जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, November 21, 2011

हङकङ आईडी लिन नक्कली बिहे

श्रीमान्-श्रीमती हुन्, किनकि विवाह दर्ता प्रमाणपत्र छ । इष्टमित्र डाकी रीतिरिवाजअनुरूप टीकाटालो गरिएको तस्बिर सबुत छन् । तर बिहेपछि सँगै बस्नुपर्ने बरबधू एकअर्कासँग जरुरी काम पर्दाबाहेक कुरासमेत गर्दैनन् । कारण हो, नक्कली विवाह ।
हङकङ बसोबासको परिचयपत्र (आईडी) हात पार्न पछिल्लो समय स्थानीय चिनियाँसँग नक्कली बिहे गरी भित्रिने नेपालीको संख्या बढ्दो छ । बिहेका लागि झन्डै दर्जन बढी चिनियाँ हालै नेपाल पुगेका छन् । पन्ध्रदेखि

बदलियो विवाहको परिभाषा

विवाह गरी घर बसाउनु र सन्तान उत्पादन गर्नु मनुष्य जातिको प्राकृतिक इच्छा हो । जबदेखि मानिसको बौद्धिक स्तर बढ्यो, निजी सम्पत्तिको आकांक्षा बढ्यो तबदेखि विवाह संस्थाको थालनी भयो । हिजोआज विवाहको परिभाषा परिवर्तन हुँदैछ । हालका वर्षहरूमा वैवाहिक सम्बन्धमा पारपाचुकेको कुरा पनि चर्चामा छ । के वास्तवमा विवाहको परिभाषा बदलिँदैछ ? के यो संस्थाले आफ्नो महत्व बिर्सदैछ ?
म्ाानिस एक्लो बस्न सक्दैन । किनभने नारी-पुरुष एक-अर्काप्रति सामाजिक, मानसिक, भावात्मक एवं वैधानिक रूपमा निर्भर छन् । सृष्टिको चक्र चलाईरहन वंश वृद्धि हुनुपर्छ । त्यसैले विवाह संस्थाको जन्म भएको

Saturday, November 19, 2011

धरानमा आगलागी बीसलाख भन्दा बढीको नोक्सानी

इटहरी । धरान नगरपालिका– १९ भिक्टोरिया चोकस्थित खड्गबहादुर लिम्बुको घरमा शुक्रबार साँझ आगलागी हुँदा कम्तीमा २० लाखाभन्दा बढीको नोक्सानी भएको छ ।
लोडसेडिङको बेला आगलागी भएकाले तत्काल आगो नियन्त्रण गर्न असम्भव हुँदा लिम्बुको घर पूरै जलेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने

काठमाडौ,२ मंसिर/ महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ । यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ‘धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर

Friday, November 11, 2011

लिभिङ टुगेदर'को बढ्दो प्रभाव

कुनै एउटा समय थियो, विवाह गरेपछि मात्र श्रीमानले श्रीमतीको अनुहार देख्ने अनि श्रीमतीले श्रीमानको । हाम्रा हजुरआमाहरूले अझै पनि यस्तै कुरा सुनाउने गर्छन्, तर अहिले समय बदलिएको छ । 'लिभिङ टुगेदर' रहने अर्थात् बिहे नगरी केटाकेटी सँगै बस्ने परम्परा । 'लिभिङ टुगेदर'मा रहँदा औपचारिक रूपमा विवाह गरिँदैन । तर यस सम्बन्धमा पुरुष र महिला सँगै बस्छन्, अनि विवाहपछि गरिने सम्पूर्ण काम यस सम्बन्धमा स्वीकार्य हुन्छ । यद्यपि विवाह नगरी सँगै बस्ने परम्परा लिभिङ टुगेदरलाई हाम्रो समाजले मान्यता दिइसकेको भने छैन ।

पैसा! पैसा!

यो कस्तो संसार हो, जहाँ हामी बिना पैसा केही पाउँदैनौं? बजारमा जहाँ गए पनि हामीलाई पैसा चाहिएको छ। पैसाबिना कसैले हामीलाई खाना दिँदैन; पैसाबिना पसल-दोकानबाट हामी रित्तो फर्कनुपर्छ। किनभने त्यसै कुनै माल पाइँदैन। यसैकारण हरेक मानिस पैसाको पछि लागेको हामी देख्दछौं।
कुनै मानिसले पैसा कमाउनको निम्ति परिश्रम गर्दछ भने अरूले पैसा सजिलो प्रकारले पाउने बाटो हेर्दछन्। कतिले लटरीमा गोला हालेर वा अन्य तरिकाहरूले एकैचोटि धेरै पैसा प्राप्‍त गर्ने आशा गर्छन्। कतिले 'सोझो औंलाले घिउ आउँदैन' भन्छन् र अरूलाई ठग्छन् वा छल गरेर अरूको सम्पत्तिमा हात हाल्छन्।

जीन्दगी

"जिवन भनेकै एकप्रकारको सङ्घर्ष रहेछ जब जन्मन्छ अनि सुरु हुन्छ आफु जस्तै अरुलाइ ठानेर विस्वास गरौ तरअरुले विस्वास गर्दो रहेनछ आफै मात्र असल अरु गलत भन्ने मानसिकतामा ग्रसित छ मानिस आफुलाइ लुटाउदा र मुटुलाइ फुटाउदापनि अरु

Monday, November 7, 2011

मनलाई सुन्दर कसरी बनाउने ?

शरीरलाई आकर्षक देखाउन हामी धेरै मिहिनेत गर्छौ - मुहार सुन्दर बनाउछौ, राम्रो लुगा लगाउछौ, कपाल, नङ आदि अनेक मिलाउछौ । साथै हामी अरूको पि्रय हुन राम्रा व्यवहार पनि गर्छौ । राम्रा व्यवहारहरू राम्रो मनको प्रतिफल हो । वास्तवमा दीर्घकालसम्म मानिसहरूको मन जित्ने सुन्दर मनले हो वा भनौ सुन्दर व्यवहारले हो । शरीरको सुन्दरता र मनको सुन्दरतामा के फरक छ भने शरीरलाई बचाइराख्न खोजे पनि उमेरसागै गल्दै जान्छ तर मनको सुन्दरता समयसागै झन् झागिदै जान्छ ।

बहुमूल्य उपहार

कुरा बीसौँ वर्षअगाडिको हो । चैत–वैशाखको महिना, टन्टलापुर घाम लागिरहेको थियो । बाटोमा हिँड्नेहरू प्रायः छाता ओढेरै हिँडेका थिए । त्यो भीडमा ईशा पनि थिइन् । कसैले ‘नानी !’ भनेको सुनेर आफ्नै सुरमा हिँडेकी ईशा आवाज आएतिर फर्किन् ।
    वृद्ध महिलाले अलि डराएको स्वरमा भनिन्— ‘घाम खप्नै नसकेर आलसतालस परेँ, छाता देखेर बोलाएकी हुँ, भैगो जाऊ ।’
    ईशाले पछाडि सरेर वृद्धालाई छाता ओढाउँदै भनिन्— ‘हो आमा ! छाताभित्र त म यति धेरै बेचैन छु हजुरलाई झन् कति गाह्रो भयो होला ! दम पनि बढेजस्तो छ । एक्कैछिन सडकको छेउमा बसौँ, दम केही घटेपछि कहाँ जाने हो, म पु-याइदिन्छु नि !’

