जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 31, 2011

गर्भ बोकेर सञ्चिताको गन्तव्य कता ?

पारिवारिक विवादका कारण झन्डै एक वर्षदेखि देशबाहिर रहँदै आएका हिरो निखिल उप्रेती यसै साता देश फर्किएका छन् भने उनकी कान्छीपत्नी तथा नायिका सञ्चिता लुइँटेल तीन महिनाको गर्भ बोकी केही महिनादेखि काठमाडौंमा बस्दै आएकी छन् ।
स्रोतका अनुसार, बाहिर चर्चा गरिएजस्तो अहिले निखिलको परिवारमा तनाव छैन । निखिलले सञ्चितालाई मुम्बईमा गर्भवती बनाई काठमाडौं पठाएपछि जेठीपत्नीलाई मुम्बई

प्रहरी भ्यानमै समलिङ्गी महिला बलात्कृत

३१ जनवरी, काठमाडौं । गम्भीर प्रकारका हत्या, अपहरण एवं डकैतीका घटनामा सुरक्षा निकायका व्यक्ति नै संलग्न रहने गरेका समाचार कतिपय अवस्थामा आउने गरेका छन् । आखिर प्रहरीले चाह्यो भने जस्तोसुकै जघन्य अपराध पनि कसरी ढाकछोप गर्दोरहेछ भन्ने पछिल्लो उदाहरण फेला परेको छ ।
तपाईंले कल्पनासम्म पनि गर्न नसक्ने एउटा अपराधमा प्रहरी संलग्न भएको र

अमेरिकाको ३९ करोड सहयोग

काठमाडौं, माघ १८  - नेपालका २० विकट पहाडी जिल्लामा खाद्य सुरक्षा तथा आय वृद्धि गर्ने उद्देश्यले अमेरिकी विकास नियोग (युएसएआइडी) र स्वीस विकास नियोग (एसडिसी) ले संयुक्त रुपमा चार वर्षे परियोजना सुरु गरेका छन्। विशेषगरी गरिव र उपेक्षित ३५ हजार ग्रामीण परिवारलाई लक्षित

साउदीमा २५ लाख चोरी गरेपछि, साथीहरुलाई पक्राउ पूर्जी

 होम कार्की

काठमाडौ, माघ १८ - साउदी अरेबियामा श्रम गर्न गएका एक कामदारले झन्डै २५ लाख रुपैयाँको सामान चोरेर नेपाल आएपछि उनीसँगैका अन्य सहकर्मीलाई साउदी कम्पनीले पक्राउपुर्जी जारी गरेको छ ।
दुई महिनाअघि साउदीमा एक ट्रान्सपोर्ट कम्पनीमा काम गर्ने श्यामबहादुर लुइटेल छेत्रीले बीचबाटोमै २५ लाख रुपैयाँ बराबरको सामान बेचेर फरार भएका थिए । श्यामबहादुर उमेश परियारको पासपोर्टमा साउदी पुगेका हुन् ।'उनी एक ट्रान्सपोर्ट कम्पनीका चालक थिए । साहूले तोकिएको ठाउँमा सामान पुर्‍याउन पठाएका रहेछन्,' परियारलाई पठाउने म्यानपावर कसमस नेपालका

जिन्दगानी

आँफैलाई कुल्चिएर चल्छ कतै जिन्दगानी
आगो जस्तै सल्किएर जल्छ कतै जिन्दगानी

तर्न खोज्छु नियतिको बाढी उर्लिदिन्छ
बढ्न खोज्छु गन्तब्यको यात्रा

Sunday, January 30, 2011

अन्धो चील


एक भिखारीले इब्राहिम आदमसँग केही पैसा भीख माग्यो । इब्राहिमले भिखारीलाई भने, 'तिमी मसँग हिँड, म तिमीलाई खानपिनको राम्रो व्यवस्था गरिदिउँला ।'
इब्राहिमले उसलाई एउटा दोकानदारकहाँ लगे र दोकानदारलाई कुनै सानोतिनो काम दिन भने । त्यसपछि भिखारी स्वयम् रोजीरोटी गर्नसक्छ भन्ने उनको विश्वास थियो । दोकानदार इब्राहिमको खुब सम्मान गर्दथ्यो । त्यसैले उसले थप केही नसोधी भिखारीलाई रोजीरोटी दियो ।

आजकालका युवाहरू प्रेम तथा यौन हेर्न चाहान्छन्

काठमाडौं, (दैनिकी)

आजकालका युवाहरूको स्वाद बदलिन थालेको छ। उनीहरू टेलिभिजनमा प्रेम कथाहरू मात्र नभर्इ प्रेम, यौन तथा धोखा समेत हेर्न चाहान्छन्। आजकालका युवाहरूले अत्याधिक मनपराएका टिभी कार्यक्रमहरूमा इमोशनल अत्‍याचार, एक्‍स तथा एक्‍स, स्‍पील्‍ट्सविला, डेयर टू डेट तथा डबल टाइमिंग योर पार्टनर पर्दछ। यी सब टिभी कार्यक्रमहरू प्रेम, यौन तथा धोखामा आधारित छन्। यूवाहरूले यस्ता टिभी कार्यक्रमहरूमा आफ्नै जीवन झल्कने गरेको समेत बताउन थालेका छन्।

अहिले टेलीविजन च्यानल बिंदासमा आउने गरेको 'इनोशनल अत्याचार' युवा वर्गलार्इ सबभन्दा मनपर्ने कार्यक्रम बनेको छ। यस कार्यक्रममा भावनाको भन्दा यौनका कुराहरू बढी हुने गर्दछ। हर कथामा केटाकेटी चुम्मन तथा यौनको कुरामा लिप्त हून्छन्। भावनाहरू केही देखिदैनन्। यस कार्यक्रममा यूवाहरूको नकारात्मक पक्षलार्इ मात्र उजागर गर्न खोजिएको छ।

राजमार्गका होटलका खाना जाँच्न मोबाइल टोली

प्रवीण ढकाल , काठमाडौं, १५ माघ

बासी खाना र खाजाको चर्को मूल्य तिर्न बाध्य यात्रुका लागि राहतको सन्देश छ- राजमार्गमा होटल तथा रेस्टुरेन्टमा खुवाइने खाद्यान्नको गुणस्तर जाँच गरिने भएको छ । सरकारका दुई निकायले राजमार्गमा मोबाइल भ्यानसहित अनुगमन गर्ने भएका छन् 
होटल तथा रेस्टुरेन्ट सञ्चालकले चालकलाई फकाएर यात्रुलाई ठगेको गुनासो

Saturday, January 29, 2011

भारतीय मन्त्रीबाट १ करोड लिएको खुलासा

 Source:-Onlinekhabar
१६ माघ, काठमाडौं । केही दिनअघि काठमाडौंको बसुन्धरामा आत्महत्या गरेको भनिएका प्रहरीका डीएसपी कन्चन थापाले पेशेवर बेश्याको चुंगुलमा परेर आत्महत्या गरेको खुलासा भएको छ ।
आत्महत्याका समयमा थापासँगै रहेकी खोपकुमारी अधिकारीसँगको बयानका क्रममा प्रहरीले सो तथ्य पत्ता लगाएको हो । अधिकारीले सुरुमा प्रहरीसमक्ष आफू थापाको श्रीमती भएको

काठमाडौको सुन्धारा स्थित होटलमा श्रीमति मृत, श्रीमान बेहोस अवस्थामा फेला

१६ माघ, 

काठमाडौ । काठमाडौको सुन्धारा स्थित रोयल गोरखा होटलको कोठामा बसेका दम्पति मध्ये श्रीमति मृत र श्रीमान बेहोस अबस्थामा फेला परेका छन् ।
कोठा नम्बर २०२ मा साबित्री जिसी शनिबार मृत अवस्थामा फेला परेकी हुन् । उनका श्रीमान् राजु पाठक भने अर्ध बेहोस अवस्थामा भेटिएका थिए । उनीहरुको घर भैरहवा भएको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार कोठमा प्रवेश गर्दा श्रीमतिको मृत्यु भइसकेको र श्रीमान बेहास अबस्थामा भेटिएको बताएको छ । श्रीमति विद्युत प्रधिकरणको कर्मचारी हुन् भने श्रीमान ठेक्का पट्टाको काम गर्दै

पुरुषसँग मेरो पहिलो रात (कथा )

तसलिमा नसरिन

मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र ! रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुुमति देलान् र ! अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका जान जिद्दी गरेँ । ‘पहिलो वर्षको जाँच पास गरेको प्रमाणपत्र लिन ढाका जान्छु,’ भनेँ । ढाका पुग्नेबित्तिकै ‘एकजना साथीलाई ढाका विश्वविद्यालयको होस्टेलमा भेट्न जान्छु’ भन्दै सान्दाइको कोठाबाट हिँडेँ । र, सीधै रुद्रको कोठा गएँ । तर, रुद्र खुसी भएन । खुसीमा उपि|mनु वा पीडामा आँसु झार्नु रुद्रका लागि असम्भवप्रायः थियो । शिरदेखि पाउसम्म ऊ रूखको ठुटोजस्तै थियो । ऊ आफ्ना अनुभूति बाहिर देखाउँदैनथ्यो
रुद्रले मलाई साडी लगाउन दियो । सेतो साडीमा स-साना फूलका बुट्टा थिए । पेटीकोट र ब्लाउज पनि साडीसँग मिल्ने थिए । रुद्रकी बहिनी विठीले छानेकी थिई यो साडी । रुद्र आफैँले मलाई साडी छानेर कहिल्यै दिएको थिएन । पहिले उसले दिएको हरियो सुती साडी पनि उसकी साथी मुक्तिलाई छान्न लगाएको थियो

चुटकिला

होइन अलि तल बाट

तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन

९० प्रतिशतभन्दा बढी महिला यौनरोगी {स्वास्थ्य}

रासस
कन्चनपुर । कन्चनपुरको ग्रामिण क्षेत्रका ९० प्रतिशतभन्दा बढी महिला यौनरोगबाट पीडित भएका पाइएको छ । यौनाङ्गको नियमित सरसफाइमा कमी र असुरक्षित यौनसम्पर्कका कारण उनीहरू प्रभावित भएका उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

भारतले पानी थुनेपछि नेपाली भु-भाग डुवानमा

इनरुवा, माघ १५ - 

भारत बिहारको जल संसाधन मन्त्रालयको आदेसमा कोसी ब्यारेजका सबै ढोका शुक्रबारदेखि थुनिएपछि सुनसरीको ब्यारेज स्थित नेपाली भु-भाग डुवानमा परेको छ । ढोका बन्द गरिएपछि पानी बग्न नसक्दा कोसी ब्यारेजको सुनसरी क्षेत्रको पूर्वपट्टीको भाग डुवानमा परेको छ  सप्तकोसीको पुर्वी तटबन्ध अन्तरगत होचो रहेको स्थानमा तटबन्धमाथी पानीको दवाब बढेको छ । पानी नियमित रुपमा बग्न नसक्दा ब्यारेजको पूर्व उतर क्षेत्रमा लगाइएको सयौ बिगहाको गहुँबाली समेत डुवानमा परेको स्थानिय वासिन्दाहरुले जानकारी दिएका छन् । भारत सरकारले निर्माण गरिरहेको राष्ट्रिय राजमार्ग अन्तरगत बिहारको भवटियाहीमा

आलुमा डढुवा रोग र समाधानको उपाय

अहिलेसम्म सबैभन्दा बढी तरकारीको रुपमा उपयोग गर्दै आएको आलुमा डडुवा रोग प्रकोपका रुपमा देखिएकॊ छ । तराईका अधिकांस जिल्ला र पहाडी क्षेत्रका केही जिल्लामा समेत अहिले आलुमा डडुवाको प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद् नार्कले जनाएको छ ।
बादल लाग्ने रातीको तापक्रम १० डिग्रीभन्दा कम हुने र दिउँसोको समयमा २० डिग्री भन्दा बढी नहुने अवस्थामा डडुवाको प्रकोप शुरु हुने नार्कका वरिष्ठ वैज्ञानिक रामबहादुर केसीले बताउनु भयो ।
आलुको हैजाका रुपमा चिनिने यो रोग लागेको ७२ घन्टापछि आलु सखाप हुने उहाँले बताउनु भयो । आलुमा डडुवा लागेको बेलामा िसंचाई बन्द गर्नुपर्छ ।हल्का लागेको छ भने ईन्डोफिलएम ४५ नामक विषादीलाई तीन ग्राम प्रतिलिटर

Thursday, January 27, 2011

संजोग (कथा)

