जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, November 21, 2011

हङकङ आईडी लिन नक्कली बिहे

श्रीमान्-श्रीमती हुन्, किनकि विवाह दर्ता प्रमाणपत्र छ । इष्टमित्र डाकी रीतिरिवाजअनुरूप टीकाटालो गरिएको तस्बिर सबुत छन् । तर बिहेपछि सँगै बस्नुपर्ने बरबधू एकअर्कासँग जरुरी काम पर्दाबाहेक कुरासमेत गर्दैनन् । कारण हो, नक्कली विवाह ।
हङकङ बसोबासको परिचयपत्र (आईडी) हात पार्न पछिल्लो समय स्थानीय चिनियाँसँग नक्कली बिहे गरी भित्रिने नेपालीको संख्या बढ्दो छ । बिहेका लागि झन्डै दर्जन बढी चिनियाँ हालै नेपाल पुगेका छन् । पन्ध्रदेखि

बदलियो विवाहको परिभाषा

विवाह गरी घर बसाउनु र सन्तान उत्पादन गर्नु मनुष्य जातिको प्राकृतिक इच्छा हो । जबदेखि मानिसको बौद्धिक स्तर बढ्यो, निजी सम्पत्तिको आकांक्षा बढ्यो तबदेखि विवाह संस्थाको थालनी भयो । हिजोआज विवाहको परिभाषा परिवर्तन हुँदैछ । हालका वर्षहरूमा वैवाहिक सम्बन्धमा पारपाचुकेको कुरा पनि चर्चामा छ । के वास्तवमा विवाहको परिभाषा बदलिँदैछ ? के यो संस्थाले आफ्नो महत्व बिर्सदैछ ?
म्ाानिस एक्लो बस्न सक्दैन । किनभने नारी-पुरुष एक-अर्काप्रति सामाजिक, मानसिक, भावात्मक एवं वैधानिक रूपमा निर्भर छन् । सृष्टिको चक्र चलाईरहन वंश वृद्धि हुनुपर्छ । त्यसैले विवाह संस्थाको जन्म भएको

Saturday, November 19, 2011

धरानमा आगलागी बीसलाख भन्दा बढीको नोक्सानी

इटहरी । धरान नगरपालिका– १९ भिक्टोरिया चोकस्थित खड्गबहादुर लिम्बुको घरमा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा २० लाखाभन्दा बढीको नोक्सानी भएको छ ।
लोडसेडिङको बेला आगलागी भएकाले तत्काल आगो नियन्त्रण गर्न असम्भव हुँदा लिम्बुको घर पूरै जलेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने

काठमाडौ,२ मंसिर/ महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ । यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ‘धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर

Friday, November 11, 2011

लिभिङ टुगेदर'को बढ्दो प्रभाव

कुनै एउटा समय थियो, विवाह गरेपछि मात्र श्रीमानले श्रीमतीको अनुहार देख्ने अनि श्रीमतीले श्रीमानको । हाम्रा हजुरआमाहरूले अझै पनि यस्तै कुरा सुनाउने गर्छन्, तर अहिले समय बदलिएको छ । 'लिभिङ टुगेदर' रहने अर्थात् बिहे नगरी केटाकेटी सँगै बस्ने परम्परा । 'लिभिङ टुगेदर'मा रहँदा औपचारिक रूपमा विवाह गरिँदैन । तर यस सम्बन्धमा पुरुष र महिला सँगै बस्छन्, अनि विवाहपछि गरिने सम्पूर्ण काम यस सम्बन्धमा स्वीकार्य हुन्छ । यद्यपि विवाह नगरी सँगै बस्ने परम्परा लिभिङ टुगेदरलाई हाम्रो समाजले मान्यता दिइसकेको भने छैन ।

पैसा! पैसा!

