जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, February 26, 2011

ससुराली घरमा आगजनी, सासुमाथि खुकुरी प्रहार

ससुराली पुरुषको दोस्रो घर मानिन्छ । ज्वाँई ससुरालीकालागि सधैको सम्मानित पाहुना हो । उसलाई सासु ससुरा लगायतका ससुरालीले लागे पुगे र सके सम्मको सम्मान दिन्छन् । यो हिन्दु संस्कार हो । तर एक ज्वाँईले त्यहि घरमा आगजनी गरी सासुलाई खुकुरी प्रहार गरेका छन् ।
उदयपुरको पहाडी गाविस बलम्तामा

स्वस्थ यौन जीवनका कुरा

धेरैजसो पुरुष जब कामोत्तेजित हुन्छन्, त्यसबेला उनीहरूको शारीरिक प्रतिक्रिया एवं हाउभाउबाट केही कुरा अनुमान लगाउन सकिन्छ । कै यन् अवस्थामा पुरुषहरू पनि आफ्ना इच्छालाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन् तर यसको अर्थ उनीहरू यौन आनन्द नै लिँदैनन् भन्ने हो इन । अतः पुरुषको शारीरिक प्रतिक्रिया र तिनलाई आकषिर्त गर्ने रहस्य थाहापाएर उनीहरूलाई सन्तुष्ट गर्नुका साथै

Friday, February 25, 2011

प्रशान्त तामाङको जोडी बाँधियो

दार्जीलिङ निवासी नेपाली मूलका गायक तथा इन्डियन आइडल प्रशान्त तामाङको विवाह सम्पन्न भएको छ । यो वर्षको सफल चलचित्र ' गोर्खापल्टन'का नायक तामाङको नागाल्यान्ड, डिमापुर निवासी गीता थापा मगरसँग यही फागुन ४ गते धूमधामले लगनगाँठो कसिएको छ ।  तामाङको गीतासँग केही वर्षअघिदेखि नै प्रेमसम्बन्ध थियो । वैवाहिक कार्यक्रममा सहभागी हुन उनले अभिनय गरेका दुई चलचित्र 'गोर्खा  पल्टन' तथा 'अँगालो यो मायाको' का निर्माताहरू क्रमशः जितु वंशल तथा किशोर दुङ्माली नागाल्यान्ड पुगेका थिए । तामाङले केही  समयअघि नै नेपालमा रहेका शुभेच्छुकहरूका लागि प्रीतिभोज दिने कुरा बताएका थिए ।

यौन धन्दा चलाएको आरोपमा गाउँ निकाला

फाल्गुन १४ भद्रपुर 

अवैधरुपमा मदिरा बिक्री गरेको तथा यौन धन्दा चलाएको भन्दै चन्द्रगढी–६ धनुषमोडका बासिन्दाले दुई महिलालाई शुक्रबार गाउँ निकाला गरेका छन् । 
झापा जिल्ला सदरमुकाम चन्द्रगढीमा प्रहरी–प्रशासनकै आँखाअगाडि चारआली गाउँछेउ कृष्णबहादुर खड्काको घर भाडामा लिएर एक वर्षदेखि अनमोल कोल्ड सेन्टर सञ्चालन गर्ने महिलाहरु यौन व्यापारमा संलग्न रहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । संगीता राई र रिना नाम बताउने महिलाको अगुवाईमा सो कोल्ड सेन्टर सञ्चालन भइरहेको थियो । उनीहरु दुवैलाई

इराकमा भएको बम विष्फोटमा पाँच जनाको मृत्यु

एजेन्सी । 

इराकको राजधानी बग्दाद र दियालामा भएको छुटाछुटै बम विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बग्दादको उत्तर पूर्वमा रहेको दियालाको अल सादिया शहरमा इराकी सेनाको पोसाकमा आएका बन्दुकधारीहरुले एक घरमा गोली प्रहार गर्दा एकै घरका चार जनाको मृत्यु भएका हो । दियालाबाट सुरक्षाकर्मीले शंकास्पद दुईजनालाई पक्राउ

कसरी भइरहेको छ उद्धार न्युजिल्यान्डमा ?

 -सुरज बस्न्यात/न्युजिल्यान्ड-
 
फोटोः marionv08/twitpicन्युजिल्यान्डको दोस्रो ठूलो सहर हो क्राइस्टचर्च। यहाँ अस्ति मंगलबार दिउँसो भएको भूकम्पले ठूलो धनजनको क्षति गर्‍यो। झन्डै एक सय जति मान्छेको शव निकालिएको छ भने तीन सय जति हराइरहेको अनुमान छ। यही देशमा भएकोले उद्धार कार्यको बारेमा प्रत्यक्ष जानकारी पाइरहेको छु विभिन्न माध्यमबाट। प्रधानमन्त्रीदेखि सिभिल डिफेन्स, विद्यार्थी, सेना, पुलिस, रेडक्रस सबै अहोरात्र उद्धार कार्यमा ब्यस्त छन्। टाढाको सहरमा भएको हुँदा त्यहाँ भएका नेपालीसँग प्रत्यक्ष कुराकानी गर्न पाएको छैन टेलिफोन बिग्रिएकोले। अहिलेसम्म नेपालीको बारेमा नराम्रो केही सुनिएको छैन। तापनि

Thursday, February 24, 2011

तेह्र युवतीलाई बन्धक बनाउने तीन दलाल नियन्त्रणमा

काठमाडौँ, फागुन १२ - 

काठमाडौँको जोरपाटीस्थित एक घरमा १३ युवतीलाई बन्धक बनाइ राख्‍ने तीनजना दलाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ।बाँके, झापा, इलाम र पाँचथरबाट ल्याइएका ती युवतीलाई दलालले अरुले जानकारी नपाओस् भन्ने उद्देश्यले बन्धक बनाएर राखेको बुझिएको छ। धरानका राजु शाक्य, झापाकी लक्ष्मी खड्का र आशालाल मिचेले ती युवतीहरुलाई जोरपाटीको एक घरमा राखेर कसैसँग सम्पर्क गर्न नदिई बन्धक बनाएको छ भन्ने युवा सङ्घ

लिबियाका नेपालीलाई कायरो लगिँदै

मणि दाहाल, काठमाडौं, फागुन १२- 

खाडी मुलुक लिबियामा सरकारविरोधी प्रदर्शन चर्केपछि पूर्वी सहर दर्नामा अलपत्र नेपाली कामदारको उद्धार थालिएको छ। बुधबार अपराह्न त्यहाँ रहेका नेपालीलाई आठवटा ट्रकमा राखेर दर्नाबाट इजिप्टको राजधानी कायरोतर्फ लग्न थालिएको छ।
नेपाली कामदार रहेको दक्षिण कोरियाली निर्माण कम्पनी 'वन कन्ट्रक्सन' ले उद्धार व्यवस्था मिलाएको त्यहाँ कार्यरत एक कामदार दुवरचन्द्र राईले जानकारी

Wednesday, February 23, 2011

कान्छी (कथा)

 - राजेश नतांश

कान्छीको पेट दिनानुदिन चुलिदै थियो । गाउँमा उसकै चर्चाका आँधीबेहोरीहरु
चलिरहेका थिए । गाउँलेहरु प्रत्येक गुट र उपगुटमा विभाजित भएर उसकै
आलोचना गर्नमा अभ्यस्त देखिन्थे । चियापसल, धारामा कान्छीकै विषयमा
छानवीन गरिन्थ्यो जस्तो कि त्यहाँ कुनै अदालती इजलास चलिरहेको होस् ।
जहाँ एउटा अन्त्यहीन बहस चलिरहेको प्रतित हुन्थ्यो । आफ्नो आँखा अगाडि
यस्ता घटित दृश्य देखेर म निक्कै मर्माहित बनेकी थिएँ । साँच्चै, कान्छी

अभिभावकमै निर्भर सन्तानको भविष्य

संगीता रौनियार 

विवाहपछि प्रत्येक नारीलाई मातृत्व सुखको चाहना हुन्छ । घर-आागनमा स-साना बालबालिकाको तोतेबोली गुञ्जियोस् भन्ने चाहना परिवारका सदस्यहरूको हुन्छ । तिनै बालबालिका यौवनावस्थामा पुगेपछि भने सपना पूरा भएको अनुभव हुन्छ । भनिन्छ-युवावस्थामा पुगेका छोराछोरीलाई आमाबुवाले साथीसरह व्यवहार गर्नुपर्छ तर हाम्रो त्याग, तपस्या, मायामा कतै केही न केही कमी-कमजोरी हुन्छ । सम्भवतः त्यसैले हाम्रा सन्तान आफ्नै अभिभावकलाई ढााट्ने, छल्ने आदि व्यवहार गर्न

भूकम्पले न्यूजिल्याण्डमा ६५ को मृत्यु

नारायण खड्का - अष्ट्रेलिया, फाल्गुन १० - 

न्युजिल्याडमा बुधबार बिहान गएको भुकम्पमा परि ६५ जनाले ज्यान गुमाएका छन् । दर्जनौं पुरिएको र करोडौं डलर बराबरको सम्पतीको क्षति भएको अधिकारीहरुले जनाएका छन् । घटनामा कुनैपनि नेपालीहरु हताहत भएको सुचना अहिलेसम्म नआएको अष्ट्रेलियास्थित नेपाली दुतावास र अवैतनिक महावाणिज्यदुतावासले बताएको छ ।
मध्यान्ह १२ बजेर ५१ मिनेट अर्थात नेपाली समयअनुसार बिहान ५ बजेर ५१ मिनेटमा गएको भुकम्प ६.३ रेक्टर स्केल मापन गरिएको छ । भुकम्पका कारण न्युजिल्याडको मुख्य तथा पर्यटकीय शहर क्राइष्टचर्च करिब ध्वस्त भएको छ । भुकम्पमा परि अहिलेसम्म ६५ जनाले ज्यान गुमाईसकेको न्युजिल्याडका प्रधानमन्त्री जोन केले पुष्टि गरेका छन भने यो साख्या अझ बढ्न सक्ने बताएका छन् ।

विदेशमा नेपाली मोबाइलबाटै कुरा

रामचन्द्र भट्ट, काठमाडौं, फागुन ११ – 

विदेश यात्रामा युरोप, अमेरिका पुग्ने जोसुकै व्यक्तिले नेपाली मोबाइलबाटै कुराकानी गर्न सक्ने भएका छन्। ब्ल्याकबेरी मोवाइल बोक्नेले भने थप महसुल नतिरी निर्वाध इन्टरनेट सेवासमेत चलाउन सक्नेछन्।
नेपाल टेलिकम र एनसेलले आफ्ना उपभोक्तालाई रोमिङ सेवाको सुविधा दिए पछि यस्तो संभव भएको हो। निश्चित रकम तिरेर यस्तो सेवा लिने नेपाली मोबाइल टेलिफोनका ग्राहकले विदेशमा जाँदा आफ्नै मोबाइलबाट कल गर्न र टेलिफोन रिसिभ गर्न सक्नेछन्।

Tuesday, February 22, 2011

एक नेपाली युवा अमेरिकामा माग्दैछन् जिवनको भिक्षा

न्युयोर्क -

एकजना नेपाली युवाले अमेरिकामा जिवनको भिक्षा मागिरहेका छन् । मृगौला खराब भएपछि न्युयोर्कमा सुरक्षा गार्डको काम गर्दै आएका शेरबहादुर बुढाथोकीले नेपालीहरुसंग उपचारका लागि सहयोगको याचना गरेका छन् । ३३ वर्षका बुढाथोकीको मृगौला अन्तिम अवस्थामा पुग्दै गरेको ६ महिना अगाडि नै चिकित्सकले जानकारी दिएका थिए । तर उपचारका लागि रकम अभावका कारण बुढाथोकीले उपचार गराउन सकेका छैनन् ।तीन वर्षको उमेरमा नै बाबुआमा गुमाएका बुढाथोकी सन् २००९ मा अमेरिका आएका थिए । त्यतीबेलादेखि नै उनले सुरक्षा गार्डको काम गर्दै आएका छन् । ६ महिना अगाडि चेकअप गराउंदा मृगौला असाधारण अवस्थमा पुगेको थाहा पाएको बुढाथोकीको भनाइ छ । अपरेशन गर्न अत्यन्तै महंगो पर्ने भएकाले र तत्काल त्यसका लागि भारत जानुपर्ने भएकाले

मास्टरले नै व्लु फिल्म सुटिङ गरेपछि……

हुन त अहिले व्लु फिल्म छ्याप छ्याप्ती पाइन्छ । बजारमा रोजी रोजी र इन्टरनेटमा खोजी खोजी व्लु फिल्म हेर्नेहरुको ताती पनि उस्तै छ । कतै स्कुल सेक्सका नाममा त कतै हट सेक्सका नाममा । तर विद्यालयमै शिक्षकले व्लु फिल्म सुटिङ गरेपछि एक जोडी कारवाहीमा परेको छ ।
बेलायतमा एक जना शिक्षकले सहायक कर्मचारीसँग ‘सेक्स टेप’ बनाएपछि विद्यालय प्रशासनले दुवैजनालाई निलम्वनमा गरेको छ । उनीहरु दुवै जनाले सेक्स टेप मात्र बनाएका थिएनन्, त्यसलाई विद्यालयको कम्युटरमा समेत राखेका थिए । शिक्षकका साथिहरुले कम्प्युटरमा सेक्स

Monday, February 21, 2011

पूर्वगृहमन्त्रीले लगे एक करोडको पजेरो


काठमाडौं, ९ फागुन

निवर्तमान गृहमन्त्री भीमबहादुर रावलले एक करोड मूल्यको मित्सुबिसी पजेरो गाडी घर लगेका छन् । आफ्ना लागि भन्दै एक वर्षअघि किन्न लगाएको पजेरो नै रावलले लगेका हुन् ।
नयाँ आउने गृहमन्त्रीबाट अनुमोदन गराउने गरी गृहसचिव डा. गोविन्द कुसुमले रावललाई बा.१झ ८६७१ नम्बरको गाडी दिने निर्णय गरेको स्रोतले बतायो । स्रोतका अनुसार रावलकै दबाबमा उनले गाडी दिने निर्णय गरेका हुन् । नियमअनुसार अघिल्ला मन्त्रीलाई गाडी दिने निर्णय नयाँ गृहमन्त्रीले गर्नुपर्ने हुन्छ ।
सचिव कुसुमले रावल गृहमन्त्री छँदा प्रयोग गरेको महँगो गाडी