 - हरिप्रसाद भण्डारी 

म ब्यूँझदा मैले आफूलाई अस्पतालको बेडमा पाएँ । अचम्म लाग्यो मलाई । म किन र कसरी त्यहाँ पुगेँ भन्ने कुरा मेरा दिमागले ठम्याउन सकिरहेको थिएन ।
त्यसबेला मेरो सारा शरीर दुखिरहेको थियो । टाउको गह्रौं भइरहेको थियो । र, आँखा अगाडिको दृश्य धमिलो देखिन्थ्यो ।
एकैछिनपछि अस्पतालको कारुणिक वातावरणलाई चिर्दै एउटी परिचारिका मेरा नजिक आइन् । मतिर हेरेर मुसुक्क मुस्कुराइन् । ‘कस्तो छ अहिले ?’ यसो भन्दै हसिलो अनुहार बनाएर मलाई हेरिरहिन् । उनी मसँग केही बोल्न खोज्दै थिइन्, तर म केही बोलिन । म नबोलेको देखेपछि उनले नै मलाई सान्त्वना दिँदै ‘अब आत्तिनु पर्दैन, छिटै निको हुन्छ’ भन्दै एउटा इन्जेक्सन् ल्याएर पाखुरामा लगाइदिइन् र बिस्तारै मल्न लागिन् ।
“मलाई किन यहाँ ल्याएको सिष्टर ?” एकैछिनपछि सासैसासमा मेरो मुखबाट आवाज आयो । मैले सिष्टर भनेको सुनेपछि उनी झस्किन् । अचम्म मानिन् र भनिन्— “हिजो तपाईं चढ्नुभएको गाडी दुर्घटना भएको के त ।” त्यसपछि पनि उनले मेरो अनुहारमा झुकेर हेर्दै थिइन् । तर मैले टाउको दुखेको हुनाले

प्लस टु बंक रोक्न प्रहरी निगरानी

- Nagarik News

रुबी रौनियार, काठमाडौं, माघ १३- कक्षा बंक गर्ने लत बसेका प्लस टुका विद्यार्थीका लागि नराम्रो खबर छ। स्कुल ड्रेसमा कक्षा बंक गरेका विद्यार्थी देख्नेबित्तिकै अब प्रहरीले समाएर स्कुलमै बुझाइदिनेछन्।
   महानगरीय प्रहरी आयुक्त कार्यालयले प्लस टुका विद्यार्थीमा बढेको विकृति घटाउन पुलिस-पब्लिक पार्टनरसिप अवधारणाअन्तर्गत प्लस टु स्कुलवरिपरि निगरानी बढाउने कार्यक्रम ल्याउँदै छ। माघ अन्तिम सातादेखि प्रहरीले स्कुलवरिपरि बाइक र भ्यानमा गस्ती गर्नेछन्।
प्लस टुका विद्यार्थीमा लागूपदार्थ सेवन, कक्षा छाडेर हिँड्ने, मोटरबाइक उच्च गतिमा चलाउने, ट्राफिक नियम पालना नगर्नेजस्ता विकृति बढेको महानगरीय प्रहरी आयुक्त कार्यालयका

६०औँ पटक नेपाल आउँदा जुर्‍यो लगन

रोहित पराजुली 

 कास्की, १२ माघ
नौमती बाजाको झ्याइँझ्याइँले मन्दिरपरिसर गुञ्जायमान थियो, जन्ती पनि बाजाको तालमा छम्छम् नाच्दै थिए । ढाकाको दौरा, सुरुवाल र टोपीमा सजिएका बेलायती बेहुला त त्यसै-त्यसै मख्ख थिए ।
६०औँ पटक नेपाल आएका बेलायती नागरिक ग्यारी भानौको यो भ्रमण विशेष थियो । नेपाली केटी बिहे गर्ने योजना सफल भएकोमा उनी दंग थिए, कम्मरमा खुकुरी भिरेका विदेशी बेहुला देखेर बटुवा पनि छक्क थिए ।
ग्यारीका जन्ती बुधबार बिहान पोखरा लेकसाइटस्थित नेपाल गेस्टहाउसबाट हिँडेका थिए, केहीबेरमा जन्ती बैदामस्थित केदारेश्वर मन्दिर पुग्यो जहाँ नेपाली चेली साधना श्रेष्ठ प्रतीक्षामा थिइन् ।


५५ वर्षीय ग्यारी र ४३ वर्षीया साधनाले मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा कानुनी बिहे गरेका हुन् । तर, ग्यारीले

लुटेरा पक्राउ

 - काँकडभिट्टा(ब्लाष्ट) 

खुकुरी प्रयोग गरी लुटपाट गर्दै गर्दा सोमबार राति दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट नम्बर प्लेट नखुलेको एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।
झापाको बाहुनडाँगी–५ तेलपानी भन्ने ठाउँमा मेचीनगर–४ का धर्म राई र इलामको जिर्मले–८ का नारद राईलाई जिर्मलेकै हेमन्त तामाङलाई खुकुरी

Tuesday, January 25, 2011

डनहरूलाई सारिँदै छ दुर्गमका जेलमा

चक्रे भनिने मिलन गुरुङ, राजु भन्ने राजेन्द्र गुरुङ, अमर टन्डन, युनिश अन्सारी, अब्दुल बहाव, दसही शाह, कान्छा मन्डल, अरुण लामा, यादव गिरी, वीरेन्द्र श्रेष्ठ, जित लामा, वीरेन्द्र शाह, अफताव आलम, मुक्तहर अन्सारी र इसामुद्दिन मिया अब दुर्गमका जेलमा पुग्दैछन्
काठमाडौं, माघ १२ - संगठित रूपमा ठूला अपराधमा संलग्न रहेर काठमाडौंको जेलमा रहेका कैदीलाई दुर्गम जिल्लाका जेलमा स्थानान्तरण गरिने भएको छ । यस्ता अपराधीले जेलभित्रबाटै आपराधिक योजना बनाउने गरेकाले स्थानान्तरण गर्न लागिएको हो ।

काठमाडौंमा रुवाबासी !

नेताहरुले नेपालमा विश्वमा नै कहीं नभएको अनौठो काम त गरिरहेकै छन् । चुनावमा हारेकाहरु पनि नेपालमै प्रधानमन्त्री हुन्छन् । १७ पटकसम्म चुनाव गरेर पनि प्रधानमन्त्री छान्न सक्दैनन् । कामचलाउ प्रधानमन्त्रीले यति लामो समयसम्म सरकार चलाएर विश्वमै कहीं नभएको अनौठो काम गरेका छन् । यहीं अनौठै अनौठोकोबीच नेपालमा अर्को अनौठो काम हुन लागेको छ । अहिलेसम्म नेताहरुले अनौठो काम गरेपनि अब भने जनताले अनौठो गर्न लागेका हुन् ।

राजनीतिक दलहरुले समयमै नयाँ संविधान निर्माण गर्ने र शान्तिपकृयालाई निर्धारित समयमै सम्पन्न गर्ने कुरा पत्याउन त पहिले पनि मुस्किल थियो । अहिले पनि उत्तिकै मुस्किल छ ।

बरफ हो कि कार हो ?


