जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, December 31, 2010

नारी समाज

 
मलाई प्राय धर्म र सस्कृतिकै बारेमा केहि लेख्न मन लाग्छ।हुन त म यो धर्म सम्बन्धि कुनै ज्ञान हासिल गरेको मान्छे होईन।तर पनि समाजमा देखेको सुनेको अनि कुनै कुरा भोगेको कुराहरु लेख्न मन लाग्छ।धर्मले मान्छे-मान्छेमा पनि किन एति भिन्नता गरेको होला!जस्तो लाग्छ।आज मैले चर्चा गर्न खोजेको कुरा नेपालि समाजमा एकल नारी अथवा हाम्रो भाषामा(बिधुवा)को अस्तित्वको बारेमाहजुर ति नारीले आफ्नो श्रीमान त गुमाईन।तर श्रीमानको मृत्युको साथ साथै उस्ले आफ्नो हरेक थोक गुमाउनु पर्छ।जस्तोकी रातो बस्त्र चुरा पोते,जुन महिलाको गहना हुन।तर कुनै पुरुषको श्रीमतिको मृत्यु भएमा उस्ले आत्मिय पिंडा बाहेक केहि गुमाउदैन।यि सबै हाम्रा धर्म र रुडिबादि परम्पराले सिकाएका सिकाएका सस्कारहरु हुन।यिनै धर्मको मान्यता अनुसार

Thursday, December 30, 2010

मानव आँखा सम्बन्धि केहि रोचक तथ्यहरु

मानव आँखा आकारमा सानो भएतापनि यसको बिस्तृत अध्ययन तथा अनुसन्धान गर्ने हो भने मानव शरिरका अन्य अंङ्ग प्रत्यङ्ग भन्दा यसको बनोट तथा प्रकृति जटिल तथा असाधारण खालको छ । मेडिकल साईन्समा धेरै अध्ययन तथा अनुसन्धान गरिने तथा पुस्तक प्रकाशित हुने अंङ्ग आँखा नै हो ।प्रस्तुत छ मानव आँखा सम्बन्धि केहि रोचक तथ्यहरु :-

के तपाईं हाँस्नुहुन्न ?

- मुन पौडेल
यदि तपाईँ हाँस्नु हुन्न भने त्यसका हजार कारणहरू हुन सक्छन् । नहाँस्नु एउटा महारोग हो र सम्भवतः चिकित्साशास्त्रमा पनि यसको कुनै ओखती छैनर् ।र् इश्वरले मानिसलाई एउटा अदभूत वरदान छ जुन वरदान मेरो घरपालुवा टिजे अर्थात् टमी जुनियरलाई प्राप्त छैन । म टमी जुनियरलाई दूधभात खान दिन्छु, सुम्सुम्याउँछु, माया गर्छु पनि बजिया प्रसन्नताले हाँस्दैन । पुच्छर मात्र हल्लाउँछ । म त्यसको थुतुनो समातेर मुख च्यातेर दाँतसमेत देखाइदिन्छु तैपनि बजिया हाँस्दैन । बिचरा हाँस्न चाहन्छ तरर् इश्वरले, प्रकृतिले जनावरहरूलाई हाँस्ने शक्ति नै दिएको छैन ।
तपाईँहरूलाई थाहा छ, तपाईंहरू भित्र के छ - तपाईँहरू भित्र शक्ति र स्रोत छ । तपाईँहरू भित्र विद्युत् प्राधिकरण छ, खानेपानी संस्थान छ र आयल निगम पनि छ तर सबै निःशुल्क । हाँस्नुस् मजाले हाँस्नुस्,

एक बर्ष मुनिको बच्चालाई सिकाउने तीनओटा कुराहरू

शब्द: "हुँदैन"; अर्थ: "त्यो छुनु हुँदैन"; कसरी सिकाउने: "हुँदैन" भन्दै अविभावकले बच्चाको हातमा सानो लठ्ठी वा कलम वा हातैले हिर्काउने (जुनबेला बच्चाले छुनु नहुने कुरालाई छुन्छ)।
उदाहरण
बच्चाहरू छिट्टै बिजुलीको तारतिर आकर्षित हुन्छन्। भित्तामा तार जोड्ने ठाउँमा उनीहरूलाई औँला घुसार्न मन लाग्छ, बिजुलीको तारलाई मुखमा हालेर टोक्न मन लाग्छ। यो उनीहरूको एउटा अत्यन्तै खतरनाक बानी हो। एक बर्ष मुनिको बच्चालाई आफ्नो ज्यान जोगाउनलाई चासो हुँदैन, मृत्यु के हो, उसलाई थाहा

'लभ' को खास कारण के हो ?

'लभ' को कारण के हो ? किन हुन्छ प्रेमी-प्रेमिकाबीच आकर्षण ? वैज्ञानिकहरूले कैयौं प्रयास गरेका छन् । तिनका केही खोजमा विश्वास गर्ने हो भने दुई प्रेमीबीच 'इमोसन' र त्यसमा परिवर्तनको कारण हो शरीरमा हुने रासायनिक तत्व ।
'लभ' का बेग्लाबेग्लै चरण जस्तो कि 'इन्फेचुएसन', 'कडलिङ्ग', 'एट्रेक्सन' यहाँसम्म कि विश्वासघात -विट्रायल) को पछि पनि केही खास केमिकलको हात हुन्छ । वैज्ञानिकहरूका अनुसार आकर्षण वस्तुतः यी 'न्युरोकेमिकल' का 'भर्चुअल एक्सप्लोजन' सरह हुन्छ । पीइए एक केमिकल हुन्छ जसले 'नर्भ सेल्स' माझ सूचनाको प्रवाह बढाउँदछ । यो केमिस्ट्रीमा 'डोपामाइन' र नोरिफिनेराइन' नामक दुई केमिकल्सले बडो रोचक काम गर्दछ । डोपामाइनले 'फिल गुड' को अनुभूति दिलाउँछ तथा नोरिफिने राइन' एडि्रनोलिनको उत्पादन बढाउँदछ

उन्नतिका सात कारण

श्रद्धालु भएर रहनु - हाम्रा साधना शास्त्र, सद्ग्रन्थहरूमा 'श्रद्धाहीनं' नलभते ज्ञानं भनिएको छ । मानव जीवन श्रद्धा र विश्वासकै आधारमा सञ्चालित छ । श्रद्धा-विश्वासबाट सबै कुरा प्राप्त गर्न सकिन्छ । श्रद्धाविना कुनै फल प्राप्त हुँदैन । गीतामा भगवान्ले श्रद्धा र ज्ञान नभएको व्यक्ति नष्ट हुन्छ भन्नुभएको छ । श्रद्धालु व्यक्ति जस्तो सुकै पीडित र व्यथित अवस्थामा पनि लक्ष्य प्राप्तिको निमित्त प्रयास गरिरहन सक्दछ । श्रद्धाबाट विश्वास, विश्वासबाट कर्ममा उत्साह र उत्साहबाट सफलता प्राप्त हुन्छ ।

देखिने सबै सत्य हुँदैनन् जीवन दर्शन

विश्वधर्मसभामा भाग लिने क्रममा सिकागो पुगेका स्वामी विवेकानन्दको पोसाक देखेर एउटी महिला हाँसिन् । कारण सोद्धा उनले भनिन्-
''अन्तर्राष्ट्रियसभामा आउने प्रतिनिधिको पोसाक त यस्तो छ भने त्यस देशका अन्य नागरिकको अवस्था कस्तो होला भनेर हाँसो उठ्यो ।'' त्यसपछि स्वामीजीले विनम्रतापूर्वक भन्नुभएछ- ''सरी म्याडम हाम्रो मुलुकमा मानिसको योग्यताको मापन

सुखी जीवनका उपाय

महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन । सुखी हुन शान्ति चाहिन्छ र शान्ति भन्ने चीज परेवासँग हुँदैन ।

Wednesday, December 29, 2010

युवा बेरोजगारी र आत्महत्या

गोविन्द सिँजाली मगर
वर्ष १८ की सरुको आजकल खुशीको सीमा छैन किनकी उनले पढ्नुको अर्थ घर परिवार समाजलाई बुझाउन सकेकी छ। घरपरिवारले उनीबाट पढाउनुको हिसाबकिताब मिल्ने छाँटकाँट देखिइरहेको छ। तसर्थ उनमा गौरवको पराकाष्टा छोएझैं लागिरहेको छ। उनी खुशी हुनुमा एउटै कारण छ उनले भर्खरै जागिर पाएकी छिन्। यता वर्ष २५ का सविन हिजो आज खुबै चिन्तित छ। उनले गत वर्ष स्नातकको अध्ययन सकेका हुन्। जागिरको लागि विगत एक वर्षदेखि उनी भौंतारिरहेका छन्। उनले

चारै सन्तान अपाङ्ग/पाँच बर्षकै उमेरदेखि डोरीले बाँधेर थुन्न थालियो : बाबुआमा

हाडे (उदयपुर) , मंसिर १७ - चार छोरा चारै अपाङ्ग हुँदा तीनका आमाबावुलाई कस्तो हुन्छ ? त्यतिमात्रै होइन बर्षौदेखि चारै छोरालाई डोरीले बाँधेर घरभित्रै थुनेर राख्नु पर्दा हुने पीडाको कल्पना पनि गर्न सकिंदैन ।

तर, त्रियुगा नगरपालीका- १३ चुहाडेका ४८ बर्षीय बिलटा दनुवार र उनकी पत्नी कमलाका छोरै छोरा अपाङ्ग छन् । सबैलाई गाइभैसी झै बाँधेर घर भित्रै थुनेर यि

Tuesday, December 28, 2010

पूर्वाञ्चलको केन्द्र धरानमा महोत्सव

धरान विकासमा फड्को मार्न सफल छ । त्यही धरानमा पूर्वाञ्चल महोत्सवको तयारी भैरहेको छ । लुकेर बसेको कलाकौशल, हस्तकला, वैज्ञानिक कृषि प्रविधि, स्थानीय स्रोतबाट  उत्पादित वस्तुको व्यापार प्रचार-प्रसार गर्ने उद्देश्यले यो महोत्सव हुन लागेको हो ।

धरान बजार पूर्वाञ्चलको एउटा प्रमुख केन्द्र हो । धरान सदावहार विजयपुर डाँडाको काखमा छ । यो सहरलाई पेन्सनवाला बि्रटिस गोरखा सैनिकहरूले बासस्थानका रूपमा प्रयोगमा  ल्याएका छन् । त्यही भएर यहाँ धेरैजसो परिवारको मुख्य पेसा सेनासँग सम्बन्धित छ । धरानमा बनाइएको सैनिक क्याम्पमार्फत बि्रटिस सेनामा भर्ना लिने प्रबन्ध मिलाइने गरिएको  छ । सेनामा रुचि राख्ने युवाहरू,

निर्वस्त्र विरोध प्रदर्शन

विरोध प्रदर्शन गर्ने विभिन्न तरिका छन् । चर्काे स्वरमा नारा लगाएर, जुलुस निकालेर, टायर बालेर, जक्काजाम, बन्द-हडताल गरेर, पुत्ला जलाएर, सरकारी साधन तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेर विरोध प्रदर्शन गर्ने शैली दक्ष्ािण एसियामा प्रचलित छ ।

चिसो मौसममा डिप्रेसन बढ्छ

मानिसलाई चिसो मौसममा बढी डिप्रेसन बढ्ने गरेको एक अध्ययनले देखाएको छ । एक शोधअनुसार चिसो अथवा पानी परेको मौसममा मानिसको मस्तिष्कमा रहेको सेरोटोनिन रसायनको मात्रा बढी हुने गर्छ । मस्तिष्कमा सेरोटोनिनको मात्रा बढी हुँदा मानिसलाई बढी बेचैनी हुने र शरीरमा ऊर्जा कम हुने हुँदा डिप्रेसनको समस्या देखिने गरेको सो अध्ययनले देखाएको छ ।
बेलायतमा गरिएको सो अध्ययनले मौसममा आएको परिवर्तनअनुसार मानिसको मुडमा पनि परिवर्तन हुने देखाएको छ । मौसमअनुसार मानिसको मुड परिवर्तन हुुनुको पछाडि मस्तिष्कमा भएको सेरोटोनिन भन्ने रसायन जिम्मेवार रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनअनुसार चिसो अथवा पानी परेको मौसममा सेरोटोनिनको

Monday, December 27, 2010

हिमानीको योजना


पूर्वयुवराज पारस शाह र उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीबीच चितवनमा भएको विवादपछि नेपालको राजनीतिमा एक किसिमको तरंग आयो। मिडियामा करबि एक साता पारस-रुबेल कहानीले ठाउँ पायो। अहिले पनि यदाकदा चर्चा भइरहेको छ। यस घटनाले पारसका पिता तथा पूर्वराजा ज्ञानेन्द्र चिन्तित भए भन्ने कुरा पनि

बिचरा पत्नीपीडितहरु !