यो कस्तो संसार हो, जहाँ हामी बिना पैसा केही पाउँदैनौं? बजारमा जहाँ गए पनि हामीलाई पैसा चाहिएको छ। पैसाबिना कसैले हामीलाई खाना दिँदैन; पैसाबिना पसल-दोकानबाट हामी रित्तो फर्कनुपर्छ। किनभने त्यसै कुनै माल पाइँदैन। यसैकारण हरेक मानिस पैसाको पछि लागेको हामी देख्दछौं।
कुनै मानिसले पैसा कमाउनको निम्ति परिश्रम गर्दछ भने अरूले पैसा सजिलो प्रकारले पाउने बाटो हेर्दछन्। कतिले लटरीमा गोला हालेर वा अन्य तरिकाहरूले एकैचोटि धेरै पैसा प्राप्‍त गर्ने आशा गर्छन्। कतिले 'सोझो औंलाले घिउ आउँदैन' भन्छन् र अरूलाई ठग्छन् वा छल गरेर अरूको सम्पत्तिमा हात हाल्छन्।

जीन्दगी

"जिवन भनेकै एकप्रकारको सङ्घर्ष रहेछ जब जन्मन्छ अनि सुरु हुन्छ आफु जस्तै अरुलाइ ठानेर विस्वास गरौ तरअरुले विस्वास गर्दो रहेनछ आफै मात्र असल अरु गलत भन्ने मानसिकतामा ग्रसित छ मानिस आफुलाइ लुटाउदा र मुटुलाइ फुटाउदापनि अरु

Monday, November 7, 2011

मनलाई सुन्दर कसरी बनाउने ?

शरीरलाई आकर्षक देखाउन हामी धेरै मिहिनेत गर्छौ - मुहार सुन्दर बनाउछौ, राम्रो लुगा लगाउछौ, कपाल, नङ आदि अनेक मिलाउछौ । साथै हामी अरूको पि्रय हुन राम्रा व्यवहार पनि गर्छौ । राम्रा व्यवहारहरू राम्रो मनको प्रतिफल हो । वास्तवमा दीर्घकालसम्म मानिसहरूको मन जित्ने सुन्दर मनले हो वा भनौ सुन्दर व्यवहारले हो । शरीरको सुन्दरता र मनको सुन्दरतामा के फरक छ भने शरीरलाई बचाइराख्न खोजे पनि उमेरसागै गल्दै जान्छ तर मनको सुन्दरता समयसागै झन् झागिदै जान्छ ।

बहुमूल्य उपहार

कुरा बीसौँ वर्षअगाडिको हो । चैत–वैशाखको महिना, टन्टलापुर घाम लागिरहेको थियो । बाटोमा हिँड्नेहरू प्रायः छाता ओढेरै हिँडेका थिए । त्यो भीडमा ईशा पनि थिइन् । कसैले ‘नानी !’ भनेको सुनेर आफ्नै सुरमा हिँडेकी ईशा आवाज आएतिर फर्किन् ।
    वृद्ध महिलाले अलि डराएको स्वरमा भनिन्— ‘घाम खप्नै नसकेर आलसतालस परेँ, छाता देखेर बोलाएकी हुँ, भैगो जाऊ ।’
    ईशाले पछाडि सरेर वृद्धालाई छाता ओढाउँदै भनिन्— ‘हो आमा ! छाताभित्र त म यति धेरै बेचैन छु हजुरलाई झन् कति गाह्रो भयो होला ! दम पनि बढेजस्तो छ । एक्कैछिन सडकको छेउमा बसौँ, दम केही घटेपछि कहाँ जाने हो, म पु-याइदिन्छु नि !’

'राजेश हमाल मेरो श्रीमान्’

राजेश हमाल मेरा पति हुन्, हामीले ०५२ साल वैशाख २ गते रजहरमा प्रेमबिहे गरेका हौँ 
काठमाडौं/ अविवाहित अभिनेता राजेश हमालका श्रीमतीसहित तीनवटी छोरी छन् भन्दा पत्याउन गाह्रो हुन्छ । तर, एक प्रहरी महिला हवल्दारले आफू राजेश हमालकी श्रीमती भएको र तीन बच्चा उनकै भएको दाबी गरेकी छिन् । चितवनकी ३७ वषर्ीया बालकुमारी अधिकारी अभिनेता हमालसँग आफ्नो १६  वर्षअघि विवाह भएको दाबी गर्दै उनले धोका दिएको भन्दै प्रहरीको शरणमा पुगेकी छिन् । आइतबार नायक हमालसँग नाता कायम गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी