघि भारतको रक्सौलमा रहेको पेट्रोल टयाङ्क सफा गर्न थालेकाले पेट्रोल आउन नसकेकाले अभाव सिर्जना भएको हो ।
नेपाल आयल निगमका निर्देशक एवम् प्रवक्ता मुकुन्दप्रसाद ढुङ्गेलले एकसातादेखि रक्सौलबाट पेट्रोल नआएको भए पनि निगमले १८ लाख ७० हजार लिटर पेट्रोल मौज्दात राखेको र त्यो पाँच दिनमा सकिएकाले राजधानीमा केही अभाव हुन गएको बताउनुभयो ।
उहाँले शुक्रबार रक्सौलमा रहेको पेट्रोल टयाङ्क सफा गर्ने कार्य सम्पन्न भएको भए पनि शनिबार इद, आइतबार विदाको दिन परेकाले हिजोबाट पेट्रोल आउन थालेकाल बिहीबारबाट सामान्य अवस्था रहने बताउनुभयो ।
उहाँले दैनिक राजधानीमा करिब तीन लाख लिटर पेट्रोलको खपत हुने भए पनि अभावको समयमा उपभोक्ताले मौज्दात राख्ने भएकाले पनि केही समस्या भएको बताउनुभयो । रासस

नायिका रञ्जना अमेरिकामा बेपत्ता !

आर्थिक सङ्कटबाट उम्किन अमेरिका जाने नेपाली कलाकारको सूची लामै छ । कोही वैध रूपले त कोही गैर कानुनी रूपमा अमेरिका बस्दै आएका छन् । नेपालमै रहेका कतिपय कलाकार पनि अमेरिका जाने दाउमा छन् । कोही सांस्कृतिक कार्यक्रमको नाममा त कोही भेटघाटको नाममा अमेरिका पुगिरहेका छन् । उता पुगेपछि नेपाललाई बिर्सने कलाकारको कमी छैन ।
असारको अन्तिम साता सांस्कृतिक कार्यक्रमका लागि अमेरिका पुगेकी नायिका रञ्जना शर्माको नेपाल र्फकने कुनै छाँट छैन । अमेरिकामा रहेका नेपाली संस्थाहरू अमेरिकन नेपाल सोसाइटी, आर्टिस्ट फोरम, अमेरिका नेपाल चौतारी, धरान अमेरिका सोसाइटी, द एकेडेमी अफ नेपाली लिटरेचर जस्ता संस्थाद्वारा भर्जिनियामा संयुक्त रूपमा आयोजित नमस्ते अमेरिका नामक सांस्कृतिक कार्यक्रममा पुगेकी रञ्जना उत्तै बेपत्ता भएको हल्ला चलेको छ ।
उनीसँगै अमेरिका पुगेक अञ्जु पन्त, जगदीश समाल, मनोजराज सेवा, टासी हिमग्याप लामालगायतका प्रायः कलाकार स्वदेश फर्किसकेका छन् । रञ्जना भने उतै बस्ने मेसो मिलाइरहेकी छन् । अमेरिका जानुअघि उत्तै बस्ने बताउँदै हिँडेकी उनी ग्रिनकार्ड अप्लाईको प्रोसेसमा रहेको बताइन्छ ।
अङ्गप्रदर्शनमा उदार मानिएकी रञ्जना श्रीमान श्याम भट्टराईद्वारा निर्देशित चलचित्र मर्यादाबाट ठूलो पर्दामा आएकी हुन् । यसबाहेक उनले मौसम, इज्जतदार, वीरताको चिनो, सलाम छ मायालाई कन्यादान जस्ता चलचित्रमा अभिनय गरीसकेकी छन् ।

Monday, September 13, 2010

तिजमा सोनुको दुःख


काठमाडौं/ महिलाहरूले तिजमा व्रत बसेर श्रीमान्को दीर्घायुको कामना गरिरहेकै वेला नायिका तथा निर्मात्री सोनु थारूले भने आफ्नी छोरीका लागि व्रत बसेकी छिन् ।