- रामबहादुर रावल
झट्ट हेर्दा उनीसँग कुनै कुराको कमी छजस्तो लाग्दैन। राणा खलक। पैतृक सम्पत्तिका दृष्टिले काठमाडौँका औँलामा गन्न सकिने सम्पन्नमध्ये पर्छ उनको परविार। महँगा गाडीको व्यापार। 'क' श्रेणीका बैँक तथा अन्य वित्तीय संस्थाहरूमा करोड हाराहारीको सेयर लगानी। श्रीमती नाम चलेको अन्तर्राष्ट्रिय संस्थामा जागिरे। एकात्मक परविार भएकाले अन्य सदस्यको बोझ वा झमेला छैन। श्रीमान्/श्रीमतीका अलगअलग निजी गाडी छन्। तर, उमेरले ३० नकाटेका राणा नरोएको दिन नै हुँदैन। कारण, उनले प्रेम गरेर भित्र्याएकी

सुचना तथा प्रविधि मेला पुस २१ गते देखि काठमाण्डौमा सुरु हुने

सहदेव चौधरी ,काठमाण्डौ, ११ पुस । आइसिटी इन्फो ट्रेड २०११ ब्रान्डिङ एक्सपो आउउदो पुस २१ गते देखि २५ गते सम्म सुचना तथा प्रविधि मेला सुरु हुने भएको छ ।
सुचना तथा प्रविधि मेलामा यस अघि आयोजना गरिएका मेलाहरुभन्दा  फरक र वैज्ञानिकका साथै विश्वमै पछिल्लो संस्करणमा देखा परेका नयाँ टेक्नोलोजीका सामानहरुको 

क्षेत्रीय गतिविध [दार्जीलिङ]

सिक्किमका पूर्व मन्त्री लाचुङ्‌पा कालेबुङमा भने-अस्तित्वको निम्ति मिलेरै लड्‌नुपर्छ
कालेबुङ, 30 सितम्बर। सिक्किम राज्यका पूर्व पर्यावरण मन्त्री थुकचुक लाचुङ्‌पा कुमुदिनी परिवारद्वारा आयोजित दशौं अन्तर विद्यालय क्रस कन्ट्री एण्ड एथलेटिक मिटमा अंशग्रहण गर्न कालेबुङ आइपुगे। तिनलाई पत्रकारहरूले दार्जीलिङमा भइरहेको आन्दोलन सन्दर्भमा सिक्किमको दृष्टिकोणबारे प्रश्न गर्दा तिनले भने, बहुसङ्‌ख्यक कुनै पनि समुदायले संवैधानिकरूपमा गर्ने मागलाई दुत्कार्न सकिन्न। दार्जीलिङबाट भइरहेको आन्दोलनलाई

Sunday, December 26, 2010

इच्छा र अडान बीचको नेपाली राजनीती

हिन्दीमा एउटा उखान छ 'गधे पॆ दिल लगि तो परी क्या चिज है' नेपाली राजनिति पनि अहिले यहि उखानको वरीपरी घुमिरहेकोछ। नेपाली जनताले नेपाली राजनितिको उताव चढावमा धेरै परिवर्तनको आशा गरेर नेपालमा नयाँ व्यवस्थाको लागी आन्दोलन पनि गरे फलस्वरुप नेपालको दुइसय चालीस वर्षे इतीहास वोकेको राजतन्त्रको अन्त्य गरी गणतन्त्र नेपालको इतिहास सुरु गर्नलाई इतिहासकै ठुलो आन्दोलन पनि गरे । उता एकिकृत माओवादी पनी शसस्त्र युद्धलाइ छोडी शान्तिपुर्ण राजनितीमा आउन पनी

असल आमा बाबु आमा बन्ने १८ उपाय

असल बाबु आमा बन्न कसलाई रहर हुदैन र तर कसरी बन्ने ?असल अभिभावक बन्न सबै अभिभावकहरुलाई चुनौतीको विषय बनेको छ । यदि बच्चालाई समझदारीका साथ सम्हाल्न सकिएन भने उनीहरुलाई दिमागमा ठुलो असर पर्न सक्छ । यदि तपाई आफ्नो बच्चालाई अनुशासित, जिम्मेवार र सबैको प्रिय बनाउन चाहानुहुन्छ भने र तपाई आदर्श

करिश्माका फिटनेस रहस्यहे

समयमा खाना खान्छु, प्रशस्त पानी पिउँछु, गाईको शुद्ध दूध पिउँछु, नियमित व्यायाम र योग गर्छु । जंक फुड कहिल्यै खान्नँ ।
हेनरी डेभिड थोरोले आफ्नो निबन्ध 'वाकिङ'मा लेखेका छन्- दिनमा कम्तीमा चार घन्टा सांसारिक व्यस्तताबाट छुट्कारा लिएर जंगल, डाँडा तथा खेतमा बरालिनँ भने म आफ्नो स्वास्थ्य र उत्साहको रक्षा गर्न सक्दिनँ । हिँडाइले शारीरिक फाइदा दिन्छ र शारीरिक व्यायामको प्रमुख कुरा पनि हो- हिँडाइ । खासमा हिँडाइ प्राविधिक कुरा हो, जसमा हिँड्ने मान्छेको शरीरको क्यालोरी, खुट्टा चलाइको गति, फड्काइको लम्बाइजस्ता अनेकौं कुरा ठ्याक्क मिल्नुपर्छ । 'हिँड्नु राम्रो व्यायाम हो । तर, यहाँ (काठमान्डूमा) हिँड्ने कहाँ ?' नेपाली फिल्मकी सदावहार सुन्दरी र फिट नायिका करिश्मा मानन्धरले प्रश्न गरिन्, 'अहिले त काठमान्डूका सडकमा अटाइनअटाई गाडी छन् । मर्निङवाकमा गइरहँदा पछाडिबाट गाडीले ड्याम्म हान्यो भने ?'
एक/डेढ दसकअघिसम्म करिश्मा एकाबिहानै काठमान्डूकोे सडकमा निस्किन्थिन्, मर्निङवाकका लागि । बढीजसो साइकलमा र कहिलेकाहीँ चाहिँ हिँड्दै । साइकल चलाउँदा

Saturday, December 25, 2010

कम्प्युटर भाइरस --लक्षण, पहिचान र उपचार

अहिलेको युग कम्प्युटरको युग हो । केही वर्ष अगाडिसम्म अध्ययन संस्थान, स्कूल कलेज वा कार्यालयहरूमा मात्रै सीमित रहेको यो उपकरण, आज घर-घरको जरुरत भइसकेको छ । टेलिफोन र टेलिभिजन जस्तै बिस्तारै यो पनि अब विलासीता को वस्तु नभई आधारभूत आवश्यकता बन्दैछ ।
सायद हरेक क्षेत्रमा सुविधा र समस्या सँगसँगै आउँछन्। त्यसरी नै कम्प्युटरको प्रयोग र उपयोगीता जति बढ्दैछ, यसको सुरक्षाको समस्या पनि त्यत्ति नै मात्रामा झन् झन् गम्भीर बन्दै गइरहेको छ । दिनदिनै बन्ने नयाँ नयाँ भाइरस र यीनले संक्रमणका लागि उपयोगमा लिने नविनतम माध्यमका कारण

पारिवारिक कथा "कुलतको परिणाम" ( शनिबार )

रामपुर नाम गरेको एक गाउँमा धनबहादुर नाम गरेका एक व्यक्ति र उसको परिवारहरु बसोबास गर्दथ्यो । धनबहादुरको परिवारमा दुई छोरी, एक छोरा र लोग्नेस्वास्नी गरी पाँच जनाको सदस्य थिए । धनबहादुरले आफ्नी श्रीमती र परिवारलाई धेरै नै माया गर्दथ्यो उसले आफ्नो प्राण भन्दा पनि बढी माया परिवारलाई

जीवन कल्पना, आशा ईच्छाहरुभित्र

-सुमल कुमार गुरुङ,


जीवन मापने आधार समय हो । यो छोटो पनि हुन सक्छ लामो पनि हुन सक्छ । भौतिक रुपमा जीवन कति बाँचिन्छ भन्ने ग्यारेन्टी कसैले दिन सक्दैन । जन्मेदेखि मृत्यु सम्मको समय यात्रा नै जीवन हो । जीवनभरिको अनवरत् यात्रामा हामीले सफलता असफलताहरुको ओह्राली उकाली नाघ्दै अघि बढ्छौं । विलियम शेक्सपियरले आफ्नो कविताहरुमा जीवनको अर्थ, सुन्दरता र वास्तविकताबारे वर्णन गरेका छन् । १६ औ शताब्दिताकाको अंग्रेजी भाषाको शैसवकालमा

पाठेघरको क्यान्सर

रवीन्द्र पाण्डे पाठेघरको क्यान्सर महिला प्रजनन प्रणालीमा व्यापक रूपमा पाइने क्यान्सर हो। महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ। जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ। डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्त्व हो।
महिला प्रजनन प्रणाली अत्यन्तै संवेदनशील, परविर्तनशील, हर्मोन तथा रसायनहरूको तीव्र प्रभावयुक्त हुने

फ्री डावान्लोड

 4) Converter (Fileformate) - कुनै पानी भिडियो फाइल लाइ 3gp , MP3, MP4, MPG , MOV , AVI  र अन्य थुप्रै फार्मेट ma कन्वर्ट गरेर   तापैको मोबाइल मा रख्ना सक्नुहुन्छ | डाउनलोड --> http://d01.megashares.com/dl/b85d4ac/Converter.zip

 3) Folder Lock (lockdir.exe) - You can Protect your any Folder or Directory. Which folder you want to lock and you should be put (lockdir.exe.) in that folder. and Run lockdir.exe. file. कृपया एड्रेस बार मा http://www.kakasoft.com/lock/download.htm मात्र लेखनु होला

2) Oxford Dictionary   कृपया एड्रेस बार मा http://www.FreeUploadShare.com/DOWNLOAD/07601202/Oxford Dictionary.pdf  मात्र लेखनु होला

 1) कृपया एड्रेस बार मा ftp://ftp.druknet.bt/pub मात्र लेखनु होला

जापानी प्रेमिकाले भविष्यवाणी गरेकी थिइन् : दीपेन्द्रको मृत्यु कुकुरको जस्तै हुनेछ

म दीपेन्द्र सरकारलाई मौसुफ सानै छँदादेखि चिन्थेँ । सरकारलाई नजिकबाट चिनेको २०३१ साल वैशाखदेखि हो । जब मैले राजप्रासाद सेवामा आवधिक शाही पाश्र्ववर्तीका रूपमा काम सुरु गरेको थिएँ । युवराजधिराज सरकारको जन्म १३ असार २०२८ मा भएको हो । त्यस हिसाबले त्यतिवेला सरकार तीन वर्ष पनि पुगिबक्सेको थिएन । दीपेन्द्र सरकार जन्मदै राजा हुन जन्मेको । तर, राजदरबारमा युवराजधिराज सरकारलाई राजाका रूपमा हुर्काउने कुनै परिपाटी या संस्कार मैले देखिनँ । मैले सुनेको थिएँ- युरोपमा राजतन्त्र भएका देशमा राजा बनाउन बच्चैदेखि त्यहीअनुसारको शिक्षा-दीक्षा र तालिम दिइन्छ । त्यसका लागि अनुभवी र दक्ष विशेषज्ञको टिम बनाएर उनीहरूको 'गाइडेन्स'मा भावी राजालाई हुर्काउने गरिएको हुन्छ 

Friday, December 24, 2010

पैसा! पैसा!

थोमस कफमन
यो कस्तो संसार हो, जहाँ हामी बिना पैसा केही पाउँदैनौं? बजारमा जहाँ गए पनि हामीलाई पैसा चाहिएको छ। पैसाबिना कसैले हामीलाई खाना दिँदैन; पैसाबिना पसल-दोकानबाट हामी रित्तो फर्कनुपर्छ। किनभने त्यसै कुनै माल पाइँदैन। यसैकारण हरेक मानिस पैसाको पछि लागेको हामी देख्दछौं।

पतिका नजरमा रेखा थापा

बोल्ड नायिका रेखा थापा न बोल्ड संवादसँग डराउँछिन्, न बोल्ड सिनसँग । उनी कुनै फिल्मको विज्ञापनमा रामनामीले शरीर ढाक्न तयार हुन्छिन्, आमहडतालमा माओवादी अध्यक्ष प्रचण्डसँग नाच्न तयार हुन्छिन्, कुनै टेलिभिजन सोमा अत्यन्त उत्ताउलो अन्तर्वार्ता दिन्छिन् । पतिका नजरमा यो 'बोल्डनेस' कति स्वीकार्य छ त ? रेखा थापाका पति छवि ओझाको आत्मस्वीकारोक्ति यस्तो छः 

यौन चलचित्रमा नेपाली ? भ्रामिक समाचार

अमेरिकामा तयार गरेको एक निलो चलचित्रका नायिकाले आफूलाई नेपाली भनेर परिचय दिएकी छिन्। दीप शिखा नाकी उक्त महिलाले माया नामबाट निलो चलचित्रमा अभिनय गरेकी हुन। तर वास्तवमा उनी नेपाली नभएर भारतिय मुलकी रहेछिन्। उनले नेपाली भनेर किन परिचय दिएकी हुन तथा नेपाली पत्रिकाहरूले पनि उनको सो भनार्इ लार्इ निकै प्राथमिकता दिएर किन प्रकाशनमा ल्याएको थियो? सो भने निकै दुखदायी

Wednesday, December 22, 2010

विवाह जीवनको सुन्दर पल हो

काठमाडौ, मंसिर २३ - नम्रता श्रेष्ठ नेपाली फिल्म इन्डस्ट्रीमा सबैको लागि एउटा चर्चित र हट नाम भएको छ । उनको बारेमा यो इन्डस्ट्रीमा कमै चर्चा नहुने गर्छ । म्युजिक भिडियो, विज्ञापन हुँदै ठूलो पर्दाको फिल्मसम्म पुगेकी नायिका नम्रता श्रेष्ठ भिडियो स्क्यान्डलका कारण बढी नै चर्चामा रहिन् । थोरै समयमै 

महिला कामदारलाई कोठामा थुनेर यातना

- मोहन भट्टराई
मोरङको टंकी बाँसबारीस्थित न्यु गि्रन रेस्टुरेन्टकी सञ्चालिका आसु लामाले रेस्टुरेन्टमा कार्यरत एक महिला कामदारलाई चरम यातना दिएकी छिन् । उनले आफ्नै रेस्टुरेन्टमा कार्यरत अमृता लामालाई चोरीको आरोप लगाउँदै कोठामा थुनेर यातना दिएकी हुन् ।
कुटपिटबाट लामाको दाहिने हात भाँचिएको छ । सञ्चालिका लामाले आफ्नो डिजिटल क्यामेरा र भाइ रुद्रको मोबाइल चोरेको आरोप लगाएर शनिबार कुटपिट गरेको पीडित अमृताले बताइन् । अमृताका अनुसार लामाले ज्योतिषीलाई हेराउँदा अमृताले चोरको बताएपछि उनलाई यातना दिएका हुन् । 'ज्योतिषीले मैले चोरेको देखाएपछि

Short Introduction Of Nepal

-  Bhakta Raj Rai

Covering an area of 147,181 sq.km, Nepal shares a border with India in the west, south and east and with the Tibetan Autonomous Region of China in the north. Kanchan Kalan in Jhapa district is the lowest point at 70m above sea level and the summit of Mt. Everest at 8,848 m is the highest. From east to west, Nepal is 800 km long and only 230 km. north to south at its widest. Within this narrow stretch of land there is incredible diversity in topography ranging from a sub-tropical climate in the tarai (plains) to Alpine conditions in the Himalayan regions. Mountains, mid hills, valleys, lakes and plains dominate the landscape of this landlocked country. Eight of the fourteen peaks over eight thousand meters lie in Nepal including Everest, the highest in the world.