'राजेश हमाल मेरो श्रीमान्’

राजेश हमाल मेरा पति हुन्, हामीले ०५२ साल वैशाख २ गते रजहरमा प्रेमबिहे गरेका हौँ 
काठमाडौं/ अविवाहित अभिनेता राजेश हमालका श्रीमतीसहित तीनवटी छोरी छन् भन्दा पत्याउन गाह्रो हुन्छ । तर, एक प्रहरी महिला हवल्दारले आफू राजेश हमालकी श्रीमती भएको र तीन बच्चा उनकै भएको दाबी गरेकी छिन् । चितवनकी ३७ वषर्ीया बालकुमारी अधिकारी अभिनेता हमालसँग आफ्नो १६  वर्षअघि विवाह भएको दाबी गर्दै उनले धोका दिएको भन्दै प्रहरीको शरणमा पुगेकी छिन् । आइतबार नायक हमालसँग नाता कायम गर्न माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी

Sunday, October 2, 2011

वेश्या

म वेश्या हुँ, यसो भन्दा मलाई कुनै हिच्चकिचाहट हुँदैन। जब म एकान्तिक हुन्छु, तब विगतका अभिव्यञ्जनाहरुले मेरो घाँटी निमोठ्न थाल्दछन्। प्रश्रव वेदनामा छटपटाइरहेकी स्त्रीझैँ म छट्पटाउन थाल्छु, आफ्नै विगतप्रति। मैले यौनजस्तो नितान्त प्राकृतिक र जैविक तत्वलाई बेचेँ, यौवनलाई पैसासँग साटेँ।
जीवनको यो प्रहरसम्म आइपुग्दा मात्र मैले थाहा पाएँ, कुनै पनि सम्बन्ध कालजयी हुने रैन’छ। सबै सम्बन्ध फिक्का र स्वार्थले लतपोतिएका हुदाँरहेछन्। जीवन सधैँ अस्तव्यस्त, दिनचर्या सबै केरमेर। सधैँको उही दौडधुप, भागमभागमाझ यौटा यान्त्रिक जीवन व्यतीत गरिरहेकी छु म। जीवनमा भाग्य,

Wednesday, September 28, 2011

उमाविमा मोबाइल, मिनिस्कर्ट र मोटरसाइकल निषेध गरेपछि विद्यार्थीले मोबाइल र मोटरसाइकल आफन्तकोमा राखी शिक्षकका आँखा छल्न थाले

बुटवल, १२ असोज 
मोबाइल, मोटरसाइकल र मिनिस्कर्ट प्रयोगका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको भन्दै बुटवलका उमावि सञ्चालकले कक्षा ११ र १२ का विद्यार्थीका लागि यी सेवा निधेष गर्ने भएको छ । सञ्चालकले यही शैक्षिक सत्रदेखि आप\mना सदस्य १७ उमाविमा मोबाइल, मोटरसाइकल र स्कर्ट निषेध गर्न प्रस्ताव गरेको छ । 
छात्रछात्रा क्लासमै मोबाइलमा गफिने, एकआपसमा एसएमएस आदानप्रदान गर्ने र अश्लील भिडियोसमेत पठाउने गरेको पाइएपछि कलेज सञ्चालकले मोबाइल प्रतिबन्ध गर्ने भएका हुन् । 'निकै हैरान भइयो, हात-हातमा मोबाइलले

गलत समूहको रगतले गर्दा एक महिलाको मृत्यु

भ्ाद्रपुर, ११ असोज । बिरामीलाई चाहिने रगतको सट्टा अर्कै समूहको रगत चढाएपछि उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ । इलाम जिल्लाको दानाबारी-१ बस्ने २५ वर्षीया देउमाया लिम्बूको भद्रपुरस्थित ओमसाई पाथीभारा अस्पतालमा आज मृत्यु भएको हो । उनलाई ओ पोजिटिभु समूहको रगत चाहिएमा भूलवश एबी पोजिटिभको रगत चढाइएपछि उनको मृत्यु भएको पीडित पक्षले जनाएको छ । प्राप्त जानकारी अनुसार केही दिनअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनी

Tuesday, September 27, 2011

मायाको पीडा

माया छ भनेर नढाट मलाई
मैले त तिमीलाई चिनेकै छैन
सित्तैमा जोवन नाफल खेर
मलाई त तिम्रो चाहनै छैन
आंशुको मूल्य अरुलाई सोध
मैले त रुन जानेकै छैन
किन यो आपत बनाउछ्यौ मलाई

Monday, September 26, 2011

श्रीमतीलाई खुसी राख्ने केही टिप्स

तारिफ गर्नुहोस्
हरेक मान्छे प्रशंसाको भोको हुन्छ । आफ्ना सम्बन्धमा कसैले सुन्दर दुई शब्द मात्रै भनिदियो भने पनि ऊ साह्रै खुसी हुन्छ । प्रशंसा या तारिफको यही नियमलाई श्रीमती -या प्रेमिकाका) हकमा भरपूर प्रयोग गर्नुहोस् । हरेक कुरामा उनको तारिफ गर्नुहोस् । श्रीमतीको रूपको तारिफ गर्नुहोस् । फिगरको तारिफ गर्नुहोस् । उनले लगाएको लुगाको तारिफ गर्नुहोस् । उनको घर सजाउने कलाको तारिफ गर्नुहोस् । खाना पकाउने कलाको तारिफ गर्नुहोस् । तर, तारिफ गर्दा ध्यान दिनुहोला— तपाईं कतै झुटो या नपच्ने कुरा त बोलिरहनुभएको छैन ? आफ्नी श्रीमतीलाई ‘तिमी त ऐश्वर्या रायभन्दा पनि सुन्दर छ्यौ’ भन्नुभयो भने तपाईं खुस्किनुभो । बरु, ‘मेरा लागि तिमी ऐश्वर्या रायजत्तिकै सुन्दर छ्यौ’ भन्नुभयो भने तपाईंको तारिफ सन्तुलित हुन

दुई छोरासहित आमा झुण्डिएको अवस्थामा

इटहरी,९ असोज/ सुनसरी भोक्राहाका एकै परिवारका दुई बालकसहित तीन जनाको आज बिहान झुण्डिएको अवस्थामा शव फेला परेको छ। घटना रहस्यमय भएकाले प्रहरीले छानबिन थालेको छ। भोक्राहा-१ का सदानन्द मेहताको दुई छोरा र श्रीमतीको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार सदानन्दका अढाई वर्षीय