लोडसेडिङको अँध्यारो

लोडसेडिङको अँध्यारोले जन्माउने असन्तोष र निराशाले देशको अर्थतन्त्र र समाज व्यवस्थामै गम्भीर संकट निम्त्याइरहेको छ

ऊर्जा संकटको चरम नमुना दैनिक चौध घन्टा लोडसेडिङले प्रस्तुत गरिरहेको छ । तर, लोडसेडिङका सन्दर्भमा छलफल गर्न बोलाइएको संसद्को प्राकृतिक स्रोतसाधन समितिको बैठकमा सभासद्हरू नै अनुपस्थित भएपछि नैतिक संकटको समेत नमुना मुलुकले देख्यो । जनजीवनमाथि प्रत्यक्ष

बिबाह (लघुकथा)

आमाले खोजेको पहिलो कन्या गृहकार्यमा निपुर्ण थीईन, अशीक्षित भनी बाबुले फर्काईदिए। दोस्री कन्या शिक्षित र सुशिल थिईन तर नराम्री भनी छोराले ईन्कार गरिदियो । त्यसपछिको केटी बाबुले खोजे, शिक्षित र शुन्दर पनि, तर घर-धन्दामा अदक्ष भनी आमाले मनीनन्।
चौथी कन्या लमीले मिलाए, जो प्रशस्त दाईजो ल्याउनेवाली थीईन। अचानक उनका सबै ‘खोट’ हरु ‘गुण’ मा परिवर्तन हुन थाले।
“नपढेर के भो’ त?, …… हामि बुहारिलाई जागिर खान पठाउने पनि हैनौं नी!” बाबुले बक्तव्य निकाले। “स्वास्नी धेरै राम्री भए सबैको आँखा लाग्छ …… ” छोराले तर्क तेर्स्यायो। “घर धन्दा गर्न त ‘कान्छा’ छँदै छ नी!” आमाले विचार बदलिन।
यसरी तुरुन्तै सर्बसम्मतिमा बिबाह पारित भयो ।

छोरी बेच्ने बाबु कारागार चलान

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, फागुन ९- सिन्धुपाल्चोक जिल्ला अदालतले किशोरी छोरी बेचेको अभियोगमा उनका बाबुसहित तीन जनालाई थुनामा राख्‍ने आदेश दिएको छ। अदालतको आदेशपछि अभियुक्तहरु दुवाचौर–६ का युवतीका बाबु ६२ वर्षीय लोकबहादुर घले तथा सोही ठाउँका ईश्वर घले र रामकृष्ण घलेलाई सोमबारै जिल्ला कारागार चलान गरिएको छ। न्यायाधीश वीरबहादुर डाँगीको इजलासले यस्तो आदेश दिएको हो।तीन वर्ष भारतीय बेश्यालयमा नारकीय जीवन भोगेर गत माघमा स्वदेश फर्केपछि  १८ वर्षीया 'चौतारा–आई' (प्रहरीले दिएको उपनाम) ले आफ्नै बाबुलाई विपक्षी

Sunday, February 20, 2011

अमेरिकी अदालतबाट शरणार्थीको मान्यता पाउनेहरुमा नेपालीहरु पांचौं नम्बरमा !

नेपालीहरु अमेरिका आउने क्रम बढेको बढ्यै छ । अमेरिका आएका नेपालीहरुले कहिले राम्रो काम गरेर त कहिले नराम्रो काम गरेर बेलाबेलामा रेकर्ड त बनाएकै छन् । अमेरिका आउने र आउनासाथ शरणार्थीका लागि आवेदन दिने नेपालीको संख्या बढेका कारण अब अमेरिकाको अदालतबाट शरणार्थीको मान्यता पाउने नेपालीको संख्या यति बढेको छ कि नेपाल नै अब पांचौ नम्बरमा परेको छ । यसै विषयमा न्युयोर्कबाट विजय पौडेलले तयार पारेका छन्, खास रिपोर्ट ।

श्रीमान् नफर्केपछि हलो जोतेरै गुजारा

दैलेख, ८ फागुन

रोजगारीका लागि तीन वर्षअघि भारत गएका श्रीमान् नफर्केपछि दैलेखकी एक महिलाले हलो जोतेर गुजारा चलाउँदै आएकी छिन् ।
पैसा कमाएर सुखी जीवन बाँच्ने सपना लिएर भारत पुगेका अवलपराजुल-५ सानो ओइरीका देवबहादुर पुनमगरको तीन वर्षदेखि कुनै खबर आएको छैन । देवबहादुर उतै हराएपछि ३८ वर्षीया श्रीमती सुशीला वृद्धा सासू, दुई छोरा तथा एक छोरीको लालनपालनका लागि हलो जोत्न बाध्य भएकी हुन् ।

कामका लागि १० कात्तिक ०६४ मा भारतको अल्मोडातर्फ हिँडेका श्रीमानले ६ महिनापछि नै आउने बताएको तर हालसम्म कुनै खबर नआएको सुशीलाले बताइन् । 'उहाँ गएदेखि केही

Saturday, February 19, 2011

लेट्स मेक अ नाइट टुगेदर

तारा चाम्लिङ- केही घन्टाभित्रै काठमाडौंको रंगशाला खचाखच हुनेछ। देशका विभिन्न ठाउँबाट ब्रायन एडम्स हेर्न आएका दर्शक एकै थलोमा हुनेछन् र ब्रायनसँगै झुम्नेछन्। विश्वप्रसिद्ध रकस्टारसँग झुम्न दर्शकमात्र हैन नेपाली कलाकार पनि उत्तिकै उत्साहित छन्। एउटै मञ्चमा गाउने अवसर पाउँदा अभया सुब्बा दंग छिन्।
'आफूलाई साँच्चै भाग्यमानी ठान्छु। उनलाई प्रत्यक्ष देख्नु पाउनुमात्र पनि ठूलो कुरो हो,' अभया भन्छिन्, 'एकदमै उत्साहित छु। मलाई त सपनाजस्तो लागिरहेको छ।' स्कुलदेखि नै उनी ब्रायनका फ्यान हुन्। साथीभाइ र परिवारसँगको जमघटमा कहिलेकाहीँ ब्रायनका गीत गाउन चुक्दिनथिन्। तर स्टेजमा उनको गीत गाउने हिम्मत भने अभयालाई कहिल्यै आएन। बरु 'ह्याभ यु एभर रियली लभ्ड अ वुमन', 'लेट्स मेक अ नाइट टुगेदर', 'प्लिज फरगिभ मी' सुन्दा कसैले आफ्नो लागि यसरी नै गाइदिए हुन्थ्यो भन्ने चाहना जाग्थ्यो।
अभया ब्यान्डसँग मिलेर आफैँ गीत

Friday, February 18, 2011

“मलाई पनि एड्स सल्काएपछि श्रीमानले छोरा मारेर आत्महत्या गरे हजुर !”