Tuesday, December 21, 2010

आधुनिक पुराण

म त भन्छु भगवान आखाँ नबनाउ, हैन भने राम्री राम्री केटी नबनाउ, बनाउनै भए देखी म भन्दा जेठी नबनाउ । दौरा बनाउ भगवान भोटो नबनाउ, लुगा बनाउ भगवान छोटो नबनाऊ, पेन्ट बनाउ भगवान टाइट नबनाऊ, बस्ने

बिमल एक्लैले गरे द्वय नारीको उद्वार

साउदी अरेबियामा बढ्दो  नेपाली श्रमिक को संख्या संगै समस्याहरु पनि बढ्दो छन ।  जहाँको बन्द समाज जटिल कानुनि प्राबधान आदिले गर्दा हाउसमेडको रुपमा कार्यरत महिलाहरुको समस्या कहालिलाग्दो छ । रियाद स्थित नेपाली राजदुतावासमा सरण लिईरहेका  दर्जनौ नेपाली महिलाहरुको संख्यले नै  यसको पुष्टि गरेको छ ।  यो दुतावासमा सरण लिन आउनेहरु त रियाद वरिपरको मात्र संख्या हो बिशाल साउदी अरेबियामा नेपाली राजदुताबासको नजर बाहिर नेपाली चेलीहरु कुन अवस्थाबाट गुज्रिएका होलान केवल अन्दाज मात्र  गर्न सकिन्छ । 

नारी हुनुको अभिशाब

नारीले नारीको आवाज उठाउन नसक्नुको बिडम्बनाको यो पनि छ कि ९५ प्रतिशत महिलाहरु अझै पुरुषको डिपेनमा जिउन बाध्य छन । जस्का कारण  हाम्रो समाज र संस्कारले नारीलाई आफ्नो भाग्य आफै कोर्नबाट बन्चित गराएको छ । पारिवारिक, समाजिक रुपमा अवशरका बाटाहरुमै बन्देज लगाईएको छ । हामी नारी लिंगले भिन्न मात्रै न हो ! तर प्रत्यक्ष अप्रत्यक्ष रुपमा "चाँहिदाका भाँडा नचाहिदा ठाँडा" अबश्य बनाएको छ । जस्ले गर्दा हामी नारी हरेक तहबाट ओझेलमा परेका छौ । यस्ता बिकराल समस्या प्रति चेतनाको बिकास खोई ? हामी नारी पितृसतात्मक देश भनेर कहिले सम्म मौन बस्ने ? उत्पिडीत बर्गबाट कहिले निकास पाउने ? नारीलाई किन संधै तल्लो दर्जामा राखिन्छ ? तर यिनै कैर्यौ प्रश्नका जवाफहरु दिन प्रति दिन नाजवाफ बन्दै गईरहेका छन, कहाली लाग्दा समस्याहरु गम्भिर बन्दै गईरहेका छन ।

सबै खुसी हुनुनै सुखी परिवार हो

साधारणतय सबैजसो आमाबाबुले आफ्ना छोराछोरीलाई माया गर्दछन् तर उनीहरुले एउटा प्रमुख कुरो दिन नसकेको जस्तो लाग्छ मलाई । खान, लाउन, शिक्षा-दिक्षा मात्र दिएर छोराछोरीलाई पुग्दैन भन्ने कुरो धेरैले नबुझेको देखिन्छ । माया त घरमा पालेको कुकुरलाई पनि गरिन्छ । तर मायाले मात्रै मान्छेलाई पुग्दैन । मान्छेलाई चाहिने अर्को कुरो हो, आफ्नो तरिकाले जीउने मौका दिनु । छोराछोरीले भनेको

यो सत्य यति बढी तीतो किन छ

truthभावनाबिनाको भवन कस्तो हु्न्छ जस्तो अंग्रेजी भाषामा हाउसु र होम मा फरक हुन्छ नि पहिलोले भौतिक संरचा मात्र बुझाउँछ भने दोस्रोमा भावना प्रेम सद्भाव सहानुभूति पनि हुन्छ । जीवन हाउस भएर होइन होम भएमा मात्र आनन्दित बन्छ । भावनाबिनाको भवन जतिसुकै विशाल भएपनि त्यसको भावनात्मक मूल्य रहन सक्तैन । त्यसले खुसी दिन त कहाँ-कहाँ पीडा र तनाव मात्र दिलाउँछ ।

Sunday, December 19, 2010

आमाको शल्यक्रिया गर्दा बच्चाको पेट काटियो

काठमाडौं, ४ पुस
सुत्केरी हुन आएकी महिलाको पेट चिर्दा ओम हस्पिटलले भित्रको बच्चाको पेटसमेत चिरेर आन्द्राभुँडी निकालिदिएको छ । बच्चाको मृत्यु भएपछि आमाबाबु विक्षिप्त छन् ।
२९ मंसिरमा सोलुखुम्बुका तेन्जी लामाले गर्भवती श्रीमतीलाई ओम अस्पतालमा भर्ना गरेका थिए । अस्पतालले अल्ट्रासाउन्ड गराएर सुरुमा सामान्य 'डेलिभरी' हुने बताएको थियो ।

Saturday, December 18, 2010

यसरी बिकसित हुदैछ्न खाड़ी मुलूक देश सउदी अरब

खाड़ी मुलुक देश सउदी अरबमा रहेको कोरियन " डेलीम" प्रोजेक्ट ले निर्माण गर्दै गरेको प्लान्ट को बाहिर साइड को कही दृश्यहरु ........
फोटोहरु हेर्न भित्र आउनुहोस

Thursday, December 16, 2010

नारी उपहार की तिरस्कार... ??? -

 - सुभद्रा भण्डारी, काठमाण्डौ, हाल इजरायल


बाँचे त संसार  देख्न पाइन्छ, चित्र बिचित्र देख्न र सुन्न पाइन्छ, मरे त सकियो संसार ? लामो समयको बिश्राम पछि आजको यो बसिबियालोमा २ शब्द कोर्न मन लाग्यो, मनमा छचल्किएका भाबनाहरु समेट्दै यहाँ  पस्किने  जमर्को गरेकी छु । हरेक प्राणी जन्मिदा जन्मसंगै मुत्यु पनि लिएर जन्मेको हुन्छ, नाङो शरिर, अचेतन मन, अनि सुक्ष्म प्राणिको रुपमा जन्मिने मानब जाति ठुलो सौभाग्य स्वरुप सजिब प्राणीहरुको अग्रपङ्तिमा सर्बश्रेस्ठ साबित उभिएको छ ।  अचेत र सुन्यतामा हरेक शिशु भबिष्यको कल्पना बिना नै धर्तीमा पाइला टेक्छ, जन्मिदै भरिएको दिमाग र सिङ्गारिएको  संसार लिएर आउदैन जो कोही पनि,,? थोपा थोपा मिलेर घैला भरिए झै, अनी 

प्रेम र जीवन

प्रेम । यसको व्याख्यामा हजारौं कविता लेखिएका छन्, गीत गाइएका छन् र सिनेमा बनाइएका छन् । काव्य, कला र दर्शनमा प्रेमले जति अरू कुनै कुराले सायदै ठाउँ पाएको छ । कवि, लेखक, चित्रकार, साधु, योगी र नेतासम्म पनि प्रेमको महिमा गाएर कहिल्यै थाक्दैनन् । सबैको मुखमा ज्यादा आइरहने शब्द सायद प्रेमै हो । तर जति नै गफिए पनि संसारमा प्रेम प्रतिक्षण दुर्लभ हुँदै गएको छ । यो असाध्यै चर्चा गरिएको तर अनुभव कमले गरेको एउटा रहस्य हो ।

श्रीमतीलाइ खुशी पार्ने तरीकाहरू

*  विहान उठ्ने वितिकै उनीलाई हेरेर मुस्कुराउनुहोस्। उनीलाई महशुस गर्न दिनुस् कि उनी तपाईको खुशि हो।
    * विहानको चिया उनी सागै खानुस्।
    * अफिस वा कतै वाहिर जानु भन्दा पहिला उनीलाई सोधेर जानुस्।
    * दिउँसो एक पल्ट मिस यु, लभ यु वा इगर टु सि योर स्माइली फेस यस्तै प्रकारको केही रोमाञ्चक एस. एम. ए. स पठाउनुहोस्।

Wednesday, December 15, 2010

केटाकेटी किन नुहाउन मान्दैनन् ?

हाम्रो समाजमा बच्चालाई रुघा, खोकी, चिसो आदिले सताउँछ भनेर प्रायः कमै नुहाइदिने गरिन्छ । धेरै समयको अन्तरमा नुहाइदिँदा मैलो निकाल्नका लागि मिची-मिची नुहाइदिने गरिन्छ ।

के हो साइवर प्रेम ?

धेरै मानिसहरु साइवर डेटिङ अर्थात साइवर प्रेममा निकै आनन्दित महशुस गर्दछन् । जब एउटा प्रेमी एउटी प्रेमिकालाई च्याट रुममा भेट्दछ । तिनीहरु एक अर्कामा हराउन पुग्दछन् र हरेक कुराकानी र भेटघाटहरुमा उनीहरु यति नजिक हुन्छन् कि आफ्ना साइबर पे्रमी प्रमिकालाई ‘गुड नाइट’ नभनी सुत्न सक्दैनन् ।

Tuesday, December 14, 2010

इन्टरनेट सेवाग्राहीको भीड

इलाम/ नेपाल टेलिकमले पि्रपेड मोबाइल सिमकार्डबाट इन्टरनेट सुविधा सञ्चालन गरेपछि त्यस्तो सेवा लिने बढेका छन् ।

Sunday, December 12, 2010

के हो ? माया प्रेम जीवन र जगत अनि चेतना

 माया अथवा प्रेम यही नै हो भनी निक्र्योलित एउटै मात्र परिभाषा अहिलेसम्म कुनै पनि दार्शनीकहरुले, बैज्ञानिकहरुले, कविहरुले, उपन्यासकारहरुले, कथाकारहरुले दिएका छैनन् । त्यी सबैका आ–आफ्नै खालका आ–आफ्नै विचारमा मायाका परिभाषाहरु दिएका छन । यहाँपनि मैले विभिन्न साथीभाईहरुले दिएका विचारहरु हेर्ने मौका पाए माया सम्बन्धमा । यहाँ प्रश्न कर्ता साथी दिपुजीले के कसैले माया गर्दैमा उसलाई पाउनै पर्छ भन्ने छ र ? के पाउनु मात्रै माया हो ? भनि जिज्ञासा राख्नु भएको छ ।

जागिर गुमाउनु पर्ने लेख

काठमाडौँको एउटा राष्ट्रिय दैनिकमा ‘पाठक पत्र’ का रुपमा छापिएको यो लेखले एक जना पत्रकारको जागिरै गुमेको छ। राजधानीबाटै चलेको एउटा न्युज टेलिभिजनबाट उनले यही पत्रका कारण जागिर गुमाउनु परेको हो। कस्तो रहेछ त त्यो लेख, पढ्नलाई भित्र आउनुस्। केही प्रमुख बूँदा

Friday, December 10, 2010

पेट्रोल भन्दा पानी महगो कस्तो अचम्म !!!

सुन्दा अचम्म लाग्न सक्छ, तर संसार म यस्ता पनि ठाउँ छन् जहाँ हामीले कल्पना गरे भन्दा अलग कुराहरु भैराखेको हुन्छ । गत june २९ 2008 मा म नेपाल को लेक्चर जागिर माया मारेर

(पहिले म संखुवा-सभा को बरुण बहुमुखी क्यम्पस मा पढाउँथे ) साउदी अरेबिया मा Quality Controller को काममा आइसके पछी दुनियाँको यो अनौठो मुलुक का वास्तविकता हरु सँग पारीचित हुने सौभाग्य प्राप्त भयो। हुनत मलाई सबै भन्दा मन नपर्ने देस त्यही थियो तर पनि नेपाली को बानी त्यही

Monday, December 6, 2010

कुवेतीको घरमा प्रेमिका भेट्न जाँदा नेपाली युवक पक्राउ

कुवेत सिटी, मे ०८ : कुवेतको ओमारियास्थित एक कुवेतीको घरमा आफ्नी नेपाली प्रेमिका भेट्न प्रवेश गरेको आरोपमा नाम र स्रोत नखुलाईएका एक नेपाली युवक पक्राउमा परेका छन । उनी घरमा प्रवेश गरेपश्चात कुवेती घर धनीले उनलाई घरमै बन्द गरी पुलिसलाई खबर गरिदिएको र उनको बिरुद्द आफ्नो घरमा अवैधानिक तरिकाले घुसेर आफ्नो नेपाली खदामालाई फोटो दिएको भनी कुवेतीले फरवानिया सेक्युरिटी शाखामा केस दर्ता समेत गराएको छ । तर नेपाली युवकले भनें आफु केबल फोटो र घडी नेपाली युवतीलाई दिनको निम्ती घरमा पसेको र कुनै पनि अनैतिक कार्य उनिहरुले नगरेको पुलिसलाई बयान दिएका छन ।

नेपाली दाजुभाईहरु; 
जुन भावनाले तपाईं हामी गईएको भएपनी कुवेतीको घरमा घुसी सकेपछी हाम्रो बिरुद्द एउटा मात्र नभई ३/३ वटा केसहरु, जस्तै: चोरी डकैति, अनुमती बिना घरमा प्रवेश र यौन संपर्क जस्ता लाल्छनाहरु लाग्ने भएकोले यस्तो कार्यमा संलग्न भई जीबन र ज्यानै जोखिममा नपारौं । साथै नेपाली दिदीबहिनीहरुले पनि कुवेतीको घरमा दाजुभाईहरुलाई बोलाउने काम कदापी नगरिदिनुहोस् यस्तो कार्यले सबैलाई केबल नोक्सानी मात्र पुग्ने गर्दछ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो ।