Saturday, September 24, 2011

१८ यात्रुको शव विमानस्थलमा (यात्रुहरुको नामसहित)

सुशील भट्टराई, काठमाडौँ, असोज ८- त्रिभुवन विमानस्थलबाट  माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरको विशङ्खुनारायण गाविस र लामाटार गाविसबीचको सीमा कोटडाँडामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु  भएको छ। दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिएको थियो तर उनको पनि मृत्यु भएको छ।   बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।

दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र

'विपत्तिमाथि विपत्ति थपियो'

रोशन साँवा, इलाम, असोज ७ - जमुना– ८ का खुशमान दियालीलाई परिवारका लागि दुई छाक जुटाउनै हम्मे छ। त्यसमाथि श्रीमती मुना रक्तस्रावबाट लामो समयदेखि पीडित छिन्। श्रीमतीलाई जिल्ला अस्पतालमा उपचार गराइरहेका बेला भूकम्प आयो। 'घरले भूकम्प थामेन, भताभुंग भयो,' खुशमानले भने।
राम्ररी बिसेक नहुँदै खुशमान श्रीमतीसहित गाउँ फर्किएर यतिबेला ओत लाग्ने अस्थायी टहरा बनाउन जुटेका छन्। 'दुई–चार दिनका लागि आफन्तको घरमा आश्रय लिएको छु। लामो समय आफन्तको घरमा बस्न

Friday, September 23, 2011

स्याटेलाइट पृथ्वीमा खस्दैछ, कहाँ गएर बज्रने हो कसैलाई थाहा छैन

मान्छेले अन्तरिक्षमा छाडेका अनगिन्ती स्याटेलाइटहरु कै कारण हामीले टेलिभिजन, मोबाइल, इन्टरनेट, मौसम भविष्यवाणी आदि अनेक फाइदा लिन पाइरहेका छौँ। तर सँधै फाइदै मात्र त हुँदैन है। त्यसरी छाडेका स्याटेलाइटको पनि मिति पुग्छ। कति त उतैतिर ‘फोहर’ का रुपमा रहेका हुन्छन्। तर बस जत्रो आकारको एउटा स्याटेलाइट भने भोलि शुक्रबार पृथ्वीमा खस्दैछ। पृथ्वीको कुन भागमा यो आएर बज्रन्छ भन्ने चाहिँ वैज्ञानिकहरुलाई नि थाहा छैन। अमेरिकामा नि बज्रन सक्छ, अफ्रिकामा नि। प्रशान्त महासागरमा नि बज्रन सक्छ, सगरमाथामा नि। न्युयोर्कमा बज्रन नि सक्छ, न्युरोडमा नि सक्छ। पृथ्वीको जुनसुकै भागमा यो बज्रने संभावना छ। ठ्याक्कै यहाँ निर खस्छ भनेर भविष्यवाणी गर्ने क्षमता वैज्ञानिकहरुमा छैन। अहिलेका लागि उनीहरुले नेपाली

Tuesday, September 20, 2011

पूर्वप्रेमी भन्दै वर्षमा ६५ हजार कल

प्रेमीप्रेमिकाले एक आपसमा माया साट्नको दिनमा ४-५ पटक फोन गर्नु सामान्य हो । तर लभ छुटेपछि भने फोनको त कुरै छाडौँ भेटहुँदा पनि नबोली हिड्ने चलन हुन्छ कसैको । कहिलेकाहीँ दुखेसो पोख्न वा औपचारिकता पूरा गर्न पूर्व प्रेमी प्रेमिकालाई कल गर्नुलाई अनौठो मान्नु हुँदैन । रकतिपयले आफुलाई धोका

Sunday, September 18, 2011

भूकम्पबाट देशभर क्षति, कहाँ के भयो ?

काठमाडौँ, असोज १- आइतबार साँझ आएको भूकम्पका क्रममा काठमाडौँमा भागदौड गर्ने क्रममा ३२ जना घाइते भएका छन्। गृह मन्त्रालयलाई हालसम्मको प्राप्त क्षतिको विवरणअनुसार विभिन्न स्थानका गरी छ वटा घर भत्किएको र तीनवटा चर्किएका छन्।
धनकुटा जिल्ला भेंडेटारमा पहिरो गई सडक यातायात अवरोध हुन गएको मन्त्रालयले जनाएको छ।
भूकम्पको धक्काबाट प्रभावित सर्वसाधारणलाई उद्धार तथा राहतको तत्कालै व्यवस्था गर्न तथा उच्च सतर्कता अपनाउन मन्त्रालयले सबै सुरक्षा निकाय र जिल्ला दैवीप्रकोप उद्धार समितिलाई आवश्यक निर्देशन

ल्यापटप खरिद गर्दा ध्यान दिनु पर्ने कुराहरु #laptop #buy

सूचना प्रविधिको द्रुत विकास, इलेक्ट्रोनिक सामानको सुलभता र नेपालमा बढ्दो लोडसेडिङको कारणले पनि हुन सक्छ, केही वर्ष अघिसम्म डेस्कटप कम्प्युटरले काम चलाइरहेका (शहरिया) आम उपभोक्ताको पहुँच ल्यापटप कम्प्युटरमा पुगिसकेको छ । एक दशक पनि बितेको छैन, नाम चलेको ब्राण्डको डेस्कटप कम्प्युटर खरीद गर्न आधा लाख हाराहारीको बजेट विनियोजन गर्नु पर्दथ्यो तर आज सोही मूल्यमा अफिस वा दैनिक कामकाजको लागि उत्तम मानिने ल्यापटप बजारमा पाइन्छ । बजारमा डेल, एचपी कम्प्याक, सोनी, लेनेभो, एमएसआई, ह्यासी आदि ब्राण्डका ल्यापटप पाइन्छ । ल्यापटप खरिद गर्नुअघि ध्यान नपुर्याउने हो भने ब्राण्डकै कारणले वा

ईन्टरनेटको बजारमा ब्राउजर #internet #broswer

यदि तपाईं इन्टरनेट ब्राउज गर्नको लागि माइक्रोसफ्ट निर्मित इन्टरनेट एक्सप्लोरर प्रयोग गर्नुहुन्छ भने तपाईं सचेत इन्टरनेट प्रयोगकर्ताको हिसाबले लगभग तीन वर्ष पछाडि हुनुहुन्छ तर यसो भन्दैमा अप्ठ्यारो मानिहाल्नु भने पर्दैन किनभने तपाईं इन्टरनेट ब्राउज गर्नको लागि इन्टरनेट एक्सप्लोरर प्रयोग गर्ने बहुसङ्ख्यक प्रयोकर्ताहरुमध्ये एकमा पर्नुहुन्छ, जो विश्वभरिमा लगभग ४२ प्रतिशतको हाराहारीमा छन् । दुःखको कुरा, यो संख्या आजभन्दा ठीक ३ वर्षअघिको तुलनामा लगभग २६ प्रतिशतले कम्ती हो ।
वेबसाइट प्रयोकर्ताहरुको तथ्याङ्क संग्रह गर्ने साइट स्टाट काउन्टरका अनुसार सन् २००८ को मध्यसम्ममा

Saturday, September 17, 2011

तिम्रो जित होस भन्दै हरेक चोटी हार्दै गए !
तिम्रो रहर पूरा गर्न आफ्नो सोख मार्दै गए !!
तिमीलाई खुसी होस भनी पीड़ा सबै सहे !
तिम्रो संसार सजाउन आफुलाई जलाये !!