दैलेख राकम कर्णालीका कल बिष्टले भारतबाट एड्स बोकेर फर्के । उनले पत्नी मनसरा सिंजापतिलाई पनि एड्स सल्काए । एड्सपीडित बिष्टले छोराको हत्या गरे । र , आफूले आत्महत्या गरे । यसै सम्बन्धमा तयार पारिएको विशेष रिपोर्ट ।

गायिका ले गरिन् आत्महत्या

देबराज सुवेदी, काठमाडौ -

तामाङ्ग सेलो र लोक सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल गायीका योगीता मोक्तान ले आत्महत्या गरेकी छिन् ।
ललितपुर बागडोल स्थित आफ्नै घरमा  सिलिङ्गमा पासो लगाएर झुण्डिएर आत्महत्या गरेकि हुन् । आज बिहान ११ बजे सम्म पनि कोठाको ढोका नखोलेपछि आफन्तले ढोका खोलेर हेर्दा मृत्यु भइ सकेको थियो । उनको शरिर झुण्डिएको अबस्थामा , हातमा मोबाइल र कानमा मोबाइलको एयर फोन लगाइ रहेको अबस्थामा थियो ।
तिन महिना अघि नोबेम्बर-१९-२०१० मा मात्र बाल कृष्ण तामाङ्ग संग बैबाहिक जिबनमा बाँधिएकि गायीका को श्रीमान् दुबइमा कार्यरत थिए । हाल मृतक योगीताको शबलाई पोष्टमार्टमका लागी पाटन अस्पतालमा राखिएको छ । बौद्ध परम्पराअनुसार मोक्तानको शनिबार स्वयम्भूमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Thursday, February 17, 2011

एसियाको दोश्रो लामो कर्णाली पुल भत्काउने षड्यन्त्रमा लागे तस्कर

प्रकारका हिसाबले हेर्दा कर्णालीको ५ सय मिटर लामो पुल एसियाकै दोश्रो र नेपालकै पहिलो लामो पुल हो । तर अब यो पुल भत्कने खतरा बढेको छ । पुल आफै कमजोर भएकाले होइन । तस्करहरुले पुलको जरो खन्न लागेको  खुलासा भएको छ । कसरी खन्दैछन् तस्करले पुलको जरो ? विशेष रिपोर्ट । व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत साधन समितिले नदीनालाबाट गिट्टी, बालुवा र ढुंगा निकाल्ने कार्यमा रोक लगाएको छ । तर कैलालीका नदीनाला र चुरे क्षेत्रमा यो

Wednesday, February 16, 2011

यौनबारेमा पुरुषभन्दा महिला धेरै जानकार

एजेन्सी/ पुरुषले आफूलाई यौन सम्बन्धका बारेमा निकै जानिफकार ठान्ने गरे पनि हालै अमेरिकामा गरिएको एउटा सर्वेक्षणले यौनबारेमा पुरुषभन्दा महिला निकै जानकार रहने गरेको देखाएको छ ।
एसोसिएटेड प्रेस र लाइफगोजस्ट्राग वेबसाइटले गरेको सर्वेक्षण नतिजाअनुसार ५९ प्रतिशत महिला यस्ता छन्, जसलाई यौनबारेमा थाहा नभएका कुनै कुरा छैनन् । तर, यस मामलामा ४८ प्रतिशत पुरुषमा मात्र आत्मविश्वास

पत्नी कमाउने, पति पढ्ने

सरस्वती कार्की 

कोपनहेगन (डेनमार्क), फाल्गुन ४ - बिहानको ४ बज्दा दीक्षा शर्मालाई उठाउन मोबाइलको घन्टी बज्छ । आँखा मिच्दै खानेकुरा झोलामा कुम्ल्याएर उनी काममा निस्कन्छिन् । ५ बजे सुरु गरेको काम दीक्षाले ९ बजे सक्छिन् । कामबाटै अर्को काममा हुइँकिन उनी झोलामा बोकेको खानेकुराले पेट भर्छिन् । ११ बजे काम सुरु गरेर ३ बजे सक्छिन् । फेरि अर्को काममा पुग्छिन् । एकछिन आराम गरेर ५ बजे सुरु गर्ने काम राति ११ बजे फत्ते गर्छिन् ।
'डेढ वर्षदेखि मेरो दैनिकी यसैगरी बितेको छ,' राति चारदेखि पाँच

नेपालीले कतारमा २ करोड रुपैयाँ र प्राडो जिते

दीपक पुडासैनी 

दोहा, फाल्गुन ४ - खाडी मरुभूमिमा श्रम गर्न आएका नेपालीलाई धेरैले 'अभागी' ठान्छन् । तर, त्यसलाई असत्य सावित गरिदिएका छन् जयमंगल यादव र नरबहादुर बस्नेतले ।
कतारको दोहास्थित सफारी मलको 'विन वान मिलियन अफर' को लक्की ड्रमा १० लाख रियाल अर्थात् २ करोड रुपैयाँको पहिलो पुरस्कार भैरहवा रूपन्देहीका जयमंगल यादवलाई परेको छ । दोस्रो पुरस्कार पाउने भाग्यमानी पनि नेपाली नै भएका छन् । ल्यान्ड क्रुजर प्राडो गाडी बाग्लुङ बुर्तिवाङका

केटी भगाउने मन्त्री र मरेको मान्छेको पैसा खाने राजदूतलाई कारबाही

माओवादीबाट एमाले पस्दा पोलिटब्युरो सदस्यसहित माधव नेपाल नेतृत्वमा मन्त्री पद समेत पड्काएका रवीन्द्र श्रेष्ठ (प्रभाकार प्रधानाङ्ग) झलनाथ खनाल प्रधानमन्त्री भएपछि
मन्त्री निवास पुल्चोकबाटै आफूले प्रयोग गरेको सवारीसाधनसमेत त्यहीँ छाडेर बेपत्ता भए। पछि पत्रपत्रिकामा खबर आएपछि थाहा भयो, उनी त पत्नी र छोरीलाई अलपत्र पारेर त्रिचन्द्र कलेजमा अध्ययनरत धादिङनिवासी अखिल कार्यकर्ता शुभेच्छा सिलवालसँग पो टाप ठोकेका रहेछन्। यसबाट पार्टी कै बेइज्जत भयो भन्दै एमालेको अनुशासन कमिटीले आज उनलाई पार्टी सदस्यता एवं पदीय

हरेक सरकारी कर्मचारीले वर्षमा एक सय ५४ दिन बिदा पाउने भएका छन्


काठमाडौं, २ फागुन
आउँदो ०६८ सालमा पनि सरकारी कर्मचारीले अत्यधिक बिदा उपभोग गर्न पाउने भएका छन् । सरकारले एक वर्षमा शनिबार ५२ र चाडपर्व तथा अन्य बिदा ४८ दिन गरी सय दिन बिदा दिने भएको छ ।
एक वर्षका तीन सय ६५ दिनमध्ये सय दिन सरकारी कार्यालय बन्द रहने भएका हुन् । सरकारी बिदाका अलावा कर्मचारीले एक वर्षको अवधिमा ३० दिन घरबिदा, १२ दिन बिरामी बिदा र १२ दिन चाडपर्व तथा भैपरी बिदा पाउने गर्छन् । यीसमेत
जोड्दा हरेक सरकारी कर्मचारीले वर्षमा एक सय ५४ दिन बिदा पाउने भएका छन् । यी बिदाको व्यवस्था निजामती सेवा ऐन र नियमावलीमा नै गरिएको छ । सरकारी बिदासम्बन्धी निर्णय भने गृह मन्त्रालयले गर्दै आएको छ ।
चालू वर्ष ०६७ मा भन्दा ०६८ सालमा कर्मचारीलाई दिइएको बिदाको दिन वृद्धि गरिएको छ । गृह मन्त्रालयले ०६८ साल १ वैशाखदेखि ०६८ साल चैत मसान्तसम्म विभिन्न चाडपर्व र शनिबार गरी सय दिन बिदा दिने निर्णय गरिएको जनाएको छ ।
गृह मन्त्रालयका अनुसार ०६८ सालमा दसैं बिदा आठ दिन,