श्रीमान् टाढिएपछि केही साताअघि मात्र जन्मिएकी छोरी प्राञ्जेलका लागि तिजमा व्रत बसेको सोनुले बताइन् । छोरीकै कारण देखाएर श्रीमान् केही महिनादेखि उनीसँग टाढिएका थिए । त्यसैले गर्भावस्थामा समेत उनले श्रीमान् र घरको साथ पाइनन् ।

'डेलिभरीको समयमा मैले हरेक पल उहाँलाई सम्भिएँ,' सोनुले गुनासो पोखिन्, '६ दिन म अस्पतालमा भर्ना हुनुपर्‍यो, कस्तो छ भनेरसम्म सोध्नुभएन । यतिसम्म निठुरी हुनुहुन्छ होला भन्ने सोचेकीसम्म थिइनँ ।' सोनुले ॐ अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

प्रेमले बारम्बार गर्भ तुहाउन दबाब दिएको र आफूले छोरी जन्माएरै छाड्ने अठोट लिएपछि श्रीमान् टाढिएको सोनुले बताइन् । 'यतिसम्म कि बच्चा आफ्नो नभएर अरू कसैको भएको आरोपसमेत लगाए,' सोनुले भनिन्, 'उहाँले आफ्नो परिवारको दबाबमा यस्तो निर्णय गर्नुभएको हो, छोरीकै मायाले भने पनि उहाँ चाँडै र्फकने आशा लिएकी छु ।'

थारू समुदायमा परिचित अनुहार प्रेम चौधरी र सोनुले चार वर्षअघि प्रेम-विवाह गरेका हुन् । विवाहपछि उनीहरूले आफ्नै प्रोडक्सनमा दरार, यी कैसन नाता र डगर नामक थारू भाषाको फिल्म निर्माण गरेका थिए । र, यी सबै फिल्मका प्रमुख पात्र पनि प्रेम र सोनु नै हुन् । सोनुले थारू चलचित्रका अलावा केही नेपाली फिल्म र आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी छिन् । सोनुद्वारा अभिनीत पछिल्लो चलचित्र प्रेमके जाल प्रर्दशनको तयारीमा छ, जसमा उनका श्रीमान् प्रेमले पनि अभिनय गरेका छन् ।

श्रीमतीसँग बढी समय बिताउनेका बच्चा बढी स्वस्थ


श्रीमती गर्भवती भएपछि तपाइर्ं कत्तिको श्रीमतीसँगै बस्ने गर्नुभएको छ ? कामको व्यस्तताले गर्भवती श्रीमतीलाई समय दिन त सक्नु भएको छैन ? त्यसो हो भने अबदेखि गर्भवती श्रीमतीलाई बढी समय दिने गर्नुहोस् । श्रीमती गर्भवती रहेको अवस्थामा बढीभन्दा बढी समय श्रीमतीसँग बिताउनेको बच्चा स्वस्थ्य जन्मने एक अध्ययनले देखाएको छ ।
अस्ट्रेलियाको युनिभसिर्टी अफ अकल्यान्डले गरेको एक अध्ययनमा गर्भवती महिलाले आफ्नो श्रीमान्सँग बढीभन्दा बढी समय बिताएको खण्डमा अन्य बच्चाको तुलनामा बढी स्वस्थ जन्मिने तथ्य पत्ता लगाएको छ । पहिलोपटक आमा बन्दै गरेका दुई हजार पाँच सय सात महिलामा गरिएको सो अध्ययनले यो कुराको पुष्टि गरेको हो ।

अध्ययनले गर्भवती श्रीमतीसँग लामो समयसम्म संगत गर्नेहरूका सन्तान आमाको पेटभित्र स्वाभाविक विकास भएको पाइएको थियो । गर्भावस्थाका महिलालाई हुने उच्च रक्तचाप समस्या कम देखिएको थियो भने बच्चाको सामान्य विकासमा पर्ने कुनै पनि समस्या त्यहाँ देखिएन । तर, पिताको संगत नपाएका बच्चाको स्वाभाविक विकास क्रम देखिएन ।