नग्न बिहेको आलोचना

कसैलाई थाहा नदिई सुटुक्क नग्न बिहे गरेका जोडीको खोजी चीनका प्रहरी अधिकारीहरुले गरिरहेका छन् । तिनको मुख्य दोष थियो- बिहे नाङ्गै गर्नु । त्यस्तो क्रियाकलापलाई प्रहरीले बौलाहापनको हद मानेका छन् ।नाङ्गै बिहे गरेको भनी अखबारमा तश्वीरसमेत प्रकाशन भएपछि प्रहरीहरु अप्ठेरोमा परेका हुन् । पछिल्लो समयमा चीनमा पश्चिमे शैली र नक्कल बढ्दै गरेको भन्दै त्यस्ता किसिमका क्रियाकलापमाथि रोक लगाउन प्रहरीहरु ल्ागिपरेका छन् ।

Friday, September 16, 2011

दुखाइ कम गर्न हाँसो

भनिन्छ, हँसिलो व्यक्ति सबैको पि्रय हुन्छ र उसको जीवन पनि सुखी हुन्छ । अनि यो पनि भनिन्छ कि आफू हाँसेर सबैलाई हँसाउन सक्ने कला भएका व्यक्ति दीर्घायु हुन्छन् । यस्तै एक अनुसन्धानका अनुसार हसाइले दुःख-पीडालाई दूर गर्न सक्ने दाबी गरेको छ । त्यसैले अब तपाईं-हामी आफ्ना साथीहरूसँग दिल खोलेर हाँसौं ।  अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनले जब हामी हलुको  रूपमा मुस्कुराउनुको सट्टा खुलेर हाँस्छौं भने यसले हुने शारीरिक क्रियाले मस्तिष्कमा 'इन्डोरफिस'को श्राव हुन्छ

बेसारले मुख र घाँटीको क्यान्सर रोक्छ

चोट निको पार्नदेखि अनुहारमा निख्खार ल्याउनसम्म बेसारको उपयोग गरिन्छ । हालै यसको अर्को गुण पनि पत्ता लागेको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको वैज्ञानिकले गरेको अनुसन्धानअनुसार खानामा बेसारको प्रयोगले घाँटी र मुखमा हुने क्यान्सरको सम्भावनालाई थुप्रै गुणा कम गर्छ । युनिभर्सिटीको जोनसन

महिला मित्रको ईच्छा बुझेरमात्र सेक्स गरौं

साधारणतया पुरुषहरुको बानी हुन्छ कि सेक्सलाई नियमित काम सम्झेर त्यस्लाई चाँडो चाँडो सक्ने कोशिस गर्छन् तर सेक्सका बेला धेरै बेरसम्म सहवास गर्ने महिलाहरुको ईच्छा हुन्छ ।
धेरै मानिसहरुको आदत हुन्छ कि उ प्रत्यक दिन आफनो मित्र साथी पार्टनरसंग एकै समय र एकै स्थानमा

सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न कठिन

सेक्सको मामिलामा महिलाहरुलाई बुझ्न धेरै कठिन छ । यो कुरा त्यत्तिकै लहडमा भनिएको होईन युनिवर्सीटी अफ टेक्सासका दुई मनोबैज्ञानिक प्रोफेसर सिन्डा मेस्टन र डेविड बसले यो तथ्य उनिहरुव्दारा लेखिएको पुस्तक ‘Why Women Have Sex ?’ मा उल्लेख गरिएको छ ।
अहिले सम्म भनिदै आएको थियो ‘महिलाहरु प्रेम प्राप्तिका

त्रिकोणात्म प्रेममा महिलाहरु बढी फस्छन

लण्डन । प्रायः भन्ने गरिन्छ कि पुरुषहरु सम्वन्धलाई लिएर धेरै भौंतारिन्छन् तर बास्तविकताले के बताउछ भने त्रिकोणात्मक प्रेममा महिलाहरु बढी फस्छन् । डेली एक्पे्रस समाचारपत्रका अनुसार एक अध्ययनले यो देखाएको छ । अध्ययनमा सहभागी महिलाहरु मध्य एक चौंथाईले एकै समयमा एक भन्दा बढी पुरुषहरुसंग प्रेम गरेका छन् । अर्कोतिर पन्ध्र प्रतिशत पुरुषहरुले मात्र दुई महिलाहरुसंग प्रेम गरेको बताएका छन् ।

Friday, August 26, 2011

श्रीमती भन्दै होटलमा ल्याएकी युवतीको हत्या

दिलबहादुर छत्याल, धनगढी, भदौ ८- पूर्व पश्चिम राजमार्गमा रहेको कैलालीको मसुरियास्थित कन्काई होटलमा बुधवार राति बास बसेका एक युवकले साथमा ल्याएकी युवतीको हत्या गरेका छन्। आफ्नी श्रीमती भनेर साथमा ल्याएकी ती युवतीको हत्या गरेर युवक बिहीबार बिहानै होटलबाट फरार भएका छन्।
युवक र युवतीको

Thursday, August 25, 2011

असल पुरुष

सत्या वरदानसँग निकै नै आकषिर्त भइसकेकी थिइन् । वरदानकोप ढाइ र सादापनले सत्याको मन खिचेको थियो । जसको कारणल मित्रता पनि झाँगिदै थियो । लाइबे्ररीमा बसेर घण्टौँसम्म यिनीहरू अध्ययन गर्थे । एकदिन सुत्याले वरदानलाई भनिन् ।

Wednesday, August 24, 2011

तपाईँ कुन खालको ज्वाइँ?