Saturday, December 4, 2010

अनाथकी आमा

इटहरीको निःसहाय बालबालिका सेवा आश्रमकी गीता गौतम सधैँ व्यस्त हुन्छिन् । उनी अहिले ३३ जना बालबालिकाको आमा हुन् । उमेरले ६० काटेकी उनको मातृत्वमा हुर्किएका एक सय ५० जना निःसहाय बालबालिका अहिले देश-विदेशमा नयाँ जीवन बिताइरहेका छन् ।
सहाराविहीन बालबालिकाको संरक्षणमा ३० वर्षदेखि आमा बन्दै आएकी अविवाहित गीता आफैँ अनाथ हुन् । धनकुटाबाट भारतको बम्बईमा काम गर्न गएका उनका बाबुको पानीजहाजमा दुर्घटना भएको थियो । बाबुको मृत्युपछि आमाको डाँकाको आक्रमणबाट मृत्यु भयो ।
पाँच वर्षकी हुँदा अनाथ बनेकी गीता बम्बईकै जलान्धरस्थित गान्धी मनित आश्रममा हुर्किएकी हुन् । सो आश्रमबाट कलाकार बनेर इन्डोनेसिया र श्रीलंका जाने अवसर पाएकी उनी ०३६ सालमा नेपाल आएकी हुन् । विभिन्न जिल्ला घुमेर इटहरीमा उनले ०३९ सालमा डेढ कठ्ठा जग्गा खरिद गरेकी थिइन् । त्यही जग्गामा आफ्नो कमाइमा ०४० सालमा एउटा छाप्रो हालेर अनाथाश्रम स्थापना गरेकी हुन् ।
०४४ सालमा आश्रम दर्ता गरेर करिब डेढ सय बालबालिकालाई हुर्काइसकेको बताउँदै गीताले भनिन्, 'धैरैले राम्रो पढेर काठमाडांै र भारतमा जागिर खाइरहेका छन् । तीनवटी छोरीले स्टाफ नर्स पास गरेका छन् ।' उनले आश्रममा हुर्किएका अनाथहरूको बिहेसमेत गरिदिएकी छिन् । '१२ वटी छोरी ५ छोराको विवाह पनि गरिदिएँ ।'
अनाथ बालबालिकाको सेवाका लागि गीतालाई जिल्लावासीले पनि सघाएका छन् । 'जिल्लावासीले जेजस्तो सक्छन्, त्यहीअनुसार सहयोग दिइरहेका छन्,' उनले भनिन्, 'पहिलेको जस्तो आश्रम सञ्चालन र बच्चा पढाउन समस्या छैन ।'
आफैँ अनाथ गीताले राष्ट्र नै आमा भएको बताइन् । 'आकाशलाई छानो मान्ने हामीलाई यही प्यारो छ,' अनाथ बालबालिकाको सेवा गर्नु नै जीवनको आनन्द रहेको ठान्ने उनले सुनाइन्, 'सबैभन्दा ठूलो आनन्द बच्चाहरूको पेट भर्नु, पढाउनु र ओभानोमा सुताउन पाउनु हो ।' समाज सेवालाई धर्म मानेकी उनी धनी र गरिबबीचको विभेद चिर्नुपर्ने बताउँछिन् । महिला पनि पुरुषसमान भएको गीताको भनाइ छ । तर, कागज र भाषणमा मात्र महिला समान हुन् भनेर नपुग्ने उनले बताइन् । 'व्यवहारमै पुरुषसरह राज्यको हरेक अंगमा महिला सहभागिता हुनुपर्छ,' उनले भनिन् । तर, महिला र पुरुष समान रूपमा एक भएर अगाडि बढ्ने हो भने मुलुकको विकास सम्भव हुने उनको तर्क छ । 'एकता भएपछि मात्र बल हुन्छ,' उनले थपिन् ।

Thursday, December 2, 2010

खगेन्द्र लिम्बु का रचना हरु

भीरैमा पलाएँ भीरैमा फुलुँ कि !  सुहाए मायाको शिरैमा फुलुँ कि !!छाँगामा सपना बगाई जाने !  गो'दुखेरै भए नि तीरैमा फुलुँ कि !!चिहानै नपुग्ने माटो नि बगी गो' ! कमल भएर क्षीरैमा फुलुँ कि !!कहिले आंधी

सुनसरीमा एड्सबाट २९ को मृत्यु

इनरुवा, मंसिर १६ - सुनसरीमा  एचआईभी एड्सको कारण हाल सम्म २९ जनाको मृत्यु भएको छ ।
सरकारले एड्सबाट बच्नका लागि विभिन्न कार्यक्रम ल्याए पनि कार्यक्रमहरु प्रभावकारी हुन नसकेको कारण मृत्यु हुनेको संख्या बढदै गएको हो । सुनसरीमा हाल ६ सय ८३ जना  एचआईभी र एड्स पीडित रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । जिल्लामा ३२ जना बालबालीकाहरु एचआईभी र एड्सबाट संक्रमीत रहेको तथ्यांकमा उल्लेख रहेको छ । विशेष गरी १५ देखी २४ वर्ष उमेर समूहका युवाहरुमा  एचआईभी एड्सको संक्रमण देखीएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Monday, November 29, 2010

साबधान facebook मा फस्दैछन् वयस्क दम्पती

फेस-बुक इन्टरनेटको दुनियामा बहुप्रचलित साचारमाध्यम हो भन्नेमा कसैको दुई मत छैन । सामाजिक सम्बन्ध विकासका लागि भन्ने लक्ष्यका साथ अगाडि आएको यस माध्यमले वास्तबमै अपूर्व योगदान दिइरहेको पनि छ । सर्वेक्षणले के देखाएको छ भने ६० वर्ष उमेर नाघेका व्यक्तिहरु पनि फेस-बुकका सदस्य छन् । यद्यपि जति बढी किशोर-किशोरी र युवा यस माध्यममा लागेका छन् त्यति वयस्कहरु छैनन् । खासगरी ४० नाघेका व्यक्तिहरुको सदस्य संख्या क्रमशः घट्दै गएको फेस-बुककै सर्वेक्षणले देखाएको छ । तर संख्या अनुपातिक रुपमा कम मात्र भएको हो तर वयस्कहरुको संख्या पनि करोडौंमा हुनुपर्छ ।
यस लेखकले फेस-बुक हेर्दै जादा स्कुल पढ्दाका पुराना साथीहरु पनि फेला पारेको छ । साथीका साथी र उनीहरुका पनि साथी खोज्दै जाने र कसैको नाम Search bar मा टाइप हानेर खोज्ने हो भने तस्वीरसहित ती व्यक्तिहरु देखिने भएका कारण यसको आकर्षण अद्वितीय बन्न पुगेको हो । किनभने यस प्रकारको सुविधा अन्यत्र कुनै इन्टरनेट माध्यममा पाइँदैन । त्यसैले यसले फुस्रदको समय फेस-बुकमा बिताउने गरेको छ ।
दशकौं नभेटेका पुराना साथीहरु हसिलो अनुहारमा परिवारसहित आफ्नै कम्प्युटरको पर्दामा प्रकट हुँदा रमाइलो लाग्नु अस्वाभाविक पनि होइन । जसलाई चाह्यो उसलाई मेसेजु पठाउन पनि मिल्ने भएका कारण स्वतन्त्रता र अवसर दुवैका दृष्टिकोणले यसको महिमा उच्च हुन पुगेको हो ।
लामा-लामा भिडियो चित्र र फोटो एल्बमहरु समावेश गर्न सकिने सुविधाका कारण प्राविधिक रुपले पनि यो निक्कै उचाइमा रहेको प्रष्ट हुन्छ । संसारमा प्राकृतिक नियम के छ भने जुन वस्तुका सकारात्मक गुणहरु बढी हुन्छन् त्यसका नकारात्मक विशेषता पनि कम हुँदैनन् । जस्तो हालैको एक पीडादायक घटना म यहाँ उल्लेख गर्न लागिरहेको छु । कुरा के भने क्यालिफोर्नियाको बर्कली नगरमा बस्ने मेरा एक साथी केही दिनयता निकै विरक्त देखिन्थे । अनिदा आँखाहरु टोलाइरहने बानी र कामबाट घर फर्किदा गरौं शरीर बनाउने उनको व्ववहार मलाई अनौठो लाग्यो । सानो परिवार सुखी परिवारका धनी उनी किन घरपरिवारप्रति विरक्त भएका हुन् भनेर मैले बुझ्न चाहेँ । कसैको व्यक्तिगत मामिलामा चियो-चर्चो गर्ने बानी त मेरो छैन तर एक नेपालीलाई परेको समस्या समाधानमा अर्को नेपालीले योगदान दिन मिल्ने अवस्था छ भने चुप लागेर बस्ने पनि मेरो स्वभाव होइन । त्यसैले मैले आफैंले काम गर्ने रेष्टुरामा उनलाई खाजा खाने निम्ता दिएँ ।
मित्रले विस्तारै आफ्नो व्यथाको पोको खोले । उनी श्रीमती सहितको सयन कक्ष छोडेर १०-१२ दिनदेखि बैठक कोठामा सुत्न थालेका रहेछन् । कारण अरु केही नभएर फेस-बुक नै देखियो । कुरा के परेछ भने करिब ६ महिना अघिदेखि श्रीमतीले स्कुल पढ्दाको पुरुष साथी फेस-बुकमा भेटिछन् । भेट्नु के थियो पहिलो प्रेम पुरानो सम्बन्ध ताजा भएर आइहाल्यो । लामो-लामो समयसम्म च्याट हुने र फोनमा पनि कुरा चल्ने अवस्था आयो । श्रीमतीको पुरुष साथी नेपालमै रहेकोले फोनमा वार्ता गर्न भने त्यति सहज थिएन । तापनि अमेरिकामा श्रीमतीको राम्रो जागिर भएको र नेपालमा आइ-कलको सुविधा रहेको कारण एक आपसको बोली सुनेरै किशोर अवस्थाको प्रेम ताजा बनाउन सकिन्थ्यो । तर समस्या के थियो भने दुवैका लागि बार्ता गर्ने अनुकूल वातावरण । घरमा छोराछोरी समेत भएका दुई परिवारका वयस्कहरु प्रणयमा गाँसिन नैतिक सङ्कट पर्नसक्थ्यो ।
अन्ततः सङ्कट पर्यो नै । कक्षा ८ मा पढ्दादेखि सुरु भएको प्रेम स्नातक गर्दासम्म निकै परिपक्क भैसकेको रहेछ । पिकनिक पार्क बजार भ्रमण यात्रा भोज साँस्कृतिक कार्यक्रम आदि पार गरिसकेको पहिलो प्रेम परिबन्दले विवाहमा परिणत हुन सकेको रहेनछ । श्रीमतीले आफ्ना दुई छोरा पाएर पनि आजसम्म पहिलो प्रेमीलाई नै बढी चाहेको उसले बुझियो । अन्ततः श्रीमान् श्रीमती एकै छत मुनि रहेर पनि बेग्लै कोठामा रात विताउन थाले ।
साथीको सबै कथा सुनेपछि मेरो ध्यान उनको उमेरमा गयो । ४० बसन्त काटिसकेका ती साथीले सम्बन्ध विच्छेद गरेभने आउने परिणामप्रति म गम्भीर भएँ । यस उमेरमा नेपालमा रहेको Boy Friend लाई माया गरेर उनकी श्रीमतीले के पाउने हुन् दुवै परिवारका छोराछोरीको मानसिकतामा कस्तो असर पर्ने हो भन्ने कुराप्रति म गम्भीर भएँ । मैले सोधें अब के गर्नुहुन्छ त मित्र मैले प्रश्न गरिरहदा आफ्ना विद्यालयका केटीसाथीहरु शर्मिला विजया रुपा रमिलाहरुलाई सम्झें । उनीहरुलाई कसले बढी प्रभाव पार्ने भनेर हामी केटाहरुमा एक प्रकारको प्रतिस्पर्धा हुन्थ्यो । उनीहरुमध्ये कसैले यो उमेरमा आएर मलाई आई लभ यू भनी भने नेपाली परिवेशलाई समेत ख्याल गर्दै मैले आई यम सरी भन्नैपर्छ । यो उमेरमा मैले यौनजन्य प्रेममा होइन समाजसेवा देशभक्ति लेखन कलाकारिता आदिमा केही गर्न सक्नुपर्छ । छोराछोरीलाई असल बाटो देखाउनु मेरो प्राथमिकतामा पर्नुपर्छ । मन परेकी केटी पाएँ भनेर यो उमेरमा बहकिदा दरबारमा आगो लाग्दा बाँसुरी बजाउने मुर्ख राजाको नक्कल हुन जान्छ ।
मैले साथीलाई यति भने मरुभूमिमा कुनै बनस्पतिको विरुवा उमिरयो भनेर चिन्तित हुनु पर्दैन किनभने त्यो ठूलो बृक्ष बन्नै सक्तैन । ठूलो वृक्ष बन्नका लागि चाहिने तत्व मरुभूमिमा हुदैन ।साथीलाई त मैले सुझाव दिएँ तर यसरी अन्य कति बयस्क जोडीलाई फेस-बुकले चुनौती दिइरहेको होला भनेर ऊ गएपछि पनि म गम्भीर बनि रहें ।

प्रेममा धोका दिन सिकाउने साइट

प्रेममा सबै कुरा जायज छ, धोका पनि । यो हामी भनिरहेका छैनौ, यो कुरा एउटा अनलाइट बताइरहेको छ। जुन साइटले विवाहित जोडीलाई आफ्नो साथीलाई धोका दिने सूत्रहरु सिकाइरहेको छ।इन्टरनेटमा डेटिङ्ग साइट त अनगिन्ती छन् तर अब यस्तो साइट पनि आएको छ कि जसले मानिसलाई आफ्नो साथीलाई धोका दिएर अन्य मानिससँग अफेयर सुरु गर्न प्रेरित गरिरहेको छ।
यस्तै एउटा साइट एशलेमैडिसिन डट कम संचालन गर्ने नोएल बिडरमैन दावी गर्छन् मेरो साइटमा ५० लाख पाठक रजिस्टर्ड छन् । उनले आफ्नो साइटको विज्ञापन गर्नका लागि भनेको छ, जिन्दगी छोटो छ, प्रेम गर । तर आफ्नो साथीलाई धोका दिनका लागि बिडरमैनको साइट मात्र छैन । यस्ता हजारौ वेभसाइट छन् जसले मानिसलाई आफ्नो जीवनसाथीलाई धोका दिन प्रेरित गरिरहेका छन् ।
पहिलापहिला विवाहपछि सम्बन्ध बन्ने गर्दथ्यो । श्रीमतिहरु शर्टको कलरमा लिपिस्टिक देखेर श्रीमानमाथि शंका गर्दथे । तर अब अफेयर इन्टरनेटमा सुरु हुन्छ, मानिसलाई आफ्नो साथीलाई धोका दिने पुरा स्वतन्त्रता छ।
कैयौ वेभसाइट जस्तो कि मिटटुची डट कम (meet2cheat.com.au), अफेयर क्लव डट कम (affairsclub.com), लेनलीहाउसवाइब्स डट कम (lonelyhousewives.com) आदि साइट त विशेष गरी धोका दिनका लागि नै निर्माण गरिएको हो ।वेभसाइटको माभ्यमबाट धोका दिने नयाँ चलन निकै प्रचलित हुँदै गएको छ। घरमा बोर भइरहेका महिलाहरु अब श्रीमान आउने प्रतिक्षा गर्दैनन् । इन्टरनेटमा नयाँ साथीको खोजी गर्दछन् । अस्ट्रेलिया र पश्चिमा मुलुकहरुमा त यो चलन आम भइसकेको छ। धन्य हाम्रो नेपालजस्तो मुलुकमा यस प्रकारको धोकाधमी सुरु भइसकेको छैन ।