यसका साथै गर्भवती अवस्थामा श्रीमा्नसँगै नबस्ने महिलालाई विभिन्न किसिमका तनाब हुने र ती तनाबले सन्तानलाई असर पारेको पनि अध्ययनले देखाएको थियो ।

रिप्रोडक्टिभ इम्युनोलजीमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनले पुरुषलाई स्वस्थ बच्चाका लागि बढीभन्दा बढी समय श्रीमतीसँगै बस्न सुझाब दिएको छ ।

Sunday, September 12, 2010

धरानमा विमानस्थलको आवश्यकता र सम्भावना

-गगन नेपाली 'शहरी बाताबरणमा रमाउदै रहेता पनि हामी समस्त धराने अझ पनि कैयन अभावबिच बाची रहेका छौ सडक यातायातमा हामीलाई धेरै सुबिधा छ तर हवाई यातायातमा हाम्रो पहुच भएता पनि यात्रा सहज र झन्झट रहित भने छैन ्र उडान भर्नबिराटनगरसम्मको अनिबार्ययात्रा तय गर्न हाम्रो बाध्यता बनेको छ बिराटनगरको यात्रामा गर्मियाममा चर्क गर्मि खेप्नु पर्न र जाडोको समयमा उडान नै न होला कि भन्ने पिर अझ मुलुकमा मौलाएको सडक बन्द संस्कृतिले बिमानस्थल पुगेर उडान भर्ना पाइन्छ पाइन्दैन भन्ने नै ठुलो चिर्ता ्र धरानमा एउटा आन्तरिक बिमानस्थल नहुनुको पीडा अनि असहजता हामी सारा धराने हरुले व्यहोरी रहेका छौ ्र हवाई यात्रा गर्दा कहिले चाही हाम्रो धरानमा बिमानस्थल बर्ला अनि सहज यात्रा गरौला भन्ने कल्पना अनि चिया गफ बाहेक अरु केहि पनि गर्नसकी रहेका छैनौ ्र धरान बिमानस्थलकरिबन २०५०२०५५ साल तिर धरानबाटनै पहाडी इलाकामा उडान भर्नाको निमित्त हेलिर्याडको निर्माण गरि केहि समय उडान गरिएको थियो तर अचानक यो सुबिधा धेरै समय अघि नै बन्द भइ सकेको छ ्र केहि अध्ययन अनुसार धरानबाट उडान भर्दा काठमाण्डौ र पहाडी क्षेत्रको दुरी बिराटनगर विमानस्थलको तुलनामा केहि कम हुन आउछ जलसे इन्धन तथा समयको बचत र लागतमा पनि केहि कटौती गर्नसकिन्छ अध्रुरुयन अनुसार बिराटनगर विमानस्थलको उपयोग गर्न प्राय यात्रु धरानबाट नै हुन्छन ्र धरानमा नै बिमानस्थल हुने हो भने सबै धरानेले सहज रुपमा उडान भर्नपाउछन् यहाँ मौसम प्राय सफा रहने भएकोले जुनसुकै समयमा पनि सहज रुपमा उडान भर्नसकिन्छ ्र पुर्वी पहाडी क्षेत्रको प्रवेशर्वारको रुपमा रहेको धरानमा बिमानस्थल निर्माण गर्न हो भने यी क्षेत्रहरुको पर्यन प्रवर्दधन तथा बिकासमा ठुलो टेवा पुर्याउन सकिन्छ ्र विकास निर्माणप्रतिको धरानेहरूको प्रतिबद्धता अनि सहभिगतालाई हेर्न हो भने धेरै सहजताको साथ धरानमा बिमानस्थल निर्माण गर्नसकिन्छ ्र विमानस्थलबाट पुग्ने फाइदा धरानमा बिमानस्थल बनाएर नियमित रुपमा काठमाण्डौ तथा पहाडी क्षेत्रमा यात्रा गर्न र्थानीयलाई सहज हवाई सुबिधा प्रदान गर्नसकिन्छ ्र धरान पुर्वान्चलको पहाडी क्षेत्रको लागि प्रवेशर्वार हो यहाँ बिमानस्थल निर्माण गर्न हो भने पुर्वान्चलको पहाडी क्षेत्रमा पर्यनको बिकास गर्नसकिन्छ जस्तो यस क्षेत्रमा रहेका ऐतिहासिक विजयपुर डाडा धरानमा रहेका धार्मिकस्थल मनोरम भेडेटार गुफापोखरी पदयात्रा राजारानी ग्रामिण परिवेश एसियाकै सबैभर्दा दोश्रो ठुलो रुख डाडा बजार पुर्वान्चलका १६ जिर्ला दृर्यावलोकन गर्नमिल्ने ध्वजे डाडा तमोरकोशी जलयात्रा चरा अवलोकनको लागि प्रर्यात कोशी टप्पु बन्यजन्तु आरक्षण पितृ श्राद्धको लागि पवित्र बिष्णुपादुकालाइ पर्यकीय क्षेत्रको रुपमा विकास गर्नसकिन्छ ्र यस बिमानस्थलबाट धरानमा