बरफको डल्लोजस्तै भएका कारण चांबीको कुरै छाडौं कुनै मोटरले नै कारका चक्का हिलाउन सक्ने अवस्था थिएन ।

बैँकमा वीर्य

  
जनकराज सापकोटा

-जापानमै व्यस्त दिनचर्या बिताइरहेका जापानी नागरकि ईभाईकी श्रीमती हुन्, नीरु गुरुङ। पाँच वर्ष जापान बसेर आएकी नीरु बच्चा पाएर एक वर्षपछि नेपालबाट फर्किन्। उनले नेपालमा जन्माएको बच्चा ईभाईकै हो। तर, नीरुले प्राकृतिक सहवासबाट बच्चा जन्माएकी होइनन्। वीर्य बैँकमा भण्डारण गरेर राखिएको आफ्नो श्रीमान्को वीर्य प्रयोग गरेर नीरुले सन्तान जन्माएकी हुन्।

-भक्तपुर  स्िथत एक निजी बैँकमा काम गनर्ेे सुशीला बगाले -नाम परविर्तन)ले वषै सम्म सन्तान जन्माउन सकिनन्। पछि परीक्षण गर्दा उनका श्रीम्ाान्को वीर्य सन्तान उत्पादनका लागि योग्य नभएको पाइन्। केही नलागेपछि श्रीमान्को सहमतिमा

Monday, January 24, 2011

एउटै नम्बरको दुईटा मोटरसाइकल

 धरान । एउटै नम्बर भएको दुई वटा मोटरसाइकल शनिबार धरानमा फेला परेको छ । धरानकै दुई व्यक्तिले प्रयोग गरिरहेको ती मोटरसाइकलमा एउटै नम्बर को 7 प ६४७७ छ ।
दुवै मोटरसाइकल यामाहा ग्लाडिएटर हो भने मोटरसाइकलको रंग पनि एउटै छ । ती मोटरसाइकलका धनी धरान ७ निवासी तीर्थ मास्के र धरान ५ का संगीत शाह हुन् । दुइटै मोटरसाइकल हाल धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । ट्राफिक प्रहरीका अनुसार मास्केले मोटरसाइकलको ब्लु बुक बुझाएपनि त्यसमा शाहको मोटरसाइकलमा भएको चेसिज नम्बर

चिसो मौसममा स्वास्थ्य

भक्तबहादुरथापा
 
हामीकहाँ भनाइ छ- बलिया बाङ्गा बाघलाई, लुते र अशक्त माघलाई अर्थात् माघ महिना अति चिसो हुने भएकाले जाडो थेग्न नसक्नेको मृत्यु हुनसक्छ । विशेषगरेर जाडोको मौसममा मानिसलाई विभिन्न किसिमका रोग देखापर्छन् । जसमा 'अपर र लोअर रेस्पिरेटरी ट्राक्ट इन्फेक्सन', जसलाई सास फेर्ने नलीदेखि तल र माथि लाग्ने रोग भनिन्छ । सास फेर्ने नली अर्थात् घाँटीदेखि माथि लाग्ने रोगमा साधारणतया पिनास, घाँटीको सङ्क्रमण
-इन्फेक्सन) हुने र रुघाखोकी लाग्नेगर्छ । घाँटीदेखि तल लाग्ने रोगहरूमा विशेषगरी छातीको

सबैले वेवास्ता गरेपछि पूर्वबडामहारानीको बिजोग, रोएरै बित्छन् रत्नका दिन

बुढाबुढीलाई लक्ष्य गरेर खोलिएको आफ्नै एनजीओको कार्यक्रममा हिमानी शाहलाई भ्याईनभ्याई छ । उनका पति पारश शाहको त कुरै अर्को । शशुरा ज्ञानेन्द्र शाहपनि पत्नीका साथ मस्ती नै गरिरहेका छन् । कसैलाई वास्ता छैन पूर्वबडामहारानी रत्न शाहको । त्यसैले रत्नाका दिनहरु अचेल रोएरै बित्ने गरेका छन् । विश्वन्यूजको विशेष खोजबाट तयार पारिएको रिपोर्ट
कि हस्तिनापुरको राज्य कि चपरीमुनिको बास । यो उखान धेरै पुरानो भयो । तर फेरि सान्दर्भिक भएको छ पूर्व राजा ज्ञानेन्द्र शाहकी आमा रत्नका कारण । छोराले शासनसत्ता गुमाएपछि रत्नले बुढेशकालमा केही सुसारेका साथ

Sunday, January 23, 2011

छोरा बुहारी

उसले एउटा चुरोट सल्कायो। छत तिर हेर्दै धुवाको बाक्लो मुस्लो फ्याल्यो। गहन सोचमा डुबे झै देखिन्थ्यो उ। हिजो जस्तै लाग्छ छोरा अमेरिका गएको, पढ्न लाई। फर्किएर आउँदैछ रे। यतै बसेर केही गर्ने सोच बनएको रहेछ। त्यो त खुशीको कुरो हुनुपर्ने हो। तर उ ब्यग्र देखिन्छ। उस्को ब्यग्रताको कारण छोरो फर्किनु होइन। छोरोसँग एउटी केटी पनि आउँदैछे रे उस्को बुहारीको रूपमा। त्यति मात्रै भये त हुन्थ्यो नि, एउटा बच्चा पनि छ रे, उस्को नातीको रूपमा। नाती आफ्नै भये त ठिकै थियो नि, होइन

विवाहमा आउनु होला, केही नल्याउनु होला, आशिर्बाद दिनु होला, जानु होला

विवाहको लगन धमाधम आउँदैछ। आफन्तको विवाहमा सामेल हुनु सामान्य कुरा हो। कही विवाहमा जान पर्‍योकी धेरै जसोलाइ त बडो टेन्सन् हुन्छ। के लगिदिने कस्तो लगिदिने । खाली हात कसरी लखर लखर जाने आदी इत्यादी। खासमा विवाह भोज आयोजना गर्ने लाई जती टेन्सन हुन्छ। जाने मान्छेलाई के कस्तो उपहार लाने भनेर अलिकती भए नि मानशिक तनाब हुन्छ है। आज भोली त यस्तो खाले कार्ड पनि देखिन्छ है "कृपया जिन्सी

Saturday, January 22, 2011

अश्लिल सामाग्री बिक्री वितरण र प्रशारण गरे पाँचवर्षसम्म कैद र १ लाख जरिवाना'

कानुनले निषेध गरेको अश्लिल सामाग्रीहरु कसैले प्रशारण, प्रर्दशन र बिक्री वितरण नगर्न शुक्रवार गृह मन्त्रालयले सबैलाई सचेत गराएको छ ।
सूचना प्रविधिको प्रयोगमा आएको व्यापकतासगै इन्टरनेट लगायतका विधुतीय संन्चार माध्यमहरुमा सार्वजनिक नैतिकता र शिष्टाचार बिरुद्धका तस्विर र सन्देशहरु जथाभावी आउन थालेपछि गृहले यस्तो चेतावनीयुक्त सूचना जारी गरेको हो ।

आफैंलाई चोट पुर्‍याउने सनक

माघ ८ - अठार वर्षे नैनाले आफनो  पाखुरा ब्लेडले चिरेर पे्रमीको नाम लेखेकी छन् । अग्लो ठाउँबाट हामफाल्ने रमेश केही महिनाको अस्पताल बसाइपछि घर फर्केका छन् । मट्टीतेल/पेट्रोल खन्याएर आफैंलाई आगो लगाउन खोज्ने रुनूलाई उनका पतिले जोगाए । घाँटीमा पासो लगाउन खोज्ने सुरेशलाई छिमेकीहरूले बचाए । स्लिपिङ टयाबलेट खाएकी सरला आफन्तले तत्काल अस्पताल नपुर्‍याएका भए बाँच्दिनथिन् ।  

माथि उल्लिखित घटना हाम्रो समाजमा प्रायः देखिने गरेका छन् । जानेर सामान्य मानसिक स्थितिमा यसरी आत्मक्षति पुर्‍याउने गरिएको मान्यता पनि हाम्रो समाजमा विद्यमान छ । यस्तो सनक भएका व्यक्तिहरूले धेरै मानसिक तनाव, आन्तरिक असन्तुलन वा धेरै

सावधान ! काठमाडौंमा महाकालको खतरा !

काठमाडौंमा महाकालको खतरा बढेको छ । यो कुनै सनसनी मच्चाउनका लागि गरिएको प्रचारवाजी होइन । सांच्ची बढेको छ  यस्तो खतरा । त्यो महाकालले ७ लाख नेपालीहरुको ज्यान समेत लिनसक्ने चेतावनी दिइएको छ । कसैको मनगढन्ते चेतावनी होइन यो । सरकार र आधिकारिक संस्थाहरुले नै दिएको चेतावनी हो । के हो त्यो महाकाल  ?  कसरी आउछ त्यो महाकाल ? यसै सम्बन्धमा तयार पारिएको विशेष रिपोर्ट । 

भयानक भूकम्पको जोखिममा परेको छ नेपाल । विश्वका अन्य देशको तुलनामा भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औं नम्बरमा छ । विश्वका २१ शहरलाई आधार बनाएर गरिएको अध्ययनमा पनि काठमाडौं भयानक भुकम्पको जोखिममा छ । सन् १९९० सालमा त ८ हजारको मात्र ज्यान गयो  । तर अब नेपालमा त्यस्तै भूकम्प आएमा एकलाखदेखि सातलाखसम्मको ज्यान जान सक्ने अनुमान छ ।

Thursday, January 20, 2011

लाज लाग्दैन ?

 -राजेन्द्र खाती क्षेत्री, (ललितपुर)

जुन देशका नेताहरु आफू नाड्डो हुँदा पनि लाजै मान्दैनन् त्यस्ता नेताहरुले देशको लागि के गर्छन् देशलाई अनिर्णयको बन्दीबाट मुक्ति गर्लान् र देशलाई विकासको अग्रगमनतिर लैजानेछन् भनेको त यिनीहरुले एकपछि अर्को गर्दै झन् देशलाई नाड्डो बनाउन थाले।

Wednesday, January 19, 2011

पहिले पति पीडित अहिले पत्नी पीडित

यमुना अर्याल

दुई हप्ता पहिलेको नेपाल साप्ताहिकमा पत्तीपीडितको कहानी पढेपछि केही नलेखी बस्नै सकिँन । मेरै आखाँले देखेका कैयौँ पत्नीपीडित छन जो समाजको इज्जतका लागि हिंसा सहेर बसेका छन । केही भन्नै नहुने, अधिकार र समानता कुरा झिकी हाल्ने , एक पैसाको जागिर खायो भन्दै दश पैसाको फुर्ती लगाउने नेपाली महिलाको परिपाटी देख्दा त लाजै लाग्छ । हुन त यी कुरा हाम्रा अधिकारकर्मीले सुनेभने महिला भएर पनि महिलाविरोधी कुरा गरेकी भन्लान् । अझ यिनै महिलाहरु पुरुषले हेपे भन्दै नारा लगाउँछन । आफूले दुई पैसा कमाउँदैमा त्यत्रो धाक लगाउने महिलाले सोँच्नु पर्ने हो आफ्ना श्रीमानले कमाई गरेर श्रीमती घर परिवार सबैलाई पालेका हुन्छन । उनीहरुले यसो केही भनेपनि सहनुपर्छ । यहाँ पुरुषले जति महिलाले कमाउथे र घरपरिवारको सबै जिम्मा आफ्नै काँधमाथि थुपारिन्थ्यो

१२ जना नेपाली श्रमिक मलेसियाको जंगलमा

दिनेश कार्की, मलेसिया 

मलेसिया । बैदेशिक रोजगारीका लागि मलेसियाका कान्जाक राय एसडीएन बिचडी (Kangak Raya SDN.BHD) मा आई पुगेको १२ जना नेपाली श्रमिकहरु बीचल्लीमा परेका छन् । उनीहरु मेनपावर कम्पनीले भने बमोजिम काम र मेनपावरलाई बुझाउने रकम धेरै भएपछि विचल्लीमा परेका हुन् । मलेसियाको बातुपहात स्थित जंगलको बीचमा उनीहरुलाई राखिएको छ ।

Tuesday, January 18, 2011

छिमेकीले संसारकै महंगो घर बनाए

संसारका चौथो तथा भारतका सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका मुुकेश अम्बानीले आफ्नो नयाँ घरको निर्माण भर्खरै सकेका छन् । भारतीय शहर मुम्बइमा बनेको एन्टिलिया नाम गरेको उक्त भवनको डिजाइन भने सिकागोस्थित पर्किन्स एण्ड विल नाम गरेको कम्पनिले तयार गरेको हो । अन्तराष्ट्रिय एजेन्सीहरुका अनुसार यो घर आजसम्म बनेको संसारको सबैभन्दा महँगो निजी घर हो ।२७ तलाको यो घरमा जिम, स्वीमिङपुल, छ तलासम्मको पार्किङ, अनगिन्तिी बेडरुमहरु उक्त रहेका छन् भने हेलिकप्टर समेत ल्याण्ड गर्नको लागि छानामा तीन वटा हेलिप्याडहरु समेत बनाइएका छन्