Monday, February 14, 2011

समोसाभित्र ब्राउनसुगर

फागुन भैरहवा जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा रहेका थुनुवालाई भेट्न गएका व्यक्ति एक ग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । उनले साथीलाई लगिदिएको आलु समोसाभित्र सो ब्राउनसुगर फेला परेको थियो ।
सिद्धार्थनगर नगरपालिका-१३ निवासी २३ वषर्ीय वासुदेव गुरुङ आइतबार थुनुवालाई भेट्न जाँदा पक्राउ परेका हुन् । उनले प्रहरीले थाहा नपाउने गरी आलुको समोसाभित्र ब्राउनसुगर राखेर जिल्ला प्रहरी कार्यालयको हिरासत पुगेका थिए । साथीलाई लगेको समोसा प्रहरीले गुरुङलाई चाख्न भनेपछि उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले गत असोज २७ गते लागुऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका गुरुङ गत माघ २५ गते दुई हजार धरौटीमा रिहा भएको जानकारी दिए । रिहा भएको

युरोपभर एकै किसिमको मोबाइल चार्जर

ब्रसेल्स। युरोपका प्रायः सबैदेशमा अबदेखि सबै कम्पनीको मोबाइल फोनका लागि एउटै चार्जरको प्रयोग गर्नेगरी तयारी गरिएको समाचार छ ।
एउटै चार्जरबाट युरोपको कुनै पनि स्थानमा कुनै पनि कम्पनीको मोबाइल फोनको चार्ज गर्न सकिनेगरी त्यसखालको प्रविधिको विकास गर्ने तयारी भएको सो समाचारमा उल्लेख छ ।
युरोपेली युनियनको १४ प्रमुख मोबाइल फोन कम्पनीले यसमा सहमति जनाएका छन् । कम्पनीहरूले यसबाट ग्राहक वर्गलाई राहत प्राप्त हुने र इलेक्ट्रोनिक झन्झटलाई कम गर्नसकिने बताएका छन् ।
यस्तो समान चार्जरको यसै वर्षबाट बिक्री सुरु हुनेछ । सहमति जनाउने कम्पनीहरूमा एप्पल, एमब्लेज मोबाइल, हुआवेइ, टेक्नोलोजिज, एलजिई, मोटोरोला, एनइसी, नोकिया, क्वालकम, रि

फकर्रे आउन नसक्न कुरो


एउटा इसाई मण्डलीका गुरु पास्टरले एक दिन
मण्डलीमा पच्र ार गनर्भु ा े । त्या े पव्र चन रामा्र े थिया े । पापको
विरोधमा उहा“ले बोल्नुभयो । त्यो वचनले एउटी दिदीलाई
चसक्क लाग्यो । उनलाई रिस उठ्यो । खुब जान्नेभाको यो
पास्टर भनेर ती दिदी त रिसाउनुभो । ती दिदीले पर
मेश्वरको अघि गएर भूल मानिलिएको भए हुने थियो । तर
उनी त झन पास्टरबास“ग पो रिसाएकी । भोलिपल्टदेखि
दिदी त मानिसहरूको घरघरभित्र गएर पास्टरको विरोधमा
बोल्नलागिन् । भएको र नभएको सबै खराब कुराहरूको
दोष लाएर उनले

उसको आ“सु अरुको हा“सो


मुसालाई आपद प¥यो । उसले एक दिन चियाएर हेरेको त के देख्यो ? घरकी साहुनी बजार गकी
थिइन ् । मसु ा च्यापी मार्न े पासा े पा े लिएर आइछन ् । मसु ाका े मटु ु ढकु ढकु भया े । ला ह ै सखाप ै भा,े अब यो
पासामे ा कनु दिन म मर्न े भए “ भनरे ऊ सारै
दखु ी भया े । क े गनर्,े कसा े गर्न े भनी
अलसतलस बनेर ऊ पुग्यो कुखुरो कहा“ ।
कुखुरोको भाले आगनमा खोर्सी खार्सी गरिरहेको
थियो । मुसाले भन्यो, भाले दाइ, मलाई त ठूलो
आपद भा े । साहनु ील े मसु ा मार्न े पासो
ल्याउनुभो । ठूलो खतरा आइप¥यो मलाई ।
भाल े खरुु रुरु कदु र्े पाथे ीहरूका े बीचमा पग्ु या े ।
सब पोथी र चल्लाहरूलाई यो कुरा सुनायो ।
उनीहरू त सोर खोलेर गललल हा“स्न लागे ।
मुसा आ“सुआ“सु भयो । उसले छेउ गएर
पोथीहरूलाई सोध्यो, तपाईहरू किन मेरो

मन टाढा भो, मन


एक गुरुले चौतारामा मानिसहरू झगडा गरिरहेका देखे । उनीहरू कराइरहेका थिए । सारो, सारो
कराइरहेका थिए । गुरुले चेलाहरूलाई सोधे, यिनीहरू किन यति बिघ्न कराएको थाहा छ तिमीहरूलाई ?
चेलाहरूले सोधे, गुरु, हजूरले के भन्नुभएको । झगडा गर्दा कराउ“छन् नि मानिसहरू । ठूल्ठूलो
आवाजमा कराउ“छन्
गुरु सोध्छन्, त्यही त सोधेको

Sunday, February 13, 2011

The Meaning of Valentine's Day

Every year we have a special moment on 14 of February. We know that as "Valentine's Day". We show our affection with gifts, cards and flowers. A heart-shaped form and a rose flower are the most popular form on that day. It's because we celebrate Valentine's Day as the celebration of love. The name Valentine comes from a Christian martyrs of Rome, named Saint Valentine of Rome. That was back in 500 AD. Now Valentine's Day become the busiest day for many people. For lover, it's time to think what he/she will give as a gift for his/her love one. For businessmen, it's time to supply the market with certain romantic products. That's only one day in a year, but affect so many people.
What does Valentine's Day mean to you?
Valentine closely associated with love, a special

अभिभावक बन्न कठिन छ

कुशल अभिभावक बन्नु जटिल कुरा हो। अभिभावक बन्नेबित्तिकै धेरै जिम्मेवारी थपिन्छन् र त्यसलाई अभिभावकले गम्भीरताका साथ पूरा गर्नुपर्छ। अभिभावकको सानो गल्ती वा लापरबाहीले बालबालिकामा ठूलो असर पर्न सक्छ। व्यस्त जीवन अनि अफिस तथा व्यावहारिक तनावहरूबाट बालबालिकालाई मुक्त राख्न सक्नु अभिभावकका लागि ठूलो चुनौती हो। एकल परिवारमा यो समस्या अझ बढी हुन्छ।