मन्दिरमा प्रेमालाप

मन्दिर आफँैमा पवित्र शब्द हो। बिहानदेखि बेलुकासम्म मन्दिरमा भक्तजनहरूको भीड लाग्नुपर्ने हो। तर, हिजोआज काठमाडौँका सबैजसो मन्दिर परसिरमा भक्तजनहरूको होइन, प्रेमजोडीहरूको भीड लाग्ने गरेको छ। उदाहरणका रूपमा बत्तीसपुतलीको कुमारी मन्दिरलाई लिन सकिन्छ। यहाँ हरेक दिन असंख्य जोडीले प्रेमालाप गर्छन्। कोही ओठमा ओठ मिलाएर बसेका पाइन्छन् भने कोही मन्दिरछेउको बाँसघारीमा प्रेममा मग्न हुन्छन्। मन्दिरका पुजारीको आफ्नै व्यथा छ। शान्तिराम मिश्रको भनाइ पत्याउने हो भने सम्झाउन खोज्दा युगल जोडी उल्टै जाइलाग्छन रे! विभिन्न कलेजका पोसाकमै भेटिने यस्ता जोडीलाई राजधानीका रेस्टुराँहरूको महँगाइले पनि रन्काएको रहेछ। मन्दिरमा भेटिएका एक जोडीसँग कुरा गर्दा थाहा भयो कि रेस्टुराँमा पैसाको पनि नाश, त्यसमाथि चाहेजसरी गफ गर्न पनि नपाइने। यसरी ठाउँकुठाउँमा प्रेमदृश्य देखिन थालेपछि मन्दिरमा चाहिँ भक्तजनहरू घटेका रहेछन्।

Sunday, November 28, 2010

राजेशपायल र सविन वर्षकै उत्कृष्ट

सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम-
कान्तिपुर एफएमले हरेक वर्ष आफ्नो वाषिर्कोत्सवको अवसर पारी आयाजना गर्ने ‘म्यूजिक अनर’ को १२औं श्रृङ्खलामा आधुनिक गायनतर्फ राजेशपायल राई र पप गायनतर्फ सविन राईले अवार्ड हात पारेका छन्। कान्तिपुर एफएमले वर्षभरी सबैभन्दा बढी गीत बजेको आधारमा उक्त अवार्ड दिँदै आएको छ।
गायक पायलले उक्त अवार्ड गत वर्षपनि हात पारेका थिए भने सविनले पहिलो पल्ट अवार्ड हात पारेका हुन्। सविनले रंगमञ्चको रंगबाट सर्वोत्कृष्ट एल्बमको अवार्डसमेत हात पारेका थिए।
त्यस्तै आधुनिक गायिकामा अञ्जु पन्त, पप गायिकामा आस्था तामाङ मास्के, ब्याण्डमा १९७४ ए.डी., संगीतकर्म महेश खड्का र गीतकर्म कृष्णहरी बराल र दोहोरीमा रामजी खाँड ठकुरीले अवार्ड हात पारेका छन्।
शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा लाइभ टाइम एचिभमेन्टद्वारा वरिष्ठ संगीतकार चन्द्रराज शर्मालाई २५ हजार नगदसहित सम्मानित गरिएको थियो।

Friday, November 26, 2010

युएईको जेलमा ५६ जना नेपाली

पैसा कमाएर आफ्नो घरपरिवारलाई सुखी र खुसी बनाउने मीठो सपना बोकेर खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ५६ जना नेपाली विभिन्न आरोपमा त्यहाँका विभिन्न जेलमा कैदी जीवन बिताइरहेका छन्, जसमध्ये एक नेपालीलाई त्यहाँको अदालतले हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ ।

मृत्युदण्डको सजाय पाउने दार्चुलाका अमरबहादुर बम हुन् भने अन्य कैदी जीवन बिताउने नेपालीका बारेमा अहिलेसम्म घरमा आधिकारिक जानकारी नदिइएकाले उनीह रूको घर ठेगाना खुलाइएको छैन ।

सन् २००३ मा मृत्युदण्डको सजाय सुनाइएका बमका विषयमा भने उनका घर-परिवारका सबैलाई आधिकारिक जानकारी गराइएकाले अहिले उनको सजाय छुटका लागि  युएईस्थित सामाजिक संघसंस्था तथा दूतावास मिलेर अघि बढ्ने सुरमा छन् ।

एक भारतीय नागरिकको हत्या प्रकरणमा आरोपित बमले आफू निर्दोष भएको र उद्धारका लागि पहल गर्न नेपाली दूतावास अबुधाबीमा निवेदन दिएको बताइन्छ । उक्त निवेदनका आधारमा कानुनी प्रक्रियाका लागि पहल गर्न आवश्यक सहयोग गरिदिन नेपाली दूतावास अबुधाबीले परराष्ट्र मन्त्रालयमा पत्रसमेत पठाइसकेको तर अहिलेसम्म  परराष्ट्र मन्त्रालयबाट कुनै जवाफ नआएको दूतावास सूत्रको भनाइ छ ।

युएईका विभिन्न जेलमा रहेका नेपालीहरूका बारेमा बाहिर नखुलाइए पनि ५६ जना नेपाली जेल सजाय भोगिरहेको युएईका लागि राजदूत अर्जुनबहादुर थापाले जानकारी दिएका छन् । पर्यटकीय भिसामा जसरी हुन्छ विदेश जाने, जे-जस्तो परे पनि गरौंला भन्ने मनसाय लिएर युवाहरू बिदेसिएको देखिन्छ । वैदेशिक रोजगारीमा विशेष गरी  खाडी मुलुकहरूमा नेपालीहरू सजिलै पुग्न सक्छन् । थोरै लगानीमा धेरै कमाउने उद्देश्य लिएका कतिपय नेपालीले विदेश छिरेको दुई-चार वर्षमै घर परिवारभन्दा पनि  मोजमस्तीतिरै रम्न थालेको देखिन्छ । त्यस्तै छुट्टीका दिनहरूमा साथीहरूसँग बसी मदिरा सेवन गर्ने र स्थानीय डान्स बारहरूमा धाएकै कारण उनीहरू प्रहरीको फन्दामा  पनि पर्छन् ।

स्थानीय कानुनविपरीत मदिरा सेवन गरी बहिर हिँड्ने तथा अन्य गलत कामहरूमा संलग्न भएको आरोपमा ती ५६ जना नेपाली जेल सजाय भोग्न बाध्य भएको राजदूत  थापाले जानकारी दिए ।

Tuesday, November 23, 2010

पानी-आफैमा एक औषधी

हाम्रो दैनिक जिवनमा पानीको एकदमै महत्व छ यो कुरा सबै लाई थाहा भएकै कुरा हो। पानी लाई हामी धेरै किसिमले आफ्नो दैनिक जिवनमा प्रयोग गर्ने गर्दछौं। अहिले जापान जस्तो विकशित देशमा समेत पानीलाई विभिन्न रोगको उपचारमा प्रयोग गर्ने गरिन्छ र पानीले धेरै रोगहरु निको समेत पारेको छ। पानीलाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्दछ र थाहा भएमा पनि कसरी प्रयोग गर्ने भन्ने बारेमा धेरै लाई थाहा हुदैन। त्यसैले पानीलाई औषधीको रुपमा कसरी प्रयोग गर्न सकिन्छ यस बारे केही जानकारी तल दिईएको छ।

-बिहान उठने बित्तिकै दाँत नमाझिकन 600ml पानी पिउनु होस।

-त्यसपछी दाँत माझ्नुहोस र मुख सफा गर्नु होस अनि ४५ मिनेट सम्म खाली पेट बस्नु होस र त्यस समयमा पनी पनि नपिउनु होस।

-४५ मिनेट पछि सामान्य रुपमा खाना खान सकिन्छ।

-बिहानको खानाको १५ मिनेट पछी २ घन्टा सम्म अन्य खानेकुरा पनि नखानुहोस र थप पानी पनि नपिउनुहोस।

-धेरै बिरामी र अशक्त हरुले थोरै बाट पानीको मात्र बढाउन सकिन्छ।
यसरी नियमित पानी पिउने गरेमा निम्न समयमा निम्न रोगहरुलाई निकै नै फाईदा पुग्दछ।
1.. High Blood Pressure - 30 days
2.. Gastric - 10 days
3.. Diabetes - 30 days
4.. Constipation - 10 days
5.. Cancer - 180 days
6.. TB - 90 days
-तर Arthritis का बिरामीहरुले पहिलो पटक माथीको प्रक्रिया गर्दा पहिलो हप्ता ३ दिन मात्र गर्नु पर्दछ भने त्यस पछी सामान्य तरिकाले गर्न सकिन्छ।

-यस प्रक्रियाको कुनै side effect छैन र शुरु-शुरुमा अलि बढी पिसाब लागे पनि पछी यसले तपाइको स्वस्थ जिवन बनाउन यसले धेरै सहयोग पुर्याउँछ। यसरी जापान र चिनमा रोगीहरुको उपचार सफलता पूर्वक गर्ने गरीन्छ।

Saturday, November 13, 2010

भोकाएको पेट अघाएको जिन्दगी

थुइया s s s ! गुनासोहरुले भरिएको साला जिन्दगी ! कति गर्नु आफ्नो गुनासो आफै सँग ! हुने जे छ त्यहि हो तर गुनासो कहिले नी सकिदैन ! आत्म असन्तुष्टी या भलै आफ्नो चित चाही कहिले नी नबुझ्ने भन्या ! कहिले यस्तो भएन , उस्तो भएन ! आज यो छैन भोलि उ त्यो हुन्न ! सोच्दा नी रना चल्छ ! नसोची बसौ भन्दा पनि यो खाली मगज शैतानको बास भन्छन ! भेल आएको जस्तो कुरा पनि कति आउने कति !

तातो चियासँग सचेत रहौँ

सामान्यतया धेरै मानिस तातो चिया पिउँछन् । तपाईंको बानी पनि यस्तै छ भने सावधान हुनुहोस् । तातो चियाको मीठो चुस्कीले घाँटीको क्यान्सर निम्त्याउन सक्छ । हालै मात्र ब्रिटिस मेडिकल जर्नलमा छापिएको एक अध्ययनले तातो चिया खाने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठगुणा बढी रहेको तथ्य देखाएको छ । अनुसन्धान अनुसार तातो चियाले घाँटीको कोमल तन्तुमा असर गर्छ ।
चिया पाक्ने बित्तिकै पिउने मानिसमा ४ अथवा ५ मिनेटपछि पिउने मानिसको तुलनामा क्यान्सरको खतरा पाँचगुणा बढी हुन्छ । अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन करिब ५० हजार मानिसमा गरिएको हो । विशेषज्ञहरूकाअनुसार चिया कपमा हालेको दस मिनेटपछि पिउनुपर्छ

चाँदनी शाह दरबारमा फुलेकी थिइन्


धर्ती भई एकचोटि सही हेर अरूले कुल्चेको
आगो भई एकचोटि बली हेर अरूले तापेको ।
कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै बेहोरा कल्पना गर्नमा निक्कै भिन्नता हुन्छ । राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ ।
रानी ऐर्श्र्यबाट चाँदनी शाहको नाउँद्वारा साहित्यको सृजना हुने गथ्र्यो । त्यसैले पनि ‘चाँदनी शाहका रचना’ (गीतिकवितासङ्ग्रह : २०४३) नेपाली जनजीवनमा चर्चित भयो । कवयित्री शाहका काव्यमा नेपाली जनजीवनको टड्कारो प्रतिविम्ब पाइन्छ । शाहका प्रायः सम्पूर्ण गीतिकविताहरू तारादेवीद्वारा गाइएका छन् भने अधिकांश गीतहरू नातिकाजीद्वारा सङ्गीतबद्ध भएका छन् । चाँदनी शाहका गीत नारायणगोपाल, शिवशङ्कर, तारा थापा, मिलन चँखू, आनन्द कार्की र कुन्ती मोक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मोक्तानका सङ्गीत पनि परिसकेका छन् । उनका रचनाको विविध भाषामा अनुवाद भएको छ भने प्रतिनिधि नेपाली साहित्यकारका समीक्षामा आधारित नरेन्द्रराज प्रसाईको सम्पादनमा ‘चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश’ (२०४३) नामक बृहत् समालोचनात्मक ग्रन्थ पनि प्रकाशित भएको छ ।
कविराजा म.वी.वि. शाहकी पुत्रबधू चाँदनी शाहलाई पनि नेपाली साहित्यिक धरातलमा पाउनाले नेपाली माटोमा गौरवको एउटा अर्को घटना पनि थपिएको मानिन्छ ।

२५ प्रतिशत बिद्युत महसुल बढाउने तयारीः उर्जा राज्यमन्त्री

बुटवल। उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले कायम रहेको बिद्युत महशुलमा २५ प्रतिशतसम्म महशुल बढाउने तयारी भइरहेको बताउनुभएको छ ।
उहाँले बिभिन्न कारणबाट भइरहेको विद्युत चुहावट रोक्न सकेमा लोडसेडिङको मार खेप्न नपर्ने बताउनुभभयो । रिर्पोटर्स क्लब लुम्बिनीले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले अहिले भैरहेको २६ प्रतिशत विद्युत चुहावट रोक्न सरकार लागिपरेको भएपनि कतिपय जिल्लाका सरकारी निकायले नै सक्रियता नदेखाएको भन्दै उहाँले नागरिकलाई चुहावट रोक्न सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले कर्मचारीको लापर्बाहीका कारण बक्यौता उठ्न नसकेको बताउनुभयो । राज्यमन्त्री भट्टराईले राजनीतिक गतिरोधका कारण देशको प्रशासनिक क्षेत्र पनि अस्तव्यस्त भएको बताउँदै माओवादीले नाजायज अडान त्यागेमा सहमति हुने विश्वास ब्यक्त गर्नुभयो ।