पर्यकको चहल पहल बढी सबै क्षेत्रले फाइदा लिन सक्छन ्र बिपी कोइराला र्वास्थ्य बिज्ञान प्रतिर्ठानबाट पनि बिरामीहरुलाई अति समबेदनशिल आकस्मिक उपचारको लागि काठमाण्डौ सहज रुपमा लैजान सकिन्छ ्र धरानमा प्रकाशित पत्रपत्रिका सहजरुपमा देशर्यापी रुपमा वितरण गर्नसकिन्छ ्र र्थानीय होटेलहरुको विकास गरेर पर्यकीय खपतको निमित्त हस्तकलाका सामगि्र उर्पादन संस्कृतिक जमघट तथा उत्सव मुर्चङ्गा बिनायो ढोल र्यार्टा जर्ता परम्परागत बाजाको व्यवसायिक उर्पादन तात्य बिकि्र वितरण र्थानीय जातीय भेषभुसा तथा संस्कृतिको प्रदर्श गरेर आर्थिक कारोबार बढाउन सकिन्छ ्र यसले प्रतक्ष्य तथा अप्रत्यक्ष्य रुपमा धेरैलाई रोजगार प्रदन गर्नसक्छ ्र यसरि बिमानस्थलबाट होटेल यातायात पर्यन पत्रकारिता मनोरंजन कला खेलकुद शिक्षा जर्ता सबै क्षेत्र तथा सामान्य नागरिक सबैले यसबाट फाइदा पाउन सक्छन ्र बिमानस्थल निर्माण प्रयास२०५०२०५५ साल तिर सरकारले धरान रंगशाला देखि केहि तल खुलाचौरमा नियमित हवाई उडान संचालन गरेर धरानमा हवाई यातायातको शुरुवात भएको थियो ्र केहि समय अघि धरान१७ रेल्वे स्थित खुला सरकारी जर्गामा यति एयलाइन्सले बिमानस्थल प्रर्ताव गरेको थियो र निर्माण सहजताको लागि त्यहाँ पर्न केहि व्यक्तिगत जर्गा पनि एयरलाइन्सले आफ्नो नाममा साविक भर्दा निकै सस्तो दरभाउमा खरिद गरेको थियो ्र निर्माण कार्या चासो देखाउदै सहयोग तथा धरान बिकासको लागि र्थानीय जनताले पनि साबिक भर्दा निकै सस्तो मुल्यमा जर्गा उपलब्ध गराएका थिए ्र त्यसपछि विभिन्न सरकारी नीति नियम कार्यििध निर्ण भन्दै यो काम त्यतिकै अलमलमा परेको छ कहिँ कतै बाट पनि बिमानस्थल निर्माणको प्रयास भएको छैन र्थानीयहरु यसको बहसमा लागि रहेका छन् र निर्माण प्रर्ताव गर्न यति एयरलाइन्सलाई समय समयमा घचघर्याइ रहेका छन् र पनि कहिँ कतै बाट ठोस पहल र निर्ण हुन सकेको छैन ्र कसरि बनाउन सकिन्छ बिमानस्थलधरान घर्टाघर रंगशालाको घेराबार तथा मूलर्वार निर्माण यलम्बर पार्क बि्रटिश गोर्खा स्मृति पार्क भूकम्प स्मृति पार्क यी सबैको निर्माणमा बिदेशमा रहेका धरानेहरुको सहयोग रहेको छ उनीहरुको आर्थिक सहयोग अनि र्थानियबासिहरुको जान सहभागितामा यसको निर्माण तथा संचालन भइ रहेको छ ्र अब बिमानस्थल जस्तो उर्पादक क्षेत्र जसले धरानमा आर्थिक कि्रयाशीलता कायम राख्न महत्वपुर्णभूमिका निभाउने क्षेत्रमा लगानी गर्नउनीहरुलाई आग्रह गर्नसकिन्छ लगानीको लागि बाताबरण बनाउन सकिन्छ ्र बिमानस्थलबाट प्रत्यक्ष्य फाइदा लिन सक्ने होटेल व्यवशायी यातायात व्यवसायी पर्यन व्यवसायीले यसको निर्माणको निमित्त क्षमता अनुसार लगानी गर्नसक्दछन र्थानीय उरुरुयमी लगानीकर्ताले पनि यसमा आफ्नो सहभागिता जनाउन सक्छन सरकारले पनि धरानको बिकासको निमित्त कुल लागतको केहि अंश लगानी गर्नसक्दछ ्र बिमानस्थलमा ग्राउण्ड र्याण्डिलंग लागत बिमानस्थल शुल्क पार्किंग शुल्क चमेना गृह तथा र्यापार गृहको नियमित भाडा जर्ता आर्दानी बाट लगानीकर्ताहरुलाई नियमित लाभांश दिन सकिन्छ ्र बिमानस्थल निर्माण पछि आउने आर्थिक बिकासमा विभिन्न नव लगानीको क्षेत्रमा र्यापार व्यवसाय गरेर सबैले फाइदा लिन सक्छन ्रबिमानस्थल निर्माणको निमित्त सर्व्रथम यसको सर्भाव्यता अध्ययन गर्नपर्छ

Saturday, September 11, 2010

फेसबुकमा ६ लाख नेपाली

काठमाडौं, भदौ २२ (नागरिक) - सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा आवद्ध हुने नेपाली झण्डै ६ लाख पुगेका छन्। फेसबुकका प्रयोगकर्ता गणना गर्ने साइट फेसबेकर्सका अनुसार, आइतबारसम्म नेपाली प्रयोगकर्ता ५ लाख ८७ हजार पुगेका छन्। यो मध्य पुरुष तीनलाख ९९ हजार नौसय र महिला एकलाख ८० हजार सातसय ४० छन्। इन्टरनेटको पहुँच भएका ९० प्रतिशतभन्दा बढी नेपाली फेसबुकमा छन्।


सबैभन्दा बढी ४६ प्रतिशत १८ देखि २४ वर्ष उमेर समूहका छन्। २५ देखि ३४ वर्ष उमेर समूहका फेसबुक प्रयोगकर्ता नेपाली २७ प्रतिशत छन्। फेसबुक प्रयोगकर्ता नेपालीमध्य ३५ देखि ४४ वर्ष समूहका ७ प्रतिशत छन् भने १६ देखि १७ वर्ष समूहका नौ प्रतिशत छन्। ६५ वर्षभन्दा माथि उमेर भएका फेसबुक प्रयोग गर्ने नेपाली एक प्रतिशत छन्।

'फेसबुकको जुन खालले प्रयोगकर्ता बढी रहेका छन्, त्यसले गर्दा साइबर सुरक्षामा निकै ठूलो चुनौति थपिएका छन्,'-प्रमाणिकरण नियन्त्रक राजनराज पन्तले भने। फेसबुक जस्ता सामाजिक सञ्जालबाट सम्बन्ध बढाएर चाँडै विश्वासमा पारेर ह्याकिङ गर्ने समस्या बढ्दै गएको छ।

प्रमाणिकरण नियन्त्रक कार्यालयले आयोजना गरेको मासिक 'मिडिया टेक' कार्यक्रममा पन्तले जोकसैलाई छिट्टै विश्वास गरेर इमेल, डेबिट र क्रेडिट कार्डको बारेमा जानकारी अरुलाई नदिन सुझाव दिए।

फेसबुक, ट्विटर, हाइफाइभ जस्ता साइटबाट मित्रता गाँसेर चाँडै विश्वासमा लिन प्रयास हुन्छ। त्यसपछि विभिन्न सूचना मागेर इमेल, क्रेडिट कार्ड, एटिएम कार्ड ह्याकिङ गर्ने प्रवृत्ति धेरै देशमा सुरु भएको छ। ' यस्ता प्रवृत्तिबाट अर्काको सूचना लिएर दुःख दिन सजिलो भएको छ,' पन्तले भने।

यस्तो ह्याकिङबाट जोगिन अरु मानिसको छिट्टै विश्वासमा परेर सूचनाहरु नदिने, पासवर्डहरु हरेक ६/६ महिनामा फेरिरहनुपर्ने सुझाव सूचना प्रविधिको क्षेत्रमा कार्यरत विज्ञहरुको छ।

ह्विलचेयर मोडल

मनोज दाहाल - अमृता ज्ञवाली, २१, का आँखा आकर्षक छन्। कपाल रेसमी छ। ओठ फक्रेका छन्। नाकको देब्रे कुनाको कोठीले झनै राम्री देखिएकी छन्। फराकिलो अनुहारमा आकर्षक मुस्कान बोकेर उनी वजनदार कुरा गर्छिन्, मनोविज्ञान र समाजशास्त्रमा स्नातक जो गर्दैछिन्।


एसएलसी प्रथम श्रेणी, लक्ष्य- साइकोलोजिस्ट
तपाईंलाई के लाग्छ, उनी मोडल बन्न सक्दिनन्?

मस्तिष्कबाट शरीरका सारा अंगमा संवेदना सञ्चार गर्ने काम मेरुदण्डका स्नायुले गर्छन्, जसलाई सुषुम्ना भनिन्छ। प्रेमीले हात सुम्सुम्याउँदा तपाईंमा कुनै संवेदना हुनेछैन- मेरुदण्ड नभए!

१८ वर्षअघि सडक दुर्घटनामा अमृताले त्यही मेरुदण्ड गुमाइन्। परिवारका सारा सदस्य पनि गुमे। सात वर्ष उपचार गरेपछि बल्ल उनी ह्विलचेयरमा बस्नसक्ने भइन्। अहिले हिँडडुलको एउटै माध्यम ह्विलचेयर हो। नक्सालस्थित एसओएसको होस्टलबाट त्रिचन्द्र कलेज पुग्न उनलाई ह्विलचेयरमा आधा घन्टा लाग्छ।

तपाईंलाई के लाग्छ, उनी मोडल बन्न सक्छिन्?जवाफ पाउन अर्को आइतबार (असोज ३ गते) साँझ सोल्टी होटल आउनुस्, जहाँ एउटा फेसन सोमा अमृता र्‍याम्पमा देखिनेछिन्, मोडलका रूपमा। उनीसँगै मेरुदण्ड सग्लो नभएका अरू सातजना ह्विलचेयरमै र्‍याम्पमा उत्रिनेछन्। सिक्वेन्सको नाम हुनेछ- इन्स्पाइरेसन। अर्थात् प्रेरणा।

धन्यवाद छ भगवानलाई, जसले अमृताको आधा मेरुदण्डमात्र नष्ट गरिदिए। मेरुदण्डको आधा भाग काम नगर्ने भएकाले अमृताका खुट्टामा कुनै संवेदना हुँदैन तर हातसम्म मस्तिष्कको तरंग पुग्छ। अर्थात उनको सुम्सुम्याइमा झंकार हुन्छ।

तिनै राम्रा हातका लाम्चा औंला नचाउँदै कुसेऔंसीका दिन जोरपाटीस्थित एसओएस बालग्राममा बुबाको मुख हेर्न आएकी अमृताले भनिन्, 'मेरा खुट्टा चल्दैनन् भन्दैमा म मोडल नै बन्न सक्दिनँ?'

परिवार गुमाएपछि जोरपाटी एसओएसको छोरी भएर हुर्केकी अमृताका लागि त्यहीँका निर्देशक रविन नेपाली बुवा हुन्, अरू सयौं एसओएसका छोराछोरीले मानेजस्तै। आफू हुर्केको ब्लकमा आफूजस्तै दस शारीरिक रूपमा कमजोर बालबालिकाको हेरचाह गर्ने महिला उनकी आमा हुन्। एसएलसीपछि जोरपाटीबाट नक्साल सरे पनि उनी चाडबाडमा बुबाआमा भेट्न आइरहन्छिन्।

जोरपाटी एसओएसकी काउन्सिलर नर्स रमा कार्कीले झन्डै एक वर्षअघि उनलाई मोडल बन्न हौस्याइन्। 'मोडलिङमा रुचि छ भने किन यो क्षेत्रको ढोका ढक्ढक् नगर्ने' भन्दै अमृताका तस्बिर साइबर संसार डटकमलाई पठाइदिइन्। साइबर संसारका अभिनव कसजु अमृताको व्यक्तित्वबाट प्रभावित भए। मोडलका तस्बिर राख्ने यो वेबसाइटले गत पुसमा उनको कभरेज गर्‍यो- सम्भवतः नेपालकै पहिलो ह्विलचेयर मोडलका रूपमा। गोदावरीमा फोटोसुट हुँदा अमृता मख्ख परिन्, मोडल बन्ने चाहना जो पूरा भएको थियो।

त्यसपछि रमा र अमृताले नमुना कलेज अफ फेसन टेक्नोलोजीको ढोका ढक्ढक्याए जसले यी सुन्दरीको र्‍याम्पमा उत्रिने धोको पूरा गर्दैछ, अर्को साता। कलेजकी विद्यार्थी तथा आयोजकमध्ये एक ऋतु श्रेष्ठका अनुसार पहिरन प्रदर्शनीका पाँचवटा सिक्वेन्समध्ये 'स्पेसल' खन्डमा अमृताको टोली र्‍याम्पमा देखिनेछ।

संगीतकार न्ह्यु बज्राचार्यले आफ्नो आगामी सिर्जनाको भिडियोमा अमृतालाई लिँदैछन्। न्ह्युका अनुसार वसन्त चौधरीले लेखेका गीतको आगामी एल्बमको कुनै भिज्युअलमा अमृतालाई लिइनेछ। अमृताले भनिदिइसकेकी छन्, 'असहाय, दुःखी, निराश गीतमा म खेल्दिनँ है, आशा, प्रेम र उत्साहका गीतमा मात्र खेल्ने हो!'

मोडलिङलाई पेसाचाहिँ नबनाउने? 'नबनाउने, म त साइकोलोजिस्ट बन्ने हो,' अमृता मुस्काइन्।

एकै निमेषमा गम्भीर हुँदै बोलिन्, 'शारीरिक रूपमा अक्षम भएपछि मानिसमा विभिन्न मनोवैज्ञानिक जटिलता आउँछन्। मजस्तो स्पाइनल कर्ड इन्जर्डले नै उनीहरूको मनोविज्ञान बुझ्न सक्छ। मैले त आफ्नो अवस्था स्वीकार गरिसकेकी छु, तर सबैले यस्तो अवस्था उही रूपमा स्वीकार गर्न सक्दैनन्। त्यसैले म साइकोलोजिस्ट बन्नुपर्छ, शारीरिक अशक्तलाई समाजमा पुनर्स्थापित गर्न।'
स्पाइनल कर्ड इन्जर्डका लागि काम गर्ने एउटा संस्थाकी फोकल पर्सन पनि हुन् उनी।

जोरपाटी एसओएसको चौरमा ह्विलचेयर गुडाउँदै अमृताले ब्लकहरूमा बाबुको मुख हेर्ने दिन मनाइरहेका शारीरिक अशक्त बालबालिकातिर औंला तेर्स्याउँदै भनिन्, 'यी सबैमा आशा र साहस जगायो भने यहाँ नहुने के छ?