बुधबारदेखि टेलिकमको सिपफोन

 नागरिक

काठमाडौं, माघ ४ (नागरिक) - नेपाल टेलिकमले विदेश बस्ने नेपालीलाई सस्तोमा देशभित्रै कल गर्न सकिने सिपफोन बुधबारदेखि सुरु गर्ने भएको छ। यो इन्टरनेटबाट गर्न मिल्ने फोन हो।
सिपफोनको सफ्टवेयर कम्प्युटरमा डाउनलोड गरेर विदेशबाट नेपालमा, विदेशबाट विदेशमै र नेपालबाट नेपालमा यो फोनबाट कुराकानी गर्न मिल्छ। 'काठमाडौंमा पाँच ठाउँबाट सिपफोन बिक्री

Monday, January 17, 2011

हिस्टेरिया : कुण्ठाको विस्फोटन

 डा रवीन्द्र पाण्डेs
१४ वर्षमाथि उक्लन थालेपछि कतिपय किशोरीहरू बिनाकारण रुन्छन्, कराउँछन्, जिद्दी गर्छन्। अस्वाभाविक रूपमा हिंस्रक गतिविधिसमेत गर्छन्। लामो सास लिने, हातखुट्टा बाउँडिने, पेट कराउने, घाँटी अँठ्याएजस्तो हुने, ढुकढुकी तीव्र बढ्ने, काम्ने गर्छन्। किशोरकिशोरीलाई त पीडा हुन्छ नै, अभिभावकसमेत आत्तिन्छन्।
यस्तो समस्या देखिएपछि अस्पतालमा स्वास्थ्य परीक्षण गर्दासमेत शरीरका सबै अंगले सामान्य रूपमै काम गररिहेको भेटिन्छ। रगत र दिसा-पिसाब परीक्षण,एक्सरे, सिटीस्क्यानजस्ता जाँचपड्तालका क्रममा कुनै खराबी देखिँदैन। यसले गर्दा बिरामी थप निराश हुन्छ। देउता लागेको, लागो लागेको भन्दै धामी-झाँक्री, पूजापाठको सहारा लिने

कर्तव्यले गाँजेको जिन्दगी

- सुशीला देउजा
 
लौ आयो हजुर ताजा ताजा तरकारी......प्रभात फेरी लगाए जस्तै हरेक विहानी सुनिने आवाज हो यो । उसको यो आवाजले मलाई खाना पकाउने समयको आभास हुन्छ । ठीक खाना पकाउने समयमा ऊ आई पुग्छ । उसको आवाज र आगमनसँग कुनै अदृश्य सम्बन्ध गाँसिएजस्तै कुनै दिनको अनुपस्थितिले मात्र पनि कताकता असजिलो र केके नपुगेको महसुस हुन्छ । तराई-मूलको एक बृद्ध सधैँजसो घरअगाडि आएर आवाज दिन्छ ।

Sunday, January 16, 2011

नमरी स्वर्ग देखिन्न

कमल रिजाल
 
चिनियाँ दार्शनिक कन्फ्युसियस भन्छन्- 'संसारमा केही मानिस यस्ता पनि छन् जो स-सानो राम्रो काम गर्नाले अरुको भलाइ गर्न सक्दैन भन्ने ठान्छन् र राम्रो काम गर्दैगर्दैनन् । त्यस्तै संसारमा केही यस्ता मानिस पनि छन् जो स-सानो नराम्रो काम गर्नाले कसैको नराम्रो गर्दैन भन्ने ठान्छन् र नराम्रो काम गरिरहन्छन् । फलतः उनीहरूको नीचपन र अपराध यति बढेर जान्छ कि त्यसलाई आँखा चिम्लिन पनि सकिन्न र क्षमा दिन पनि सकिन्न ।' सबै सानोबाटै ठूलो हुने हो र थोरैबाटै धेरै हुने हो । वृक्ष बन्ने पनि बीज नै हो, समुद्र बन्ने पनि थोपाथोपा मिलेर नै हो । सबैले म एउटाले नराम्रो गरेर के फरक पर्छ र

गरिब नेपाल र नेपालको गरिबी


श्यामल

नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरिबको महिमामण्डन गरेका छन् भन्ने पनि केहीको विचार छ । एक स्फूग पद्यमा 'गरिब भन्छौ सुखको मभै"m धनी, मिल्दैन संसारभरि कतै पनि' भनेर उनले गरिबले आˆनो शुद्ध परिश्रमका कारण पाउने सुखको तथा सुलोचना महाकाव्यमा 'म आˆनो घरको राजा झुपडी नै भए पनि' भनेर पात्रकै मुखबाट गरिबको आत्मसम्मानको सुखको महिमा गान गरेका छन् । वास्तवमा न उनले गरिबी महान् हो भनेका हुन् न त झुपडीको राजा भएर बस्नु नै महानता हो भनेका हुन् । उनका यी

प्रत्येक नेपालीको टाउकोमा १४ हजार राष्ट्रिय ऋण

आमाको गर्भ छाडेर धर्ती टेक्ने हरेक नेपाली शिशु १४ हजार राष्ट्रिय ऋणले थिचिएर ँच्याँ’ गर्न बाध्य छन् । सरकारले विकासका नाममा स्वदेशी तथा विदेशी वित्तीय संघसंस्था र देशहरूबाट ऋण लिइरहेको छ, तर विकास नभए पनि ऋणको सावाँ र ब्याज भने राष्ट्रिय ऋणका रूपमा नेपाली जनतामाथि थपिँदै गएको छ

Saturday, January 15, 2011

आज माघे संक्रान्ति पर्व

काठमाडौं, १ माघ : घिउ, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ खाएर मुलुकभर शनिबार माघेसंक्रान्ति पर्व मनाइँदै छ । नेवार समुदायमा भने ती खाद्य वस्तुहरूका साथै सम्येबजी (चिउरा, पोलेको मासु, साँधेको भटमास, अदुवा र रक्सी वा जाँड) का साथै सिद्रा माछा खाने चलन छ । गाउँघरमा यो पर्वमा घिउ, चाकु, अघिल्लो दिन उसिनेको तरुल, मासको फुलौराका साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाइएको खिचडी खाने चलन छ । विशेषगरी घिउ र चाकु खाने भएकाले नेपालभाषामा 'घिउ, चाकु सँल्हु' भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीका साथै 'यलय् पलः (पाटने पालुङ्ग)' भनिने एक प्रकारको लामो खालको मालुङ्ग खाने चलन छ ।

श्रीमती माइती गएपछि आत्महत्या

महोत्तरी, १ माघ : श्रीमती माइती गइदिएको झोंकमा गएराति महोत्तरीमा एक युवकले विषादी सेवन गरी आत्महत्या गरेका छन् । सुगा भवानीपट्टि गाविस–३ बस्ने वर्ष १८ का राकेश मण्डलले गएराति आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शुक्रवार दिनभरि रिक्सा चलाएर राति घर गएको युवक मण्डलले श्रीमती माइत गइसकेको थाहा पाएपछि राति नै ससुराल गएको तर सँगै श्रीमती नआएपछि विषादी सेवन गरी घर फर्केको बताइएको छ  ।

Tuesday, January 11, 2011

हिमपात र शीतलहरले जनजीवन प्रभावित

काठमाडौँ । उच्च पहाडी भेगमा हिमपात र तराईमा चलेको शीत लहरले अत्यधिक चिसो बढी मुलुकको जनजीवन प्रभावित भएको छ ।
हिमपात र बाक्लो हुस्सुले कठ्याङ्गि्रदो चिसो उत्पन्न हुँदा विशेष गरी तराईमा केही दिनदेखि सडक तथा हवाइ यातायात, शिक्षा, स्वास्थ्यलगायतका समग्र क्षेत्र प्रत्यक्ष तथा

Monday, January 10, 2011

यी हुन् एक्लै ४० डाँका तह लगाउने बहादुर

पोखरा, पुस २७ - एक्लै ४० डाँकालाई परास्त गरी थुप्रै यात्रुको धनमाल र युवतीको इज्जत जोगाउन सफल भारतीय सैनिकमा कार्यरत पोखरा, ६ बैदामका बिष्णुप्रसाद श्रेष्ठलाई भारत तथा स्थानीयस्तरमा सम्मानको ओइरो लागेको छ । 
आफ्नो १७ बर्षे सैनिक सेवाबाट निबृत्त भएर घर फर्किने क्रममा रेलमा आक्रमण गर्ने डाँकालाई परास्त गरेका ३५ वर्षिय श्रेष्ठ यतिबेला गाउँटोल तथा भारतभर चर्चामा छन् । घटनापछि उनी निबृत्तबाट फेरि सेवामा फर्काइएका छन् भने बढुवाको अवसर मिल्दैछ । साथै विभिन्न पदकबाट

मरेको मान्छेको समेत पैसा खाने राजदूत

एउटा राजदूतको काम के हो ?
देशको प्रतिनिधित्व गर्दै विदेशमा आफ्नो राष्ट्रको र आफ्ना नागरिकहरुको बढीभन्दा बढी हितका लागि सदैव क्रियाशील रहनु।
तर साउदी अरबका राजदूत हमिद अन्सारीका बारेमा जस्तो समाचार आइरहेको छ, त्यो सुन्दा त राजदूतको परिभाषा नै परिवर्तन गर्नुपर्ने झैँ लाग्छ। राजदूतको काम ‘एनी हाउ पैसा कमाउ’ जस्तो पो देखियो त। हुँदाहुँदा मरेको मान्छेका लागि त्यहाँको कम्पनीले दिएको क्षतिपूर्ति रकमसमेत आफ्नो निजी खातामा राखेर पीडितको परिवारलाई दिनै मान्दैनन् रे डेढ वर्ष भइसक्यो।
कस्तो लाज नभएको हेर्नुस् त। साउदीमा दुर्घटनामा परी मृत्यु भएका रमेश

पिलाउँदै जाउ प्रीय

पिलाउँदै जाउ प्रीय
म पीउँदै जाँउ
चढाउदै जाउ नसा प्रीय प्रेमको
आफैभित्र म हराँउ
लेउ आलिङ्गनभित्र प्रीय
तिम्रै प्रेममा म रमाउँ
बँन्धन प्रेमको कसिदेउ
कहिल्यै म

सन्तुष्टि (कथा

टिन टिन घण्टी बज्यो सविताले मोबाइल फोन उठाइन्, हलो भन्न नपाउँदै उताबाट अधवैँशे पुरूषको आवाज आयो - "धुलिखेलको सधैँ भेट्ने होटेलमा छु । तिमी छिटो यहाँ आइहाल । ट्याक्सीमा आउ जति लागे पनि लागोस् म तिरीदिउँला । छिटो आउनु आज थुप्रै काम छ ।"
सविता छिटो छिटो गर्दै नुहाएको चिसो कपाललाई पोको पार्दै हत्तपत

Sunday, January 9, 2011

के गर्भवतीलाई यौनचाहना कम हुन्छ ?

गर्भावस्थामा सम्भोग गर्ने कि नगर्ने भन्ने विषय अहिले पनि विवादास्पद छ । दसजनामध्ये कम्तीमा एक महिला बच्चा जन्माउनुअघि यौनसम्पर्क राख्दैनन् । यस्तो अवस्थामा केलाई सामान्य अवस्था र केलाई चिन्ताजनक अवस्था भन्ने ?
गर्भावस्थाले जीवनका धेरै गतिविधिमा प्रभाव पार्छ । एक अनुसन्धानका अनुसार गर्भ रहन गएको छ भन्ने थाहा भएपछि महिलाको यौनेच्छा कम हुन्छ । गर्भवती महिलाको यौन चाहना गर्भ नरहेको अवस्थामा भन्दा आधा कम हुन्छ । पहिलो तीन महिनासम्म त लगभग पाँचगुना कम हुने अनुसन्धानले देखाएको छ ।
द बेबी डटकम’का सम्पादक क्याथराइन क्राउफोर्ड भन्छिन्, ‘गर्भ रह्यो भन्ने निश्चित भएपछि दम्पतीहरू

Friday, January 7, 2011

भ्रष्टाचार

-शेखर ढुंगेल- 
‘ संसारमा सबैभन्दा गरीब त्यो हो जसले लालचलाई कहिल्यै त्याग्न सक्दैन, चाहे त्यो मानपदवी नै किन नहोस्, ऊ जत्तिको भ्रस्ट अरु हुन पनि सक्दैन’ – एक सन्त
भ्रस्टाचार एउटा सामाजिक महारोग हो। यसलाई कम नगरेसम्म जस्तोसुकै व्यवस्था आए पनि र जोसुकैको नेतृत्व भए पनि देश अगाडि बढ्नैद। नेपालमा अहिले भ्रस्टाचार कै कारण प्रहरी, प्रशासन, न्यायालय, संवैधानिक निकायसमेत अर्थहीन जस्तो देखिएका छन्। यसले जनतामा

Thursday, January 6, 2011

लोप हुँदै छ पानी घट्ट

कुलोभरी कलकल गर्दै बगेको पानी ठाडो गरी राखिएको काठको सानो कुलेसो जस्तो डुँडबाट जोडले खनिदा काठको सानो मुँढोमा मिलाएर अड्काईएका पोहरामा पर्ने जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुँगा फनफनि घुम्न थाल्छ तब शुरु हुन्छ नेपाली जीवनशैलीमा आदिम कालदेखि स्थान पाएको घट्टको पिसानी कार्य।