Wednesday, November 10, 2010

साढे २ रुपैयाँमै एनसेलबाट भिडियो कल

काठमाडौं - एनसेलले भिडियो कल गर्दा मिनेटको एक रुपैयाँ ९९ पैसामात्र लिने भएको छ। दूरसञ्चार प्राधिकरणले एनसेलले लिने भिडियो कलको महसुल दर स्वीकृत गरेको हो।
एनसेलका थ्रीजी ग्राहकले करसमेत दुई रुपैयाँ ४७ पैसामा भिडियो कल गर्न सक्नेछन्। एनसेलले कुराकानीमात्र गर्न सकिने भ्वाइस कल र भिडियो कलको महसुल एउटै राखेको छ। पोस्टपेड र प्रिपेड दुवै प्रकारको मोबाइलमा एउटै महसुल लाग्नेछ।

यो महसुल एनसेलको आफ्नै नेटवर्कमा मात्र हुनेछ। एनसेलको नेटवर्कबाट टेलिकमको नेटवर्कमा कुराकानी गर्न सकिए पनि भिडियो कल भने तत्काललाई नजाने एनसेलका एक अधिकारीले जानकारी दिए।

'एनसेललाई भिडियो कलको करबाहेक प्रतिमिनेट एक रुपैयाँ ९९ पैसामात्र ग्राहकसँग लिन पाउने गरी महसुल स्वीकृत गरेका छौं,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने।

अहिले एनसेल चलाइरहेका ग्राहकले एसएमएस गरेपछि भिडियो कल सेवा एक्टिभेट गरिदिने भएको छ। नयाँ सिमकार्ड लिन चाहने ग्राहकले भने सुरुमै भिडियो कलको सुविधा पाउँछन्।

भिडियो कुराकानी गर्न कल गर्ने र रिसिभ गर्ने दुवैले यो सुविधा लिएको हुनुपर्छ। दुवै प्रयोगकर्तासँग भिडियो कुराकानी गर्न सक्ने सेट हुन आवश्यक हुन्छ। एनसेलले देशका ठूला १० सहरहरुमा भिडियो कल गर्न सकिने गरी थ्रीजी सेवा विस्तार गरेको छ। यसको साथै सगरमाथा क्षेत्रमा थ्रीजी सेवा सुरु गरेको छ।

एनसेलले भिडियो कल सुरु गरे पनि अहिलेसम्म ग्राहकलाई घोषित रुपमा यो सेवा उपलब्ध गराइसकेको थिएन। भिडियो कल थि्रजी अन्तर्गतकै एउटा सेवा हो। दुई साता अघि सगरमाथाको आधारशिविरबाट एनसेलले भिडियो कल सेवा उद्घाटन गरेको थियो। प्राधिकरण सञ्चालक समितिको गत बिहीबारको बैठकले महसुल स्वीकृत गरेको हो।

नेपाल टेलिकमले झन्डै तीन वर्षदेखि भिडियो कल सेवा सुरु गरिसकेको छ। टेलिकमले पोस्टपेड र प्रिपेड मोबाइलको लागि छुट्टाछुट्टै महसुल लिइरहेको छ। एनसेलले पोस्टपेड मोबाइलमा चार रुपैयाँ र प्रिपेडमा पाँच रुपैयाँ करबाहेक महसुल लिइरहेको छ।

थ्रीजी मोबाइलमा उच्च गतिको इन्टरनेट सेवा पनि चल्छ। अहिले एनसेलका ३७ लाख ग्राहक पुगेका छन्।
दुई वर्षअघि युरोपको टेलिया सोनेराले ८० प्रतिशत सेयर लिए पनि आक्रामक रुपमा ग्राहक बढाउन लागेको एनसेलले एक वर्षभित्र सातअर्ब रुपैयाँ लगानी गरेर ७५ जिल्लामा सेवा पुर्‍याउने योजना घोषणा गरेको छ।

Monday, November 8, 2010

नारी र पुरुष एक रथका दुई पाङ्ग्रा

जगतको सृष्टि सँगै पृथ्बीमा सबै प्राणीहरुलाई एक अर्काको (जननी र मर्द) मायाको संगममा बाधी ईश्वरले उत्पति गर्नु भएको थियो त्यस मध्ये मानिस चेतनशील प्राणीमा पर्दछ भन्ने कुरा हामीलाई थाह नै छ ! परापुर्ब काल देखि नै हामीले नारी र पुरुष बीचको सम्बन्ध कथा र पुराणहरुमा सुन्दै पनि आईरहेकाछौ ! भनिन्छ'' नारी

स्वस्थ यौन सम्पर्कले दाम्पत्य जीवन सुखद बनाउछ

स्वस्थ यौन संपर्क दाम्पत्य जीवनमा खुशीयाली ल्याउन महत्वपूर्ण भूभिका निर्वाह गर्दछ । यदि सेक्स सम्वन्ध आपसमा राम्रो छ भने व्यवहारिक सम्वन्धपनि राम्रो हुन्छ । तर स्वस्थ यौन सम्पर्कको अभावमा जीवनमा रुखोपन आउन सक्छ । साथै यहि नै दाम्पत्य जीवनमा तनावको मूख्य कारणपनि बन्न सक्छ । दाम्पत्य जीवनलाई सुखद बनाउनका निम्ति यहां केहि उपायहरु
प्रस्तुत गरिएको छ जस्ले सेक्सलाई अझ बढी रोचक र आनन्दमय बनाउन सहयोग पुग्दछ ।
यौन सहवास पूर्व शरीरलाई बुझ्नु जरुरी हुन्छ । किनकि सहवास शरीरको अनुकूलतामा नै

औलामा पाईने चक्रको फल

औलाहरूको र औठाको टुप्पोमा जुन भुमरी झै घुमेको हुन्छ त्यसलाई चक्र भनिन्छ । जुन व्यक्तिको औंलामा यस्तो प्रकारको चक्र छ भने जातकको धार्मिक प्रवृत्तिको र धर्ममा जोडिएको कार्यमा विशेष रुचि हुन्छ । साथै ऐर्श्वर्यद्वारा पर्ूण्ा, उत्तमजीवन विताउँदछन् । यस्ता व्यक्तिहरू रहस्यमय, व्यवहारिक विचार बला बनाउनुको साथै अनुसन्धान र नयाँ विचारको जन्म दिनेखालको हुन्छन् ।
चक्रको औला अनुसार फलः-
१)औठामा चक्र छ भनेः-जातकलाई पैत्रृक सम्पत्तिको सुख मिल्छ र त्यस सम्पत्तिलाई बृद्धि गर्ने हुन्छ ।यस्ता व्यक्तिहरू श्रेष्ठ गुणको स्वामी हुनुको साथै कठिन कार्य गर्नको लागि सधै तत्पर रहन्छ र ऐर्श्वर्यद्वारा पर्ूण्ा जीवन यापन गर्दछ ।
२)औठा एवम् तर्जनी औलामा चक्र भएमाः-जातकले समाजमा धन, यश, सम्मान प्राप्त गर्दछन् र प्रत्येक इच्छा पर्ूण्ा हुन्छ ।
३र्)तर्जनी औलाको अग्रभागमा चक्र छ भनेः-जुन व्यक्तिको औलामा यस्तो चिन्ह छ त्यस व्यक्तिले माता- पिता, भाई बन्धुद्वारा धन सम्पत्ति प्राप्त गर्दछ । व्यवसायी, राजनेता, चिकित्सक यस श्रेणीमा पर्दछन् । जातकले कार्य कुशल एवम् इश्वरमा आस्था र विश्वास राख्नेवाला हुन्छ । तर यदि चक्र अपर्ूण्ा छ भने यसको प्रभाव विपरित हुन्छ ।
४)मध्यमा औलाको टुप्पोमा चक्र भएमाः-जातकलाई धार्मिक कार्यद्वारा धनलाभ गर्नुका साथै धार्मिक नेता या पुजारी हुन्छ ।
५)अनामिका औलामा चक्र छ भनेः-त्यस्ता व्यक्तिलाई आफ्नो मित्र वगद्वारा धनलाभ हुनुका साथै व्यापारबाट लाभान्वित हुन्छ ।
६)अनामिका एवम् तर्जनी औलामा चक्र भएमाः-जातक व्यवहारिक एवम् स्नेहशील हुन्छ ।
७)कनिष्ठ - कान्छी ) औलामा चक्र छ भनेः-यस्ता व्यक्तिहरूले आफ्नो व्यवसायद्वारा धन प्राप्ति गर्दछन् । जातक शास्त्रको ज्ञाता हुनुको साथै लेखन कार्यमा निपुण हुन्छन् । यदि सम्पर्ूण्ा औलाहरूको टुप्पोमा चक्र छ भने जातकलाई भाग्यशाली, यशस्वी एवम् वाकपटु र सुखी बनाउँदछ । यदि चन्द्र पर्वतमा चक्रको चिन्ह छ भनेः-जातक जातिकालाई पानीमा डुब्ने वा पानीको भय र अत्याधिक टाउको दुःख्ने समस्ायले जीवनभरि सताईरहन्छ ।
चक्र संख्या अनुसारको फलः-
१)एक चक्र भएमाः-जातक वीर, सुखीजिवन विताउनुका साथै चातर्ुययुक्त
२ंर्)दई चक्र छ भनेः-अति सुन्दर र सम्मानित व्यक्ति
३)तीन चक्र भएमाः-धनी, विलासी
४)चार चक्र छ भनेः-धनहीनता, दर्रि्र
५)पाँच चक्र भएमाः-सुखको उपभोग र ज्ञानी
६)छ चक्र भएको छ भनेः-काम भावनामा तृप्ति वा सन्तुष्टि, दक्ष
७)सात चक्र छ भनेः-सदाचारी लेक, वनजंगल र पहाडी क्षेत्रमा घुम्न मन पराउनेवाला ।
८)आठ चक्र भएमाः-विमारबाट कस्ट, दर्रि्र
९)नौ चक्र छ भनेः-सौभाग्यशाली
१०)दश चक्र भएमाः-आत्म ज्ञानी र महावली प्रभु हुन्छन् ।

Sunday, November 7, 2010

भाइ तिहार (भाइ टीका)

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ ।
भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरुको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन्

औंसी बारो गाइ तिहार भैलो (व्यंग्य कविता)

भैलीनी आइन आंगन आफ्नो संस्क्रिती बचाउन
औंसी बारो गाई तिहार भैलो
लाउने भए दौरा सुरुवाल लाउ
नलाउने नेता आफ्नै मावला घरतिर जाउ
औंसी बारो गाई तिहार भैलो

बर्ष दिनको यो चाड, हाम्रो संस्क्रिती हाम्रो पहिचान
नेपाली भाषा नेपाली भेष प्राण भन्दा हामीलाई छ प्यारो
बोल्ने भए नेपाली बोल नबोल्ने नेता दक्षिण तिर लाग
औंसी बारो गाई तिहार भैलो
जसले मास्दछ संस्क्रिती उसको बिग्रदो छ मती
छाडदैनौ हामी त्यस्तालाई पती हुन कि उपराष्ट्रपती
हामी त्यसै आएनौ जनता जनार्दनले पठाएको
माग्ने भए माफि माग नत्र समाउला कठालो
औंसी बारो गाई तिहार भैलो
विश्वमा अग्लो हिमाल नेपालीको छाती बिशाल
कुर्सी दिई पालेका छौ छाडि सबै कुबिचार
सबै मिली गर नेपाल को जय जयकार
बलभद्रका सन्तान जागेमा नत्र बन्ला तिम्रो आचार
औंसी बारो गाई तिहार भैलो
(भाई टिकाको धेरै धेरै शुभ कामना सम्पूर्ण नेपाली दाई भाई दिदी बहिनीमा । तिहारमा  झिलिमिली बलेका यि दियो र बत्तिहरु सरह सबैको जीवनमा सुख र शान्तिको झलमल प्रकाश छरियोस - सागरिका)

Monday, November 1, 2010

विदेश जानेको संख्या ५२ प्रतिशतले बढ्यो

काठमाडौं, कात्तिक १५ (नागरिक)- स्वदेशमा रोजगारीको अवसर नभएपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ५२ प्रतिशतले बढेको हो।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार तीन महिनामा विदेश काम गर्न ७८ हजार ६ सय ८ जना गएका छन्। गतवर्ष सोही अवधिमा ५६ हजार ६ सय ८१ जना गएका थिए। यो अवधिमा विदेश जाने महिला र पुरुषको संख्या ६२ दशमलब ८३ र ११ दशमलब ६५ प्रतिशतले बढेको छ।

विश्व आर्थिक मन्दीका कारण दुई वर्षअघि वैदेशिक रोजगार प्रभावित भएको थियो। तर, पछिल्लो समयमा मन्दीमा आएको सुधारसँगै नेपाली जाने रोजगार गन्तब्यमा सुधार आएको छ। व्यवसायीका अनुसार मन्दीमा सुधार आएपछि कामदारको माग पनि बढेको छ। वैदेशिक रोजगारीमा सबैभन्दा बढी मलेसियामा गएका छन्। यो अवधिमा मलेसिया
जाने कामदार संख्या दोब्बर भएको छ। मलेसियाले बंगलादेशी कामदारलाई रोक लगाएका कारण नेपाली कामदारको माग बढेको हो। मलेसियाले एकवर्ष अघि कामदारबाट लिदै आएको लेभी हटाएकाले यसतर्फ थप आर्कषण बढेको व्यवसायी बताउँछन्।

विभागका अनुसार यो अवधिमा ३३ हजार २ सय ३९ जना नेपाली कामका लागि मलेसिया गएका छन्। गतवर्षको सोही अवधिमा १४ हजार ८२ जना गएका थिए। नेपालीका लागि चौथो ठूलो रोजगार गन्तब्य युनाईटेड अरब इमिरेट्स(युएई) मा ९ हजार १ सय ५२ गएका छन्। गतवर्षको सोही अवधिमा ८ हजार ९ जना कामदार युएई गएका थिए।
नेपालीका लागि अर्को आर्कषक गन्तब्य मानिएको कतार र साउदी अरब जाने नेपाली कामदारको संख्या घटेको छ। यो अवधिमा कतार ५ हजार १ सय ७१ र साउदी अरबमा १५ हजार १ सय ४९ जना गएका छन्। गतवर्ष यही अवधिमा कतारमा १२ हजार ५ सय ३६ र साउदीमा १५ हजार ९ सय ३१ जना नेपाली गएका थिए।
असोजमा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने कमी आएको छ। यो महिनामा २३ हजार ५ सय ४८ जना नेपाली रोजगार गन्तब्य मुलुकमा गएका छन्। गतवर्षको सोही अवधिमा २५ हजार ३ सय ७५ जना कामदार विदेशिएका थिए। रोजगार गन्तब्य मुलुक कतार, मलेसिया र साउदी अरबमा रमदान परेकाले कामदारको संख्या घटेको हो।
रमदानको समयमा भिसा लगायत प्रक्रिया बन्द भएकाले कामदार जान पाएका थिएनन्। कतार र मलेसियामा यो अवधिमा ५ हजार १ सय ७१ र ९ हजार ७ सय ३० जना कामदार विदेशिएका छन्। गतवर्षको सोही अवधिमा ५ हजार र १० हजार ७ सय १४ कामदार विदेशिएका छन्। साउदी अरब जाने कामदारको संख्यामा समेत कमी आएको छ। साउदी अरबमा ३ हजार ७ सय ६३ जना मात्र विदेशिएका छन्। गतवर्षको सोही अवधिमा ४ हजार ९ सय ९७ जना नेपाली कामका लागि विदेशिएका छन्।