-चर्चित ढुङ्गेल-
ज्वाइँ भन्नाले छोरी, बहिनी, भतिजी, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ। ज्वाइँ शब्द एउटै भए पनि ज्वाइँहरु ३ प्रकारका हुन्छन्। आज म तिनै ज्वाइँहरुका बारेमा लेख्दैछु र तपाईँ पढ्दै हुनुहुन्छ। झ्याइँ पार्नु भएको छ भने यो पढेपछि तपाईँ कुन ज्वाइँ पर्नुभो छर्लङ्ग हुन्छ।
१) भलाद्‍मी ज्वाइँ— भलाद्‍मी ज्वाइँ कस्ता हुन्छन् भने बढीमा वर्षमा १ पटक ससुरालीको आँगन टेक्ने। समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइँहरुले कमै दर्शन दिन्छन्।

Monday, August 22, 2011

साताभित्र टेस्टट्युब बेवी सेवा सुरु हुने

प्रसूति गृह अस्पताल थापाथलीमा आगामी साताभित्र टेस्टट्युब बेवी सेवा सुरु हुने भएको छ। भदौ ४ अस्पतालको वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री झलनाथ खनालले उक्त सेवाको उद्‍घाटन गर्ने कार्यक्रम रहेको अस्पतालकी निर्देशक डा. लता बज्राचार्यले बताइन्। सेवा सञ्चालनका लागि अस्पतालले दुई चिकित्सकलाई तालिमका लागि भारत पठाएको तथा भारतकै ग्वालियर होप सेन्टरबाट चिकित्सक टोली आउने तयारी भएको बज्राचार्यले जनाइन्। ‘भारतबाट आएका डाक्टरले

Saturday, July 16, 2011

प्रेमले दिन्छ जिउने इच्छा

ट मायाको अनुभूति हुन्छ भने उसको शरीरमा यस प्रकारको रसायनिक परिवर्तन हुन्छ, जसले गर्दा रोगसँग लड्ने क्षमता वृद्घ िहुन जान्छ ।अनुसन्धानकर्ताहरूले एउटा अनुसन्धानमा प्रेम र भावनात्मक सुरक्षा बढी मिल्ने व्यक्तिको धमनीमा प्रेम र आत्मीयताबाट वञ्चित व्यक्तिको दाँजोमा अवरोध कम हुने औंल्याएको हो ।

Sunday, July 10, 2011

भुवनलाई बिच सडकमै ‘गर्लफ्रेन्ड’शर्मिलाका पतिले कुटे

सुस्मितासँगको सम्बन्धबिच्छेदपछि शर्मिला डंगोल नामकी एक बिबाहित युवतीलाई आफ्नी नयाँ प्रेमिका भनेर चिनाउँदै आएका भुवन केसीलाई तीनै प्रेमिकाका श्रीमानले बिच सडकमै भकुरेका छन् । पर्दामा हिरो बनेर सधैं गुण्डालाई पिटिरहने र सधैजसो जितिरहने भुवन केसीले सनिवार दिउँसो भने बिच सडकमै कुटाइ खानुपर्‍यो त्यो पनि फिल्मी शैलीमै । प्रत्यक्षदर्शीका अनुसार भुवनलाई शर्मिलाका पतिले पैसाको लोभमा आफ्नी श्रीमतीलाई बरालेको भन्दै सनिवार मध्यान्ह करिव पौने १२ बजे कोटेश्वर चोकमा गाडीबाट थुतेर कुटेका थिए ।

Thursday, July 7, 2011

धरान, सिन्धुली र सराङकोटमा केबुलकार योजना

विष्णु पोखरेल, काठमाडौं, असार २३ - निजी क्षेत्रका छुट्टा-छुट्टै कम्पनीले राजधानी सहित मुलुकका विभिन्न चार स्थानमा केबुलकार सञ्चालन गर्ने अनुमति पाएका छन्। केबुलकार सञ्चालन गर्न प्रस्ताव गर्ने काठमाडौं फन पार्क प्रालि, सिद्धबाबा दर्शन केबुलकार प्रालि, फिस्टेल भ्यु केबुलकार प्रालि र जय धरान केबुलकार प्रालिले उद्योग सञ्चालन अनुमति पाएका हुन्। उद्योग विभागले राजधानीमै केबुलकार सञ्चालन गर्ने प्रस्ताव पेस

Tuesday, July 5, 2011

बस त्रिशूलीमा खस्दा १२ बेपत्ता, दुईको मृत्यु

धादिङ, २१ असार
मंगलबार बिहान त्रिशूलीमा बस खस्दा बेपत्ता भएका १२ भन्दा बढी यात्रुको अझै अत्तोपत्तो छैन । दिनभर नदीमा देखिएको बसलाई पनि बेलुका भेलले बगाएको छ ।
उदयपुरको कटारीबाट राजधानी जाँदै गरेको बस ना४ख ४४२९ नम्बरको बस मंगलबार बिहान करिब ४ बजे धादिङ बेनिघाटको सडकबाट त्रिशूली नदीमा खसेको थियो । बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते छन् । बसमा चालक, सहचालक र कन्डक्टरबाहेक ४२ जना यात्रुले टिकट काटेका थिए । बस कर्मचारीबाहेक ३३ जनाको उद्धार भएको छ भने दुईजनाको मृत्यु भएको छ । अरू सातजना नदीमा बगेका छन् ।

Monday, July 4, 2011

अनुजा स्क्यान्डल : सेलिब्रेटीदेखी सर्वसाधारणसम्म

जम्मा ९१ लाख त्यसमा पनि हिराको हार फेला पार्ने त्यो व्यक्तिले खोजविन गरिकन सम्बन्धित सम्पत्तिवाला यानकि जसको सामान र पैसा हराएको थियो, उसलाई सुटुक्क बुझायो भनेको सुन्दा सायदै कसैले पत्याउला । तर, भोजपूर झुल्के घरभई हाल धरानमा दाजुकोमा ( बडाबाका छोरा ) बस्दै आएकि अनुजा बानियाले ९१ लाख र हिराको हार फेला पारेपछि सम्वन्धित व्याक्तिलाई विना रकम विना वक्सीस बुझाएको र उल्टै पैसा हराउने व्यक्तिलाई चियापान गराएर पठाएको समाचारले नेपालका सम्पूर्ण साना ठूला व्यानरका पत्रपत्रिका सञ्चारमाध्यममा व्यापक स्थान पायो ।

कट्रिना संसारकै सबैभन्दा सेक्सी युवती

हलिउडबाट बलिउड भित्रिएकी कट्रिना कैफले आफूलाई एक कुशल अभिनेत्रीको रुपमा स्थापित गर्न सफल भएकी छिन् । हिन्दी त्यति राम्रो बोल्न नआए पनि फिल्ममा भने उनको सम्वाद कुनै अन्य भारतीय नायिकाको भन्दा कम छैन । उनको सुन्दरतामा दिवाना हुने त हजारौ फ्यान र दर्शकहरु छन् । हालै गरिएको एक पत्रिकाको सर्वेक्षणले कट्रिना संसारकै सबैभन्दा सेक्सी युवती भएको देखाएको छ । तर आश्चर्यको कुरा के छ भने कट्रिना भने स्वयंलाई सेक्सी नभएको बताउछिन् । ‘म आफूलाई सेक्सी मान्दिन । यदि यो साचो भएको भए म अहिलेसम्म सिङ्गल (एक्लो) हुदैनथे ।