सुखी जीवन एवं अधिकारको सुरक्षाका लागि बालबालिकाको जन्मदर्ता गर्नुपर्छ। जन्मदर्ताले शिशुलाई जन्मको कानुनी आधार प्रदान गर्छ। युनाइटेड नेसन्स चिल्ड्रेन्स फन्ड (युनिसेफ) ले प्रकाशन गरेको एक तथ्यांकअनुसार सन् २००७ मा जन्मिएका बालबालिकामध्ये करिब ५

तिनको नकचरो पोइ (मनोवाद कथा)

सबिताको बिबाह भएको ८ महिना जति भएको छ, तिनको श्रीमान दिपक बैदेशिक रोजगारमा अरब दुबई सहरमा काम गर्छन । दिपक निकै मेहनेती अनि चलाक पनि छ, ऊ पहिलो छुट्टीमा आउदा सबितासँग मागी बिहे भएको हो । आमा बुवाले नै केटा हेरेर दिपकलाई छानेका थिए, आखिर दिपक पनि अग्लो ह्यान्डसम अनि आइ. कम. सम्म पढेको केटो थियो । सबिताको दिपकसँग बिहे भए पछि मुस्किलले ३५ दिन सम्म सँगै बसे होलान, के गर्नु दिपक दुबई सहर काममा फर्कनु नै थियो, आखिर घरको आर्थिक भार उसले नै थाम्नु थियो । घरमा ६५ बर्ष काटेको बुवा अनि सधै बिमारी भइरहने आमा बाहेक कोही थिएनन् ।

पशुपतिक्षेत्रमा प्रेमसाट्ने जोडीलाई समेत कारवाही गरिने

पशुपति, सुन्दरीजल वा गोदाबरीका जंगलमा खिचिएका नेपाली ब्लु भिडियोहरु काठमाडौंका लागि अब नौलो रहेन । प्रेम साट्ने नाममा सार्वजनिक स्थलमा मात्र होइन, पशुपति क्षेत्रजस्ता पवित्रस्थलमा हुने यौनकृयाकलापका भिडियोहरु विद्यार्थी र अन्य युवायुवतीका मोबाइल मोबाइलमा भेटाउन सकिन्छ । पवित्र स्थललाई झण्डै झण्डै ब्लुफिल्मका सुटिंगस्थल जस्तै बनाइएको अवस्थामा अब भने पशुपति क्षेत्रमा यौन कृयाकलाप त कुरै छाडौं,  प्रेमसाटासाट गर्न नै प्रतिबन्ध लगाइएको छ । कसैले यस्तो कृयाकलाप गरेमा कारवाही नै हुनेछ । विशेष रिपोर्ट ।
भ्यालेन्टाइन डे नजिकिदै गर्दा प्रेम जोडिका लागि दुःखद समाचार आएको छ । यसै त काठमाडौमा प्रेम साटासाट गर्ने जोडिका लागि स्थान अभाव छ । घर नै घरले भरिएको

Saturday, February 12, 2011

प्रेम दिवस


सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो नवदुलहीको सिउँदोझैं। बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए। त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन। किरण देउरालीको फलैंचामा बसेर उही सिन्दूरे क्षितिजतिर एकोहोरो टोलाइरहेको थियो, मानौं ऊ कसैको आगमनको प्रतिक्षामा एकाविहानैदेखि चौतारोमा कुरिरहेको छ। ऊ अतीतको महासागरभित्र पौडन थाल्छ, जहाँ उसको जीवनका केही क्षणहरु अविस्मरणीय भएर गुज्रेका थिए। त्यो एकान्त, त्यो मनोरम प्राकृतिक बागमा ऊ घरिघरि गुन्गुनाउछ अन्तरह्दयको गीत, यसरी—
यस्तो पनि हुँदोरै’छ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भूल गरें मैंले…….
दिन उही हो, स्थान उही हो, आजभन्दा एक बर्षअघि, प्रेम दिवसको

Friday, February 11, 2011

ज्ञानेन्द्रकी छोरीसँग एक करोड माग्नेलाई तीन वर्ष जेल

पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणासँग एसएमएस मार्फत मार्ने धम्की दिएर एक करोड रुपैयाँ माग्ने राजेश हमाललाई अदालतले तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
रुकुम घर भएका हमाललाई काठमाडौ जिल्ला अदालतले यस्तो सजाय सुनाएको हो । उनलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कैद र जरिवाना सजाय सुनाएका हुन् । दुई वर्ष अघि कात्तिक २४ गते आफ्नी प्रेमिका प्रतिक्षारत्न शाहसँग

केटी लिएर पूर्वमन्त्री बेपत्ता

एमालेका पोलिटव्युरो सदस्य एवं निवर्तमान सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ वेपत्ता हुनुभएको छ । माधव नेपाल नेतृत्वको सरकारमा मन्त्री रहेका श्रेष्ठ गत माघ २३ गतेदखि सम्पर्कमा नआएपछि उहांको परिवारले आज एमाले पार्टी कार्यालयमा जानकारी गराई खोजी दिन माग गरेको छ । श्रेष्ठका परिवारले एमाले सचिव युवराज ज्ञवालीलाई भेटी उहांको खोजी गरिदिन आग्रह गरेको स्रोतको भनाइ छ ।

ज्ञवालीले घटनाबारे गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइसक्नुभएको बुझिएको छ । पार्टी स्रोतका अनुसार, श्रेष्ठ केही दिन अघि पुल्चोकस्थित मन्त्री क्वाटरबाट कसैलाई थाहा नदिइ बाहिरिनुभएको थियो । श्रेष्ठले काठमाडौं मोर्डन कलेजमा अध्ययनरत सुभेच्छा श्रेष्ठलाई भगाएर हिडेको जानकारी प्राप्त भएको छ । धादिङकी सुभेच्छासंग पछिल्लो

एडिएसएसलको स्पिड बढ्ने

काठमाडौं, माघ  (नागरिक) – 

घरमा १२८ किलोबिट प्रतिसेकेन्ड स्पिडको एडिएसएल सेवा लिनुभएको छ भने फागुनदेखि स्पिड बढ्नेछ। टेलिकमले आगामी फागुनदेखि १२८ केबिपिएसको एडिएसएलमा थप महसुल नलिई १९२ केबिपिएस दिने भएको छ।
सातौं वार्षिक उत्सवका अवसरमा टेलिकमले एडिएसएल सेवामा उपभोक्तालाई थप सुविधा दिने योजना ल्याएको हो। १२८ केबिपिएसको एडिएसएल इन्टरनेटलाई उपभोक्ताले अहिले मासिक ९ सय (कर समेत १ हजार १७ ) रुपैयाँ तिर्नुपर्छ। फागुनदेखि

Thursday, February 10, 2011

वैवाहिक यौनहिंसा कहिलेसम्म ?