Tuesday, October 19, 2010

गाउँघारको सुनसान दसैँ

यस वर्षको दसैँ घर-आँगनमा भित्रिसकेको छ । यो सम्पूर्ण नेपालीको कुनै न कुनै आस्थासित गाँसिएको पर्व हो । सहरबजारमा दसँैको रौनक प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । सहरमा दसैँका नाममा आफ्नो आर्थिक हैसियत प्रदर्शन गर्ने, अनावश्यक तडकभडक देखाउने र सकीनसकी होडबाजीमा उत्रनेजस्ता विसंगति जन्मिएका छन् । जसले गर्दा हुनेखाने र हुँदा खानेबीचको खाडल व्यापक फराकिलो हुँदै गएको छ ।
तर, गाउँघरमा मनाइने दसैँमा भने विगतको जस्तो रौनक देखिन्न । अहिले हाम्रा गाउँघर सुनसान छन् । कामको खोजीमा बिदेसिएका युवा उतै छन् । गाउँघरमा पहिलेजस्तो युवायुवती भेटिँदैनन् । जसले गर्दा आफ्ना छोराछोरीको पर्खाइमा रहेका बाबुआमा दसैँ आए पनि उदास छन् । बिदेसिएका बाबु फर्किने आशामा तिनका छोराछोरी बाटातिर आँखा ओछ्याइरहेका भेटिन्छन् । परदेश लागेका आफ्ना पति दसैँमा टुप्लुक्क आइपुग्ने झिनो आशामा दिन काटिरहेका छन् कैयौँ महिला । त्यसैले गाउँघरको दसैँ निकै सुनसान लाग्न थालेको छ ।
पहिले-पहिले दसैँ आउनुभन्दा केहीअघिदेखि नै गाउँघरमा दसैँको रौनक सुरु भइसक्थ्यो । दसैँका लागि गाउँभरका युवायुवती भेला भएर आ-आफ्ना गौँडा-तगारा, बिग्रेभत्केका सार्वजनिक धारा, पाटी, पौवा, बाटोघाटो आदिको मरम्मत र सरसफाइमा बडो उत्साहसाथ जुट्थे । एकप्रकारको छुट्टै जोस, जाँगर र उमंगले भरिएका युवायुवती आ-आफ्नो टोलका सामूहिक काममा बडो उत्साहले जुट्थे । तर, अहिले गाउँघरका ती गौँडा-तगारा, बाटोघाटो, सार्वजनिक पँधेरा टुहुरा बनेका छन् । अधिकांश यस्ता संरचना भत्किसकेका छन् । बाटोघाटो झाडीमा परिणत भइसकेका छन् । अधिकांश सार्वजनिक पँधेराबाट पानी झर्दैन । किनकि, यिनले कम्तीमा पनि वर्षको एकपटक मात्रै भए दसैँका नाममा सरसफाइ र मरम्मत-सुधार गर्ने जोसिला युवा हात र जाँगर देख्न नपाएको नै वर्षौं भइसक्यो ।

गाउँघरमा मनाइने दसैँको मुख्य आकर्षण भनेको चौतारामा हालिने लठारेपिङ र खुला चौरमा हालिने लिंगेपिङ पनि हुन् । लिंगेपिङ हाल्न बाँसको लिंगा काट्ने र बोक्ने काम कम्ती रमाइलो हुन्नथ्यो । तर, अहिले बाँसका मोटा-मोटा लिंगा बोक्न
बलियाबांगा युवाको गाउँघरमा खडेरी छ । लिंगेपिङका लागि लठारो बाट्ने वेलामा सानोतिनो मेला नै लाग्थ्यो । गाउँभरिका युवायुवती, बालबालिका सबैले घरघरबाट बाबियो संकलन गरी बेलुका एकै ठाउँमा भेला भएर हाँसखेल गर्दै लठारो बाट्थे । तर, अहिले पिङ बाट्नुपर्‍यो भने लठारोका तीनवटा पयो समात्ने युवाको समेत अभाव हुन थालेको छ । अझ अहिले त दसैँमा खसी-बोका काट्दा समातिदिने सहयोगी हातको समेत अभाव हुन थालेको छ ।
विजयादशमीपछि निधारभरि रातो टीका लगाएर बाटैभरि ताँती लाग्ने बटुवा पनि हिजोआज घट्दै गएका छन् । दसैँको टीकाटालोका लागि आफन्तकहाँ गएर भेटघाट गरी आत्मीय साइनो नवीकरण गर्ने पर्व पनि हो दसैँ । तर, हिजोआज त्यसरी आत्मीयता साटासाट गरी आपसी सम्बन्धलाई कसिलो पार्ने क्रम पनि पातलिँदै गएको आभास हुन थालेको छ । जसले गर्दा पारिवारिक पुनर्मिलनको चाडका रुपमा समेत चिनिने दसैँको रौनक पनि फिका हुँदै जान थालेको छ ।
अहिले कुनै पनि चाडपर्व विकृतिबाट मुक्त छैनन् । प्रत्येक पर्वमा कुनै न कुनै रूपमा विकृति भित्रिएकै छन् । यस्तोमा दसैँ पनि त्यसबाट अछुतो रहने त सम्भावनै छैन । चाडपर्वका नाममा भित्रिएको सबैभन्दा डरलाग्दो विकृति त अनावश्यक तडकभडक र फजुल खर्च नै हो । यसले समाजमा हुनेखाने र हुँदा खाने वर्गबीच डरलाग्दो वर्गीय विभेद खडा गरेको छ । जसले गर्दा यस्ता चाडपर्वको सांस्कृतिक महत्त्व नै खुम्चिएको छ । चाडपर्वलाई विकृतिबाट टाढै राखी यसका राम्रा र सकारात्मक पक्षलाई जोगाएर हार्दिकता साटासाट गर्दै मनाउनुपर्नेमा त्यसो हुन सकिरहेको छैन । बहुसांस्कृतिक मुलुक भएकाले हाम्रा प्रत्येक चाडपर्वका आ-आफ्नै अर्थ र विशेषता रहेका छन् । त्यसलाई जोगाएर आ-आफ्नो मौलिक सांस्कृतिक चिनारी जोगाउनु हाम्रै दायित्व हो । त्यसैले दसैँका नाममा भित्रिएका तमाम विकृति पन्छाएर यसको सांस्कृतिक गरिमा जोगाउनु आजको पहिलो आवश्यकता बनेको छ ।

Tuesday, October 12, 2010

इभर नचाहिने गुगलको कार!

न्युयोर्क, असोज २६- तपाँईको छेउको ड्राइभर सिटमा कोही नहुँदा कार गुड्यो भने के हुन्छ? गुगलले हालै विना चालक गुड्ने कारको परीक्षण गरेको छ। र, यो सफल भयो भने तपाँईले ड्राइवरविनाको कारको अनुभव लिन पाउनु हुनेछ। 'यो कार विना चालक स्टार्ट हुन्छ, गुड्छ र रोकिन्छ,' गुगलले ब्लगमार्फत सार्वजनिक गरेको छ। यो कारको छतमा राडर सेन्सर, लेजर सेन्सरसहित भिडियो क्यामरा जडान गरिएको छ जसले सडकमा रहेका अन्य सवारीको निगरानी गर्छ र गाडीलाई सहजै अगाडि बढाउन निर्देशन दिन्छ।
'यसले गाडी दुर्घटनालाई नियन्त्रण गर्नेमात्र होइन समय घटाउने र प्रदुषण समेत कम गर्छ,' गुगलको कार परियोजनाका नेतृत्व लिएका सेवस्टन थ्रोनले गुगलको ब्लगमा लेखेका छन्।

इन्जिनियरहरुलाई उदृत गर्दै न्युयोर्क टाइम्सले यो कार राजमार्गहरुमा दुर्घटनाबाट सुरक्षित रहनसक्ने लेखेको छ। पछाडिबाट आएका गाडी ठोक्कन सक्नेबारे पनि यसमा रहेका सेन्सरले काम गर्ने भएकाले दुर्घटनाको सभ्भावना कम हुने जनाइएको छ।
हरेक वर्ष १२ लाख मानिसहरु सडक दुर्घटनामा परेर मर्ने गरेका छन्। र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विश्वव्यापी चासो हो। 'हाम्रो प्रविधि यस्तो मृत्यु आधाभन्दा बढी घटाउने विश्वास छ,' ब्लगमा लेखिएको छ।

तर यो कार कहिले बजारमा आउने र यसको अन्य वास्तविकताबारे सार्वजनिक गरिएको छैन। - एजेन्सी

Friday, October 8, 2010

साथी

दुनियामा सबभन्दा महत्वपूर्ण सम्बन्ध भनेको साथी हो। यसले हरेक मानिसको जीवनमा ठुलो भुमिका खेल्ने गर्दछ। यसले हाम्रो जीवनलार्इ नै एक सार्थक रूप दिने गर्दछ। राम्रा नराम्रा साथीले मानिसको जीवनमा अहम भुमिका खेल्ने गर्दछ। मानिसले मानिसलार्इ मात्र नभर्इ जनावरहरूलार्इ पनि साथी बनाउने गरेको छ। कहिल्यै काही नसोचेको ठाँउमा नचिनेको मानिस पनि साथी बन्न पुग्छ।

हालै गरिएको एक शोधमा त्यस्ता मानिसहरू बढी खुशी देखिए जसका पूराना साथीहरू धेरै हुन्छन्। त्यसमाथी पनि १० जना भन्दा बढी नजिकका साथी हुनेहरू ५ जना साथीहूनेहरू भन्दा बढी खुशी देखिएका थिए। मानिसहरूलार्इ खुशी रहन पैसा, घर, गाडी राम्रो नत्रकरीले मात्र पुग्दैन। यस्ता खुशीहरू क्षनिक हुन्छन् तर एउटा असल साथीले लामो समय सम्म खुशी दिने गर्दछ। साथी बन्नका लागी धनी र गरिब, जातपात, देश, धर्म कसैले रोक्न सक्दैन।

एक असल साथी त्यो हुन् जसले तपार्इको हरेक समयमा साथ दिन्छ। उसले तपार्इको भावनालार्इ बुझेर त्यस अनुसार तपार्इलार्इ बाटो देखाउँदछ। राम्रो साथी कसरी पाउने, यसलार्इ कसरी खोज्ने, धेरै मानिहरू सोच्ने गर्दछन। तर असल साथी जो कोही पनि हुन सक्छ, यसलार्इ उमेर, लीगं, केहीले फरक पार्दैन।

तपार्इ पनि असल साथीको खोजीमा हनुहुन्छ भने आफ्नो वपर ध्यान दिने गर्नुहोला। कसलार्इ भेट्दा तपार्इलार्इ आनन्द आउछ, कसको कुराहरू तपार्इ सुन्न रूचाउनु हुन्छ,कसको कूराले तपार्इको दुखी मनमा पनि हाँसो ल्याउने गर्दछ। यसका लागी उक्त व्यक्ती तपार्इकै उमेर, जाती, भाषी हुनुपर्दछ भन्ने छैन। साथी जो पनि हुन सक्दछ।

कार्यालयमा तपार्इसंगै हुने कोह व्यक्ती तपार्इको साथी हुन सक्छ, बाटोमा सधै भेट्ने बुर्जुग तपार्इको साथी हुन सक्दछ, बसमा सधै भेट्ने अपरिचित तपार्इको साथी हुन सक्दछ। तर हरेक मानिसलार्इ लामो समय सम्म साथीका रूपमा जगेर्न एक अर्कामा बिश्वास हुन अति जरी छ। असल साथीले तपार्इको जीन्दगी नै बदल्न सक्छ। जब जीन्दगीमा सबै बिरानो लाग्न थाल्छ अनि त्यस्तो अवस्थामा सबै मानसुहरू साथी खोज्न थाल्छन्।

एक सच्चा मित्र हरेक समय तपार्इ संगै हुन्छ, तपार्यको हरेक दुख सुखलार्इ आफ्नो थान्दछ, तपार्इको जीवनलार्इ गती दिन्छ, तपार्इको हरेक कदममा संगै हुन्छ। मानिहरूलार्इ दुःख होस या सुख हरेक पल एक असल साथीको जरूरी हुन्छ।

Wednesday, October 6, 2010

चतरादेखि चढ्न पाइनेभो अमेरिकी जेटबोट

अमर खड्का, इटहरी, असोज २० - सुनसरीको चतराधामदेखि उत्तर तर्फ भोजपुर, उदयपुर र धनकुटाको सङ्गम स्थल त्रिवेणीसम्म मंगलवारदेखि जेटवोट सञ्चालनमा आएको छ। सुम्निमा जल यातायात प्रालिले ५ करोड रुपैयाँको लागतमा अमेरिकन कम्पनीको जेटवोट सञ्चालनमा ल्याएको हो। जेटवोटको प्रधानमन्त्री माधवकुमार नेपालले चढेर उद्घाटन गरे। एक पटकमा २० जना यात्रु बोक्न सक्ने क्षमताको जेटवोट सञ्चालनमा आएपछि झण्डै ८ घण्टाको पैदल दुरी १५ मिनेटमा आवतजावत गर्न सकिने भएको छ।
जेटवोट सञ्चालनले भोजपर, सङ्खुवासभा, खोटाङ र उदयपुरका बासिन्दा लाभान्वित हुने भएका छन्।

जेटवोट सञ्चालनले प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्रमा पनि भक्तजन वढने अपेक्षा राखिएको छ। 'अहिले तत्काल एउटा जेटवोट सञ्चालनमा आएपनि बाँकी एउटा चाडै सञ्चालनमा ल्याएर सर्वसाधारणलाई थप सेवा दिइनेछौ,' सुम्निमा जल यातायातका प्रबन्ध निर्देशक इन्जिनियर बिनोद अर्यालले भने। उनका अनुसार भविष्यमा खोटाङ्को हलेसी सम्म जेटवोट सञ्चालन गर्ने योजना रहेको छ।

सुम्निमा जल यातायत प्रालिका अध्यक्ष प्रदिप नेपालले नाफामुखी भन्दा पनि सेवामुखी भावनाले जेटवोट सञ्चालनमा ल्याएको बताए।

यसैबीच, प्रधानमन्त्री नेपालले बराहक्षेत्रका जगतगुरु बालसन्त महाराजसँगको भेटमा सवै धर्मको रक्षा र सम्बद्धनको लागि धर्म निरपेक्ष राज्य घोषणा गरेकेा बताए। उनले सवैले सवै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै धर्म निरेपेक्ष राज्य घोषणा गर्दैमा आत्तिनुपर्ने अवस्था नरहेको बताए।
तस्बिर:चुमन बस्नेत

Wednesday, September 22, 2010

को बढी महत्त्वपूर्ण, आमा वा पत्नी ?