धेरै नम्बर आउँदैमा विज्ञान नरोजौँ'

एसएलसी परीक्षामा धेरै नम्बर आएमा साइन्स नै पढ्नुपर्छ भन्ने मान्यता हाम्रो समाजमा अझै पनि हट्न सकेको छैन । रुचि नभएको तर एसएलसीमा धेरै नम्बर आएकै कारण प्लस टुमा साइन्स विषय रोज्दा धोका पाएका धेरै उदाहरण छन् । जानकार भन्छन्, 'नम्बर हेरेर होइन रुचिको विषय छानौँ, धेरै नम्बर आउनेले साइन्स सजिलै पढ्न सक्छ भन्न सकिँदैन ।'पछिल्ला वर्षमा एसएलसीमा पाएको प्राप्तांक र विषय छनोटका सम्बन्धमा

Saturday, July 2, 2011

आमाले चलाएको कारले किचेर छोराको मृत्यु

बाहिरबाट कार लिएर आएकी आमाले रिमोटले घरको गेट खोलिन् र कार ब्याक गरेर पार्क गर्न लागिन् । त्यही क्रममा उनले आफ्नै बच्चालाई किच्न पुगिन् । 
सिंगापुरकी एक महिलाले आफ्नै बच्चामाथि कार चढाएकी छिन् । सुन्दै पनि कहालीलाग्दो

Thursday, June 30, 2011

A Cute Love story


There was a husband who “daily sent his wife a rose.Whenever he was out of town” One day he died …but still his wife received a rose every day.She was shocked she asked the florist, He told her “that husband had paid advance for her whole “life

Love someone such that it remains for ever

Wednesday, June 29, 2011

आइफोन ४ का लागि कौमार्य समेत सुम्पन तयार

चीनका युवाहरूमा महंगो सामानहरू कीन्ने लत अति बिकृत रूपमा फैलिन थालेको छ। यसले हाल चीनमा बिमारीको रूप लिर्इसकेको छ। बिज़न्यूज़ चाइनाका अनुसार हालै जुलिंगझाऊ नामकी एक केटीले एक चाइनीज ट्विटर मार्फत शनसनीपूर्ण ट्वीट गरेकी छिन्। उनले उनको साथ एक आइफोन ४ को सपना देखेकी छिन्। उनको बुवाले उनलार्इ यस फोन किनी दिन अस्विकार

Saturday, June 25, 2011

थप दुई सभासद्ले रातो पासपोर्ट बेचेको पुष्टि

एमाले सभासद् नारदमुनी रानाको पुरानो पासपोर्टको म्याद गत १७ सेप्टेम्बरमा सकिएपछि उनले नयाँ पासपोर्ट लिएका थिए । नयाँ पासपोर्ट बोकेका व्यक्ति अहिले अस्टे्रलियामा छन् । रानाले आफ्नो नयाँ पासपोर्ट नलिएको दाबी गरे पनि हस्ताक्षर मिलेको छ ।

किन हुन्छ प्रेम असफल ?

काठमाडौं,
करिब दुई वर्षअघि कीर्तिपुरको चोभारमा एक युवकले प्रेमिकाले अर्कैसँग विवाह गरेको निहुँमा प्रेमिकालाई गोली हानेर आफ्नै पनि कञ्चटमा गोली हानेर आत्महत्या गरे।
मकवानपुरका सिपाही राजकुमार न्यौपानेले प्रेम अस्विकार गरेको निहुँमा एक युवतीको छुरा प्रहार गरी हत्या गरे र तिनै युवतीको कोठामा आत्महत्या गरे।
गुल्मीमा एक युवकले आफ्नी प्रेमिकालाई गोली हाने पछि आफूलाई पनि गोली हाने तर संयोगले कुनै अप्रिय दुर्घटना भएन।
यी त प्रतिनिधि घटना मात्र हुन् जसले प्रेममा पागल भएको मान्छे प्रेम असफल भएपछि कस्तो बाटोमा लाग्छ भन्ने देखाउँछ। एकतर्फी

Thursday, June 23, 2011

रेगिस्तान बाट श्रीमानलाई पत्र

न त यहाँ पनि सुख त कहाँ छ र अरविको मुटु दुख्ने वचन बाणहरुले अनि बंगाली,पाकिस्तानि, ईजिप्सियनको बाट हुने शारिरिक शोषण र श्रम शोषण बाट बाच्न पनि उत्तिकै गारो हुने रहेछ

 मेरो हजुर तपाईलाई अरव रेगिस्तानको तातो छारो र चर्को घाममा जीन्दगीको एउटा पाना पल्टाई हजुरको मायामा ई कापेका औलाहरु थर्थराई कलम लगातार बगि रहने मसिका साथ खाडिका विरसिला दिनहरुका साथ हजुरको संझनामा झरेका आँशुका ढिका सँगै मैले मेरो माया रुपि शंन्देश स्वरुप मरूभूमिको कोसेली भनौ इपत्रिकाको माध्यम बाट पठाएकी छु । यो मरूभूमिमा खुशि त कहाँ मिल्छ र ? फेरि पनि मेरो हजुरकै मायाले नै दिन महिना गुजारेकी छु । मेरो हजुर समय र परिस्थितिले गर्दा हजुरको न्यानो माया देखि टाढा बस्नु परे पनि मेरो तन, मनले हरपल हजुरलाई नै संझि राखेकी छु ।तर पनि के गर्नु वाध्यता थियो प्रदेश हुनु यो रेगिस्तानमा चिसो हावा पानि भनेको एक कल्पना मात्र हुने रहेछ ।मरुभूमिमा उड्ने

पूर्वराजा ज्ञानेन्द्रलाई पारिवारिक तनाब

काठमाडौं, ८ असार 
शासन शक्ति गुमाएका पूर्वराजा ज्ञानेन्द्रको परिवारमा शान्ति पनि हराउँदै गएको छ । विगतमा छोरा पारसका कारण तनाबमा हुने पूर्वराजालाई अहिले ज्वाइँ राजबहादुर सिंहले दुःखी बनाएका छन् । 
कहिले राजनीतिक 'पार्टी'मा प्रवेश गर्ने त कहिले 'डान्स पार्टी'मा युवतीसँग बरालिने राजबहादुरसँग जेठान पारस पनि आक्रोशित छन् । स्रोतका अनुसार राजबहादुरले 'संघीय लोकतान्त्रिक गणतन्त्र मान्नेछु' भनेर नेपाली जनता दलमा प्रवेश गरेपछि