फनन घुमिरहेको घट्ट माथी ट्वाङ ट्वाङ गर्दै उफ्रिने कलात्मक चराको उफ्राईको बलले बाँसबाट बुनिएको सोलीमा राखिएको अन्न क्रमशः खस्दै जान्छ । बेस्सरी घुमिरहेको

Tuesday, January 4, 2011

भेडेटारको विकासमा अमेरिकी टोली

धरान । धनकुटाको पर्यटकीयस्थल भेडेटारको विकासमा स्वदेशी तथा विदेशी दाताहरुले चासो देखाउन थालेका छन् । दाताहरुको सहयोगले भेडेटार नमूना गाउँ बन्ने तरखरमा अघि बढेको छ ।

पर्यटकहरुको आकर्षण केन्द्र बनाउँन भेडेटार-७ अन्तरगत पर्ने नाम्चे गाउँको थुम्की भन्ने डाँडामा अमेरिकन नागरिक राजिव गोयलको सकि्रयतामा स्पिरिट प्लेस आत्मा बस्ने ठाउँ नामको सुन्दर म्युजियम बन्ने भएको छ । गोयलको भनाईमा सो म्युजिममा कुनै सामानको संग्रह

नेपालमा २५ देशका लागुऔषध कारोबारी

अमेरिकादेखि चीन, नाइजेरियादेखि तान्जानियासम्मका लागुऔषध कारोबारीको अखडा बनेको छ काठमाडौं । वेलावेला लागुऔषधका कारोबारी पक्राउ परेको समाचार सार्वजनिक गर्छ नेपाल प्रहरी, तर पक्राउ पर्नेहरू भरिया मात्र हुन् । तिनका ँडन’ विदेशमा छन्, विदेशबाटै कारोबार गर्छन् । त्यसैले ँट्रान्जिट’ नेपालमा लागुऔषध कारोबार झन्झन् बढ्दो छ ।
२५ भन्दा बढी देशका लागुऔषध कारोबारीले नेपाललाई सुरक्षित 'ट्रान्जिट'का रूपमा प्रयोग गर्दै आएका छन् । सिंगापुर र थाइल्यान्डलाई

Monday, January 3, 2011

विवाह र सम्बन्ध

भक्त गुरुङ
वैवाहिक सम्बन्ध कच्चा भएमा सम्बन्ध बिच्छेद हुन्छ। यो हरेक समाज अनुसार फरक फरक रूपबाट गरिन्छ। गुरूङ समाजमा यस प्रक्रियालाई “सिन्को भाँच्ने” भनिन्छ। सिन्को पनि “रानी सिन्को” जुन एकदमै कच्ची हुन्छ। यसपछि दुवै पतिपत्नी स्वतन्त्र रहन्छन् र उनीहरुको सम्बन्ध पति पत्नीबाट दाजुबहिनीको जस्तो हुनेछ भनी गाउँका केही भद्र भलादमीहरुको छलफलबाट निर्णय गरिन्छ। यसमा पति पत्नी दुवै पक्ष मञ्जूर हुनु पर्ने हुन्छ।
विवाह एउटा जटिल समाजिक प्रक्रिया हो। विवाहलाइ जीवनको एउटा महत्वपूर्ण अंगको रुपमा मानिन्छ। जब एउटा नव-जात शिशु जन्मंछ,अनि उसले वातावरण,समाज

अलिकती हासौ

 

मोटु र डाक्टर

एकजना असाध्धै मोटो मानिस दुब्लाउने सल्लाह लिन डाक्टर कहाँ गएछ।
मोटे: मेरो शरिर असाध्धै मोटो भयो, मलाई दुब्लाउने  उपाय दीनुपर्यो !
डाक्टर: दुब्लाउन त सजिलो छ नी ! बेलुकामा २टा रोटी खाने बानी गर्नुहोस त एक सालमै तपाई चाहेजस्तो दुब्लो हुनुहुनेछ ।

Sunday, January 2, 2011

गुडबाई मेरी

 राजुबाबु श्रेष्ठ
प्रभात ! अब तिमीले आफ्नो बासको बन्दोबस्त गर । आजको ठीक एक महिनापछि तिम्रो र मेरो डिभोर्स हुनेछ । त्यसपछि म तिमीलाई मेरो घरमा राखिरहन सक्दिनँ ।" बिहान घरबाट निस्कनुअघि मेरीले भनेको कुराले एकाएक उसको मनभित्र सुनामी पस्यो । ऊसँग आफँैले आफैँलाई राहत दिनु र उद्धार पुर्‍याउनुबाहेक अर्को विकल्प थिएन । उसले आफैँलाई सम्झाउने प्रयत्न गर्‍यो । मेरीसँग बिताएका दुई वर्षका सुमधुर पलहरूको दृश्य गाढा भएर उसका अगाडि नाच्न थाल्यो । ऊ एकैछिन रोमाञ्चित भयो । तर, फेर िमेरीको घर छाडेर निस्कनुपर्ने दिन सम्झेर मन खिन्न भयो । उसको अनुहार कालो बादल लागेको दिनजस्तै भयो ।
उसलाई अब कहाँ जाने र के खाने भन्ने सवाल त्यति ठूलो थिएन । उसले अमेरकिालाई राम्रैसँग चिनेको थियो । धेरै नेपाली साथीहरू पनि बनाइसकेको थियो । केही अमेरकिीहरू पनि चिनिसकेको थियो तर मेरीजस्तो व्यावहारकि र माया गर्ने साथी उसले भेट्न सकेको थिएन । यद्यपि, उसले सुरुमा ग्रीनकार्ड प्राप्त गर्ने लालसाले मेरीसँग दुईवर्षे 'कन्ट्याक्ट म्यारजि' गरेको थियो । तर, जब ऊ मेरीको घरमा बस्न थाल्यो, उसले सबै सम्झौताहरू भुलेर मेरीलाई साँच्चिकै माया गर्न थालेको थियो । उसले मेरीलाई एउटा श्रीमान्ले

Saturday, January 1, 2011

ए कवि !

ए कवि !
सुटुक्क रातलाई बोलाएर
आज पनि कविता लेख्न बस्यौ हैन ?
बेदनारूपी महासागरमा स्खलित भएर
आज पनि त्यस्तै कविता लेख्यौ होला
रूपमतीहरुको बलात्कृत कविता,
अरबको तापमानमा सिउँडी भएका बुद्धिमानहरूको कविता,
लोग्ने छुट्याउन नसकेका गर्भिणीहरुको