'भेडा भेडासित, बाख्रा बाख्रासित' भनेझैँ मन र विचार मिलेका व्यक्तिहरू नै आपसमा साथी बन्छन् । यसको अर्थ यो होइन कि, हरेक साथी समान चरित्र र सोचाइका होऊन् । कोही बहिर्मुखी चरित्रका हुन्छन्, कोही तुलनात्मक रूपमा अन्तर्मुखी । कतिपय साथीसँगको सम्बन्ध भावनाप्रधान हुन्छ, कतिसँग विचारसामीप्य हुन्छ । लगभग वर्षदिनअघि विचारप्रधान सम्बन्ध भएका एकजना साथीसँग मेरो गम्भीर

ढुंगा हानी मृत्युदण्ड दिने देशमा ...

केही दिनअगाडि उत्तरी अफगानिस्तानमा एक महिला र एक पुरुषलाई अवैध सम्बन्ध राखेको आरोपमा त्यहाँको एक विद्रोही समूहले ढुंगा हानेर मार्ने निर्णय सुनायो । कानुन र सरकारको कुनै उपस्थिति नभएको अफगानिस्तानमा कुनै अतिवादी समूहको मनोमानी निर्णय नै कानुन हुने गरेको छ । अन्ततः त्यस जोडीलाई भीडले ढुंगा हानेर मार्‍यो ।

त्यस समाचारको विषयमा अफगानिस्तानको सलाम वान्तादार रेडियोका खेलकुद रिपोर्टर इब्राहिम मोहम्मदलाई मैले इमेलमार्फत सोधेँ, 'तिमीलाई यो समाचार कस्तो लाग्यो ? तिम्रो देशका लागि लज्जाको विषय होइन यो ? तिम्रो देशमा मानवताको यो हदसम्म उल्लंघन हुँदा पनि तिमी पत्रकारहरू के हेरेर बसेका छौ ? यस्तो मध्ययुगीन बर्बरताविरुद्ध तिमीहरूले केही बोल्नु पर्दैन ?' एकसाथ दर्जन बढी प्रश्नले मैले उनलाई 'हमला' गरेकी थिएँ । सोचेकी थिएँ- उनले मर्माहत भएर जवाफ दिनेछन्, 'जे भयो, त्यसका लागि म अत्यन्त लज्जित छु ।' तर, उनको जवाफ हलुका र अचम्मित पार्नेखालको थियो । 'मैले यो समाचार सुनेको छु । उनीहरूले विनाप्रमाण सजाय दिए । पूर्ण प्रमाण भयो भने इस्लामले त्यस्तो सजायलाई जायज मानेको छ,' इब्राहिमले भने ।
त्यसपछि अर्का दिन मैले उनलाई अनलाइनमा 'समातेँ' र सुरु गरेँ, त्यही स्टोनिङ टु डेथ (ढुंगा हानेर हत्या)को प्रसंग ।
'शारीरिक सम्बन्ध राखेको सजाय मृत्यु हुन सक्छ ? इस्लामले त्यस्तो भनेको छ र ? इस्लामको कुरा छोड, मलाई तिम्रो विचार भन,' मैले सोधेँ ।
'इस्लामको विचार नै मेरो विचार हो । म त्यसविरुद्ध गएँ भने मैले कहिल्यै माफी पाउँदिनँ,' इब्राहिमले भने, 'तिमी यो कुरामा दुःखी नबन । यस्ता कुरा हाम्रा लागि सामान्य हुन्,' उनले भने ।
इब्राहिमका अनुसार तालिवानी प्रभाव र पकड भएका ठाउँमा यस्ता आरोप सजिलै लाग्छन् र आरोपितको इहलीला सजिलै समाप्त पारिन्छ । उनी भन्छन्, 'इस्लामले मागेको प्रमाण नपुर्‍याई सजाय तोकिन्छ भने त्यो गलत हो । तर, अपराध प्रमाणित भएमा त्यसलाई गलत भन्न मिल्दैन । इस्लामले यसप्रकारको सजायलाई अनुमति दिएको छ । समाजमा सुव्यवस्था कायम गर्नका लागि पनि यस्ता कुरा जरुरी हुन्छन् ।' इब्राहिमले भनेको सुव्यवस्था कस्तो व्यवस्था हो, मैले पटक्कै भेउ पाइन ।
अफगानिस्तानमा बर्सेनि धेरैलाई अनैतिक सम्बन्ध राखेको आरोपमा ढुंगा हानेर मारिन्छ । नैतिक र अनैतिक सम्बन्ध तोक्ने र छुट्टयाउने र सजायको घोषणा गर्ने काम मुला या इमामले गर्छन्, अल्लाहका नाउँमा । धर्मभीरु र तथाकथित नैतिकतामा विश्वास गर्ने भीडले आरोपितका काम तमाम गरिदिन्छन् । खुलामैदानको बीचमा निरीह महिला/पुरुषमाथि ढुंगा हानिन्छ, उनीहरूको मृत्यु नहुन्जेलसम्म । भीडको हुंकारमा ती असहाय प्राणीका चित्कार दबिन्छन् । र, ढुंगाको थुप्रोबीच रगताम्य लास लम्पसार परेपछि यो पीडक कर्मकाण्ड सकिन्छ ।
०००
अर्का दिन फेरि हामी अनलाइनमा थियौँ ।
इब्राहिमले मलाई सोधे, 'नाजायज शारीरिक सम्बन्ध राख्नेलाई तिम्रो देशमा चाहिँ के गरिन्छ नि ?'
'जे गर्छ कानुनले गर्छ,' मैले भनेँ, 'तिम्रो देशमा जस्तो धार्मिक नेता या भीडले हाम्रो देशमा कसैको भाग्यको फैसाला गर्न पाउँदैन । यौन-सम्बन्धलाई जायज र नाजायज भनेर तोक्ने हाम्रा केही आधार हुन्छन् । कानुनी र सामाजिक आधार । तिम्रो देशमा जस्तो जथाभावी हुँदैन हाम्रोमा ।'
'ओ माई गड !' ऊ चकित भयो, 'समाजका मान्छेले केही गर्दैनन् ? यसरी त समाजमा विकृति बढ्दैन र ?'
'केको विकृति नि ? हाम्रो देशमा मानवअधिकारको राम्रो सम्मान गरिन्छ । यौन व्यक्तिगत अधिकारको कुरा हो ।' मैले उसलाई संकेत गर्न खोजेँ कि हामी सभ्य देशका बासिन्दा हौँ ।
'त्यस्तो पनि कहीँ व्यक्तिगत अधिकार हुन्छ ?' उसले भन्यो, 'त्यसले अर्का व्यक्तिको अधिकार खोस्छ । हाम्रो इस्लाममा संसारकै विशिष्ट न्यायको कुरा छ ।'
'दुई जवान केटा-केटीको सम्बन्धलाई देख्न नसक्ने तिमीहरू ! तिमीहरूको न्यायको परिभाषा विचित्र छ । मानवअधिकारको न्यूनतम सम्मान पनि गर्दैनौ तिमीहरू,' म एकदम आक्रोशित थिएँ ।

'संसारमा अरू कैयौं विषय छन्,' उनी पनि रन्किए, 'दिनहुँ बम पड्काएर मान्छे मारिनुमा मानवअधिकारको हनन देख्दैनौ तिमी ?' आफ्नो देशमाथि सोभियत युनियन र अमेरिकाले गरेको हस्तक्षेपमाथि विश्व समुदायले आँखा चिम्लिएको ठानेका छन् सायद उनले ।

म जवाफ दिने अवस्थामा थिइनँ । रिसले रन्किएकी थिएँ । केही नबोली 'साइनआउट' गरेँ ।
०००
इब्राहिम दुई वर्षअगाडि मेरो फेसबुक साथी बनेका हुन् । दक्षिण एसियामा अमेरिकाको आतंकवादविरोधी अभियान -वार अन टेरोर)को सिकार बनेको अफगानिस्तानको नागरिक हो ऊ ।
मलाई अफगानिस्तानमा ढुंगा हानेर मार्ने चलन र खोकनाको तालमा टोकी-टोकी पाठी मार्ने चलन उस्तै-उस्तै लाग्छ ।
मैले इब्राहिमलाई उहिल्यै सोधेको थिएँ, 'तिम्लाई महिलालाई ढुंगा हान्ने ठाउँ थाहा छ ?'
उसले मजाक शैलीमा उत्तर दिएको थियो, 'हा...हा..हा किन थाहा नहुनु ? गलत सम्बन्ध राख्नेलाई मार्ने ठाउँ हो । यस्तो ठाउँ फराकिलो चौर हुने गर्छ ।' मेरा लागि जुन कुरो भयानक थियो, उनका लागि सामान्य थियो । उनको र मेरो पृष्ठभूमि नितान्त फरक भएर पनि होला । उनी जुन वातावरणमा हुर्के, त्यसको असर उनमा देखिनु नौलो कुरा होइन ।
०००
सन् १९८५मा जन्मेका थिए इब्राहिम । उनको पुर्ख्यौली घर निन्ग्राहर प्रान्तमा पर्छ । जिल्ला हो- मोमानन्दारा । त्यतिवेला अफगानिस्तानमा सोभियत युनियनको पूर्ण सहयोगमा कम्युनिस्ट शासन थियो । तर, उनको परिवारलाई कम्युनिस्ट सासनमा जीविकोपार्जन गर्न गाह्रो थियो । उनीहरूले पाकिस्तानको पेसावरमा रहेको नासिर बाघ शरणार्थी शिविरमा अन्य नातेदारसँगै शरण लिए । त्यही शरणार्थीका लागि चलाइएको स्कुलमा पढे उनी । त्यसबाहेक उनी कुरान पनि पढ्दै थिए । १६ वर्ष नपुग्दै इब्राहिमलाई कुरान कण्ठस्थ थियो । 'त्यसैले मैले भनेको इस्लाम विश्वमै उत्कृष्ट छ, किनभने मलाई त्यसको हरेक वाक्य थाहा छ ।' इब्राहिमले मेलमा आफ्नो 'प्रोफाइल'मा लेखेका थिए ।

पाकिस्तान शरण लिन गएकाले उनको परिवारले आफगानिस्तानमा चलिरहेको हिंसाको सिकार हुनु परेन । तालिवानी शासनको हप्की खान पनि परेन । तर, आर्थिक अभावमा भने बाँच्नु पर्‍यो । उनका बुबा काम गर्थे, तर घरमा पैसा ल्याउँदैनथे । त्यसैले इब्राहिमले सानोतिनो काम गर्न थाले घर चलाउन । उनका अब्बा कहिलेकाहीँ आउँथे रित्तोहात । पछि थाहा भयो- उनले कमाएको जति सबै कान्छी आमाकहाँ पुग्दोरहेछ ।
इब्राहिमका चार दिदीबहिनी र चार दाजुभाइ छन् । अर्की आमापट्ट िथप चार बहिनी । सन् २००१ मा तालिवानलाई अमेरिकाले फालेपछि उनका बाबु काबुल र्फके । त्यहाँ उनी संयुक्त राष्ट्रसंघीय मानवअधिकारको उच्चायोगमा काम गर्ने आफ्ना मित्रसँग पैसा सापटी माग्न गएका थिए । ती साथीले पैसा सापटी दिएनन्, पैसा आउने बाटो देखाए । उनलाई आफ्नै कार्यालयमा गार्डको काम दिए । 'हाम्रा बाले काम पाएपछि हामीलाई बोलाएनन् । सानीआमा र उनका छोरीहरूलाई मात्रै बोलाए,' इब्राहिमले भने ।
अब्बाको तलब मासिक चार सय अमेरिकी डलर थियो । तर, त्यसले इब्राहिम र उनका दाजुभाइका लागि कुनै अर्थ राख्दैनथ्यो । त्यतिवेलासम्म आफ्नो स्कुलको खर्च जुटाउन उनी आफँै काम गर्थे । उनका अब्बाले एक वर्षपछि भने सबैलाई काबुल बोलाए । राजधानी भएकाले उनको परिवारलाई विद्रोही समूहको डर थिएन । बरु पीर थियो त आफन्त नहुनुको । 'हामी अन्जान थियाँै । हाम्रा नातेदार थिएनन्,' इब्राहिमले भने । उनी कक्षा ११ मा पढ्न चाहन्थे, तर साम्सद टिभीमा काम पाए । उनको अब्बाको साथीको सहायक भए उनी । त्यहीँबाट उनको पत्रकारिता सुरु भयो ।
इब्राहिम अफगानिस्तानमा तालिवानले छोडेयताको पहिलो खेल उद्घोषक हुन् । त्योबाहेक उनी अंग्रेजी सिनेमा पनि अनुवाद गर्छन् ।
०००
इब्राहिम २६ वर्षका भए । यतिवेलासम्म कति केटीलाई प्रेम प्रस्ताव राखे उनले ?
'हाहा प्रस्ताव ? बिहे त नहेरी गरेको । प्रस्ताव राख्ने ? हाम्रो यहाँ त्यस्तो चलनै छैन । हामीलाई प्रस्ताव राख्न पाउने अनुमति छैन,' उनले सुनाए, 'मनमनै भने धेरैलाई मन पराएँ । तर, कसैलाई भनिनँ ।'
'यति धेरै कुरा किन सोधेको तिमीले,' इब्राहिमले मलाई सोधे ।
'अखबारमा छाप्न,' मैले भनेँ ।
'नछाप्नु, मलाई तालिवानले मार्छन् फेरि,' उनले भने ।
'खेल पत्रकारलाई केही गर्दैनन् रे नि त !' मैले भनेँ ।