Monday, June 20, 2011

टाउकाको कठोर पीडा माइग्रेन

जुन खानेकुराले जुन व्यक्तिलाई रोग बढ्न सहयोग गर्छ, ती चीजबाट बच्नर्ुपर्छ। अति प्रतिकूल खालको मौसमी वातावरणबाट जोगिनुपर्छ। सकेसम्म अनिन्द्रा खाली पेट नबस्ने, अलि-अलि खाइरहने, एकै पटक धेरै नखाने गर्दा पनि रोगको आक्रमणबाट बच्न सकिन्छ। साथै अत्यधिक मानसिक तनावबाट जोगिने प्रयास गर्नुपर्छ। )))
 कुनै पनि उमेरका कुनै पनि मानिस प्रायः टाउको दुखाइको अनुभवबाट मुक्त भएका हुँदैनन् तर टाउको दुखाइ आफंै कुनै रोग नभई अन्य रोगको परिणाम मात्र हो टाउको  सामान्य कारणले दुखेर आफंै निको हुने पनि हुन्छ भने गम्भीर रोगका कारणले पनि हुन सक्छ, जसको समयमै उपचार नगर्दा मानिसको मृत्यु नै पनि हुन सक्छ भोक, थकाइ, तनाव, अनिन्द्रा, रिस, उच्च रक्तचाप, मधुमेह, बढी चिसो वा तातो, संक्रमण, ब्रेन ट्युमर, माइग्रेन, विभिन्न मानसिक रोग, मस्तिष्कसम्बन्धी अन्य रोगहरु, अम्लपित्त, आँखा, कान वा दाँतसम्बन्धी समस्या आदि विभिन्न कारणले टाउको दुख्न सक्छ
मानिसहरुमा टाउको दुखाइका आमकारणहरुमा मानसिक

चुटकिला

उटा परेवा कारमा ठोक्किएर बेहोस भएछ । एकजना मान्छेले आफ्नो घर लगेर पिँजडाभित्र राखिदिएछ ।
परेवालाई होश आएपछी यताउता हेरेछ अनि आफुलाई पिँजडाभित्र बन्द देखेर भनेछ्

आफ्ना सन्तानलाई आमा बाबुले यौन शिक्षा दिनु कति आबश्यक छ ?

प्राय: दम्पतिहरु आफ्ना सन्तानले उसको बाबु आमाले यौन सम्पर्क गर्छन् भन्ने कुरा थाहा नपाऒस् भन्ने चाहन्छन् । थाहापाउला कि भनेर डराउँछन्‚ लजाउँछन् । यसैले उनीहरुले सन्तानलाई यौनका सम्बन्धमा सही जानकारी प्रदान गर्न हिचकिचाउँछन् । अनि जिज्ञासु भएर उनीहरुले आफू कसरी जन्मेको भनी सोधे भने इश्वरले जन्माएको अथवा यस्तै अरु केही भनेर टारिदिन्छन् । अनि यौनांगहरुको सही नाम पनि बताउँदैनन् । अनि सन्तानले यौनको सम्बन्धमा कुनै जिज्ञासा प्रकट गरे भने गाली गर्ने‚

आज एसएलसी परीक्षाको परीक्षाफल

भक्तपुर, ६ असार/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैतमा लिएको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको परीक्षाफल आज प्रकाशित गर्ने भएको छ ।परीक्षा नियन्त्रक सुर्यप्रसाद गौतमले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारीमा जुटेको बताउनुभयो । नतिजाको अन्तिम रुजु गर्ने कार्य हिजोबाटै सुरु भएको र आज बिहान पाँच बजेदेखि नै काम गरेको बताउँदै उहाँले आज मध्यान्ह १२ बजेसम्म

Sunday, June 19, 2011

थरीथरी छन् बेडरुमका दुःख

पुरुषको यौनचाहना सलाईको काँटीजस्तो झरर्र बलिहाल्छ र सेलाउँछ तर महिलाचाहिँ तातेको ताप्केजस्तै बिस्तारै उत्तेजित हुन्छन् ।
बीस वर्षीया नवविवाहिता सुहागरातको मीठो कल्पनामा हराइरहेकी थिइन् । तर, त्यो रात उनका लागि 'जीवनकै ठूलो कालरात्रि' बनेर प्रवेश गर्‍यो । नवदुलाहा

फैसला सुन्नेबित्तिकै बेहोस

काठमाडौ, अषाढ ६ - सायद उनी हतकडी छुट्ने आशमा थिइन् । एक वर्षदेखि बस्दै आएको जेलको बन्द पर्खालभित्र सास फेर्ने सुरसारमा थिइन् । त्यही आशमा झापा गोलधापकी सुरक्षा श्रेष्ठ सुरक्षाकर्मी र हतकडी सँगसँगै आइतबार काठमाडौं जिल्ला अदालत पुगेकी थिइन् ।

सप्तकोसीमा पानी बढ्ने क्रम जारी

इनरुवा, अषाढ ५ - सप्तकोसी नदीमा पानीको बहाब बढने क्रम जारी छ । विगतका वर्षहरुमा भदौ महिनामा बहाब बढने कोसीमा यसवर्ष भने असारदेखी नै पानी बढ्न थालेको छ ।
आइतबार बिहान सवा ६ वजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर ८० हजार चारसय ९० क्युसेक पानी प्रति सेकेन्डका दरले बहाब भइरहेको प्रहरी चौकी कोसी ब्यारेजले

Saturday, June 18, 2011

नारी

यसरी आफ्नो जिवन गुमाउन बाध्य भएकी लक्ष्मीले यस समाजको लागी उनले निक्कै अनुत्तरित प्रश्नहरु छोडेर गएकी छिन । के यस समाजमा नारीको अन्त यहि हो त ?: गीता अमात्य

मध्यमवर्गीय परिवारमा जन्मेकी लक्ष्मी सानैदेखि निक्कै होशियार थिइन । बच्चैदेखि होशियार तथा सबको भलो चाहने लक्ष्मी गाउँघरमा

बेचिएका नेपाली चेलीको कारुणीक कथा सीएनएनमा

भारतबाट फर्कार्इएका चेलीहरूलार्इ घरपरिवारबाट स्विकारर्ने गरेको छ छैन भनेर बुझ्दा यस्ता चेलीहरू समाजबाट मात्र नभर्इ घर परिवारबाट समेत बहिष्कृत भएको निर्क्योल समेत निकालिन

बेचिएका नेपाली चेलीहरुको कथामा आधारित हलिउडकी चर्चित अभिनेत्री डेमी मुरले निर्माण गरेको एउटा उतकृष्ट बृत्तचित्र प्रदर्शनका लागि तयार भएको छ। सीएनएन टेलिभिजनको सहयोगबाट नेपालका चोरिएका