अञ्जली रम्तेल

ललितपुरघ । ‘सधैँजसो म उसलाई सम्झाउने कोशिस गर्थेँ, कि मलाई शारीरिक सम्पर्कको कुनै इच्छा छैन । तर ऊ मेरो इच्छालाई बेवास्ता गर्दै जबर्जस्ती गर्थ्यो । म के नै गर्न सक्थेँ र उसको विरुद्धमा ? चुपचाप सहिदिन्थेँ ।’
बाइस वर्षीया एक विवाहित युवतीले आफ्नो वैवाहिक यौनहिंसाको कथा यसरी सुनाइन् । उनले दुखेसो पोख्दै भनिन्- ‘विवाहपछि आफ्नी स्वास्नीसँग आफूले चाहेको बेलामा शारीरिक सम्पर्क राख्न पाउनु आफ्नो अधिकारका रूपमा मान्ने सोचाइ भएको ऊ, मैले सम्झाउँदैमा किन मान्थ्यो र ? मलाई ऊ आफ्नो जुत्ता बराबर पनि गन्दैनथ्यो । मेरो सोचाइ, मेरो इच्छा, आकाङ्क्षा केहीको पनि ख्याल गर्दैनथ्यो । तर पनि म आवाज उठाउन सक्दिन । किनकि यसबारे कसैसँग केही कुरा गरे

खोजी प्रतिभामा धरानकी रविना

धरान । 

धरान ७, शान्तिपथकी २० बर्षीया रविना श्रेष्ठ सानै उमेरदेखि नाच्न भनेपछि हुरुक्कै हुन्थिन् । नृत्यप्रतिको त्यही रुचि र लगावले उनी अहिले खोजी प्रतिभा नामको प्रतियोगितात्मक टेलिभिजन कार्यक्रमा टप ६ मा पुग्न सफल भएकी छिन् ।
प्रतियोगिताको उपाधि जित्न रविनालाई अब आफ्नो क्षमता भएर मात्र पुग्दैन, उनको नृत्य क्षमतासागै शुभचिन्तकहरुबाट एसएमएसको पनि आवश्यकता छ । यतिबेला उनी आफ्ना शुभचिन्तकहरुबाट एसएमएस आउने आशामा छिन् । ‘आइतबारसम्म जसको कम एसएमएस भोट आउछ, उ प्रतियोगिताबाट बाहिरिनुपर्छ, त्यसैले मलाई पनि धेरै भन्दा धेरै एसएमएसको खााचो छ’—हाल काठमाण्डौंमा रहेकी रविनाले भनिन् । गायन, अभिनय र नृत्य विद्यामा भईरहेको प्रतियोगितामा उनी नृत्यबाट सहभागी

Wednesday, February 9, 2011

मास हिस्टेरियाले विद्यालय बन्द

२७ माघ, दोलखा 

छात्राहरु एक्कासी बिरामी परेपछि दोलखाको हावा गाविसस्थित अम्बिका निम्न माद्यमिक विद्यालय तीन दिनका लागि बन्द भएको छ । छात्राहरुमा हात बाँध्ने, र्‍याल र फिँज काड्ने, काम्ने र चिच्याउने जस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक बेदबहादुर महतले जानकारी दिनुभयो ।

काठमाडौंमा लाशको ब्यापार, एउटा लाशको मूल्य साढे सात हजार !

 काठमाडौंमा

नेपालका चेलीहरु भारतमा बेचिन्छन् । बालबालिकाहरु सर्कसका लागि बेचिन्छन् । नेपालमै पनि शरिर बेचेर पैसा कमाउनेहरु कैयन छन् । यो त ज्यूदो शरिरको ब्यापार भयो । तर काठमाडौंमा लाशको पनि ब्यापार हुन्छ । कानुन त भन्छ – लाशको किनबेच अपराध हो । तर यसको परवाह नगरी किनबेच भइरहेको छ । एउटा लाशको मूल्य साढे सात हजार तोकिएको छ । लाश बेच्ने निश्चित स्थान छ ।  विशेष रिपोर्ट । 

Tuesday, February 8, 2011

३४ जना नेपाली इराकमा अलपत्र {प्रवास}

२५ माघ, काठमाडौं 
 
 काम लगाइदिने भनी नेपालबाट इराक लगिएका ३४ जना नेपाली इराकमा अलपत्र परेका छन् । नेपाल र इराकका दुवै दलाल सम्पर्कविहीन रहेको पीडितका आफन्तले बताएका छन् ।
उनीहरूको पासपोर्टसमेत लिएर दलालहरू गायब भएको सम्पर्कबाट जानकारी पाएको पीडितका आफन्त डीपी पोखरेलले बताउनुभयो । कुन वैदेशिक रोजगार कम्पनीबाट इराक पुर्‍याइएको हो भन्नेसमेत आफूलाई राम्रोसँग जानकारी नभएको बताउँदै पोखरेल भन्नुहुन्छ, ‘जानुभन्दा दुई दिनअघि मात्र भाइले जान लागेको बतायो, कसरी सबै थाहा पाउनु ?’
जैसीथोक-५ गुल्मीका भरत पोखरेल, दीपेन्द्र पोखरेल र आत्माराम पोखरेलसहित अन्य चारजनालाई गत पुस ८ गते नेपालबाट लगिएको पीडित भरत पोखरेलका दाजु
जोहान वल्फग्याङ गोथे - जीवनमा त्यो मान्छे सधैँ दुःखी हुन्छ जो आफ्नो क्षमता मापन गर्न सक्दैन । ऊ सधैँ आफूले गर्न नसक्ने काम रोज्छ । जे गर्न सक्छ त्यसलाई बेवास्ता गर्छ । त्यसैले ऊ सधै असन्तुष्ट भएर बाँच्नुपर्छ
भिन्सेन्ट भ्यान गग - प्रेम गर्नुस् । धेरै थोकलाई प्रेम गर्नुस् । किनभने असली शक्ति प्रेममै बास गर्छ । र, बढी प्रेम गर्नेले धेरै कुरा सफलतापूर्वक सम्पन्न गर्न सक्छ । प्रेममा गरिएको हरेक काम सुन्दर हुन्छ ।
शंकराचार्य - जन, धन र यौवनको घमण्ड नगर त्यो सब क्षणभरमा नष्ट हुन्छ |

बिहेको भोलिपल्टै दुलहा-दुलहीको मृत्यु

काठमाडौं, २४ माघ
बिहे गरेको भोलिपल्ट आयोजित भोजबाट र्फकंदै गर्दा कार दुर्घटनामा दुलहा-दुलहीको आइतबार राति मृत्यु भएको छ । मनमैंजुका राजेश पन्थी र उनकी श्रीमती निर्मलाले बसुन्धरामा कार दुर्घटनामा ज्यान गुमाएका हुन् ।
विहे भोज सकेर बाँसबारीबाट घर र्फकंदै गर्दा अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाएर उनीहरु चढेको कार पल्टिएको प्रहरीले जनाएको छ । पन्थी दम्पतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त

Monday, February 7, 2011

कोशी राजमार्गमा दोहोरो बन्द

धनकुटा(ब्लाष्ट) मानवअधिकार सञ्जालले आइतबार विज्ञप्ति जारी गरी सङ्घीय लिम्बुवान राज्य परिषद्, धनकुटाले आह्वान गरेको अनिश्चितकालीन धनकुटा बन्दको निन्दा गरेको छ ।
सञ्जालमा आबद्ध जिल्लाका १६ वटा सामाजिक संस्थाले संयुक्त विज्ञप्तिमार्पmत् शनिबारदेखि जारी बन्दले जनताको दैनिक जीवन कष्टकर बन्दै गएकोले तत्काल दुवै पक्ष वार्तामा बसेर समस्याको समाधान निकाल्न माग गरेका छन् । शनिबार माइक्रो बसमा सवार यात्रु र उनीहरूका

श्रीमतीको हत्या

बिर्तामोड(ब्लाष्ट) घरायसी विवादका कारण आप्ः्नै श्रीमतीको हत्या गर्ने झापाको अनामरनी–१ स्यालडाँगीका २० वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । शेरी भनिने १९ वर्षीया श्रीमती शारदा चौधरीको हत्या गर्ने अर्जुनसहित उनका १५ वर्षीय भाइसमेत पक्राउ परेका छन् । भारतको गोरखपुरमा माइती भएकी शेरीले माइत जाने भनेपछि शनिबार रातिदेखि नै विवाद भएको

Saturday, February 5, 2011

किन हुन्छ कुष्ठरोग ?

सुशील रिजाल 'अभिनव' (काठमाडौँ विश्वविद्याë

हरेक वर्ष अङ्ग्रेजी महिनाको पहिलो महिना, जनवरीको अन्तिम दिन ३१ तारिखमा विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ । कुष्ठरोगका विरुद्ध जनचेतना जगाउन अनि कुष्ठरोगीको सहयोगका लागि भनेर धेरै सभा, सम्मेलन र र्‍यालीको आयोजना गरिए पनि कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा धेरै परिवर्तन भएको पाइँदैन ।
हाम्रै समाजमा कुष्ठरोग अनि रोगीका बारेमा रहेको नकारात्मक सोचाइ, व्यवहार र कुष्ठरोगसम्बन्धी आवश्यक चेतनाको अभावका कारण न त विरामी आफैँ रोगको निदानका

राशि को अनुसार यौन संबंध

राशिको सम्बन्ध मानिसहरूको भुत, भविष्य तथा वर्तमान संग मात्र नभर्इ यौन जीवनसंग पनि सरोकार राख्दछ। हरेक राशीका मानिसहरूको स्वभाव फरकफरक हुने गर्दछ, यस्तै यौनको मामिलामा पनि उनीहरूको सोच तथा चाहाना फरक फरक हुने गर्दछ। राशि विशेषज्ञहरूले बिभिनन राशीहरूको स्वभाव अनुसार यौनबारे

Friday, February 4, 2011

गाउँलेको प्रतिकारमा एक डाँकाको मृत्यु

२२ माघ, नेपालगन्ज । बाँकेको बेलहरी ७ मा गाउँलेको प्रतिकारमा एक डाँकाको मृत्यु भएको छ । स्थानीय जगु चमारको घरमा लुटपाट गर्ने क्रममा गोली चलाएपछि गाउँले सबै मिलेर डाँका समूहको प्रतिकार गरेका थिए ।
डाँकाहरुले चलाएको गोली चमारको तिघ्रामा लागेपछि

लोडसेडिङ फेरि बढ्यो, दैनिक १४ घण्टा विद्युत कटौती

२२ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणको अनुसार अब दैनिक १४ घण्टाको दरले सातामा ९८ घण्टा विद्युत कटौती हुने छ । लोडसेडिङको नयाँ तालिका भने आउँदो सोमबारदेखि मात्र लागु हुने प्राधिकरणले

बोक्सीको आरोपमा वृद्धालाई जलाइयो

सप्तरी, २२  माघ बोक्सीको आरोपमा हरिपुर-१ की ६६ वर्षीया धनमन्तीदेवी चौधरीलाई छिमेकीले कुटपिट गरेर आगो लगाएका छन् । उनी सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजमा कार्यरत असई भगवती चौधरीकी आमा हुन् ।
छिमेकी महेन्द्र साहको परिवारले धनमन्तीलाई बोक्सीको आरोपमा नियन्त्रणमा लिएर आगो लगाइदिएका हुन् । गत शनिबार महेन्द्र साहकी श्रीमती उमालाई बोक्सी लगाइएको भन्दै कुटपिट गरी आगो लगाएर मार्ने प्रयास गरिएको पीडित साहले बताइन् । 'घरमा पुरुष नरहेको मौका

संसारलाई बदल्नेले आफैं बदलिनुपर्छ

संसारलाई बदल्नुछ भने सुरु आफैंबाट गर्नुपर्छ । हो, मान्छेले संसारलाई बदल्ने सपना देख्छ भने उसले पहिला आफैंलाई बदल्नुपर्छ । डा. योगी विकासानन्द यसै भन्छन् । उनीमात्र होइन, संसारलाई हाँक्ने मान्छेहरू यसै भन्छन् । सपना त धेरै छन् जिन्दगीका तर कुन सपना पूरा गर्ने हो त्यो सपना छान्नुपर्छ । इच्छा-आकांक्षाहरू पनि असंख्य छन्, तर प्रमुख इच्छा के हो, त्यो रोज्नुपर्छ । त्यहीअनुसार

Thursday, February 3, 2011

बेलायतमा कार धुँदै गरेका पाँच नेपाली विद्यार्थी फर्काइए

भिसा दुरुपयोगप्रति बेलायत गम्भीर-
काठमाडौँ, माघ २० (नागरिक)- विद्यार्थी भिसा दुरुपयोग गरी गैरकानुनी काममा संलग्न भएको आरोप लगाउँदै बेलायतले पाँच नेपाली नागरिकलाई गिरफ्तार गरी एक साता हिरासतमा राखी नेपाल फर्काएको छ। उनीहरुलाई कार सफा गरिरहेका बेला

Tuesday, February 1, 2011

इन्टरनेट टिभी आउनै लाग्यो

विष्णु पोखरेल- 
 
टेलिभिजन च्यानल हेर्न तपाईंले पछिल्लो प्रविधि खोजिरहनुभएको छ? यसका लागि नेपालमा भर्खरै सुरु भएको डिटिएच प्रविधिमात्र होइन, त्योभन्दा अझै परिस्कृत प्रविधि पनि भित्रिँदै छ। छिमेकी भारतमा समेत सुरु भइसकेको इन्टरनेट प्रोटोकल टेलिभिजन (आइपी टिभी) सुरु भएपछि तपाईंले टिभी हेर्न केबुल वा डिटिएचमा मात्र भर पर्नुपर्दैन।

इन्टरनेट पहुँचमा बाँधिने नेपाली बढिरहेका बेला आइपी टिभीले बजार लिने आँकलन गर्दै केही संस्थाले यसका लागि तयारीसमेत गरिसकेका छन्। नेपालमा इन्टरनेट सेवा प्रदान गरिरहेका

मरेको मान्छेको पैसा खाने राजदूत बर्खास्त

By Salokya, on February 1st, 2011

पैसा आफ्नो निजी खातामा राखेर ठग्ने साउदी अरबका राजदूत हमिद अन्सारीको जागिर खुस्केको छ। आज बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘नेपाल र नेपालीको हित गर्न नसकेको’ भन्दै उनलाई फिर्ता बोलाउने निर्णय गरेको छ। साउदीमा मृत्यु भएका झापाका रमेश सुवदी, सर्लाहीका सन्तलाल तामाङ र गुल्मीका हर्कवहादुर कार्कीका आफन्तले बिमा कम्पनीले क्षतिपूर्ति रकमवापत् दूतावासलाई बुझाएको २२ लाखभन्दा बढी रुपैयाँ राजदूतले झ्वाम पारेको आरोप लगाएका छन्। अन्सारीको यस्तो खबर आएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले उनका सम्बन्धमा छानविन गरी दोषी ठहर