Sunday, June 5, 2011

प्रशान्तका दुई फिल्म जुध्ने

काठमाडौं, जेठ २२ (नागरिक)- 'गोर्खा पल्टन'बाट हिरो बनेका 'इन्डियन आइडल' प्रशान्त तामाङका नयाँ दुई फिल्म एकैचोटी राजधानीका हलमा रिलिज हुने भएको छ। उनले अभिनय गरेको 'अँगालो यो मायाको' र 'किन मायामा' असारको दोस्रो हप्ता रिलिज गर्ने तयारी गरिएको छ। 
'अँगालो यो मायाको'लाई डिजिटल सिनेमा नेपाल (डिसिएन)ले देशभरका हलमा रिलिज गर्न लागेको हो। फिल्म नियतबसले नभई संयोगले जुध्न पुगेको यसका निर्देशक विनोद सेरेङले बताए।
'निर्माता र वितरक मिलेर गरेको निर्णय हो।

Saturday, June 4, 2011

समयसँगै महिलाहरू पनि परिवर्तित

परिवर्तन नियमित प्रक्रिया हो। एक्काइसौं शताब्दीको आगमनसँगै हामी वरपरका थुप्रै कुरा परिवर्तन भएका छन्। समयसँगै परिवर्तन हुन नसके आफ्नो अस्तित्वमै प्रश्नचिन्ह लाग्नसक्छ। यही मेसोमा महिलाहरू पनि आफूलाई परिवर्तन गर्दैछन्। परिवर्तित समाजमा महिलाहरूले आफूलाई पत्नी, आमा, दिदी, बहिनी, साथी तथा प्रेयसीका रूपमा हेर्नुका साथै केही नयाँ कुरा पनि महसुस गरिरहेको पाइन्छ। आफ्नो

मोबाइल फोन: सुरक्षित रूपमा उपयोग नगरे बढ्छ क्यान्सरको खतरा

काठमाडौ, जेष्ठ २१ - तपाईं जुन बेला पनि मोबाइल फोनलाई कानमै टाँसिराख्नुहुन्छ ? दिनहुँ घन्टौं मोबाइल फोनमा झुन्डिराख्नु हुन्छ ? यदि हो भने सावधान । मोबाइल फोनको अत्यधिक उपयोगले मस्तिष्क क्यान्सरको जोखिम बढ्न सक्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का क्यान्सर विशेषज्ञले मोबाइलको प्रयोग कम गर्नेबारे गम्भीर हुन सुझाव दिएका छन् । डब्लुएचओ र इन्टरनेसनल एजेन्सी फर क्यान्सर रिसर्चले गत मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मोबाइल फोनको अत्यधिक उपयोगले 'ग्लिओमा' नामक मस्तिष्क क्यान्सर हुने खतरा अत्यधिक

Thursday, May 19, 2011

हिरो-हिरोइनको गाडीमोह

अभिनेता भुवन केसी ४७ लाखको किया स्पोर्टस् कार चढ्छन् । अभिनेत्री रेखा थापा २५ लाखको गेट्स, झरना थापा ४९ लाख पर्ने टेरेस चढ्छिन् भने अरुणिमा लम्साल १९ लाखको

Wednesday, May 4, 2011

लादेनले धर्मका नाममा जे गर्दै थिए

लादेनले धर्मका नाममा जे गर्दै थिए त्यो कुनै पनि कोणबाट सही थिएन । त्यसैले विश्वले उनलाई नम्बर एक आतंकवादी मान्यो


विगत १० वर्षदेखि महाशक्ति अमेरिका र पश्चिमा देशहरुको सर्वाधिक खोजीको सूचीमा रहेका अलकायदा प्रमुख ओसामा विन लादेन

Wednesday, March 30, 2011

लठ्याएर दुई किशोरीलाई सिलिगुडी पुर्‍याइयो

काठमाडौं, चैत्र १७ - अपरिचितले घनिष्ठझैं व्यवहार गर्लान्, तपाईंका सबै आन्तरिक कुरा गर्लान् र केही खान अनुरोध गर्लान् । होसियार रहनुस् त्यस्ताले तपाईंलाई लठ्याएर फन्दामा पार्न सक्छन् । यस्तै फन्दामा परेका छन् राजधानीको एम्बिसन कलेजमा ११ कक्षा पढ्ने नेपालगन्जका दुई किशोरी । नजिकबाट चिनेको बहाना गर्ने एक महिलाले दिएको जुस खाँदा उनीहरू अचेत

अर्बौको घोटाला अनुसन्धान प्रधानमन्त्रीको परीक्षा

अर्थ सचिव रामेश्वर खनालले राजीनामापछि मन्त्रालय नफर्कने, बरू समाजसेवामा दत्तचित्त हुने प्रतिक्रिया दिएर कसैप्रति औंला नउठाउने प्रष्ट गरेका छन्। राजनीतिक महत्वाकांक्षा नभएको कर्मचारीले कुनै पनि विषयलाई अभियानका रूपमा लैजान सक्दैन, लैजानेबारे सोच्न पनि गाह्रो मान्छ।  

Tuesday, March 22, 2011

टेलिकमको प्रतिसेयर ४० रुपैयाँ लाभांश

काठमाडौं/ नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । टेलिकमको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष -०६६/६७) को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय

साउदीका गैरकानुनी नेपालीलाई घर फिर्ने मौका साउदीका गैरकानुनी नेपालीलाई घर फिर्ने मौका

काठमाडौ, चैत्र ८ - साउदी अरबमा गैरकानुनी रूपमा कार्यरत नेपालीलाई घर फिर्ने मौका मिलेको छ । साउदी नागरिकको सहमति पाएको खण्डमा झन्डै एक लाख गैरकानुनी नेपाली कामदार घर फिर्न पाउनेछन् ।
'जसलाई साउदी नागरिकले सहमति दिन्छन्, ती कामदारलाई यहाँको अध्यागमन विभागले साउदी छोड्न अनुमति दिन थालेको छ,' रियादस्थित नेपाली दूतावासका कार्यवाहक

Thursday, March 17, 2011

‘सहवासको बेला मदिराले आत्मविश्वास बढाउँछ’

मेलवर्न । एक अध्ययन अनुसार महिलाहरुले सेक्सको समयमा आत्मविश्वास बढाउन मदिराको सहारा लिने गर्दछन् । ‘फेमफ्रेश’ नामक संस्थाको सर्वेक्षण अनुसार १८ देखि ५० वर्ष उमेर समूहका ३ हजार महिलाहरुमा गरिएको सर्बेक्षणअनुसार अधिकांशले मदिरा सेवन

Saturday, February 26, 2011

ससुराली घरमा आगजनी, सासुमाथि खुकुरी प्रहार

ससुराली पुरुषको दोस्रो घर मानिन्छ । ज्वाँई ससुरालीकालागि सधैको सम्मानित पाहुना हो । उसलाई सासु ससुरा लगायतका ससुरालीले लागे पुगे र सके सम्मको सम्मान दिन्छन् । यो हिन्दु संस्कार हो । तर एक ज्वाँईले त्यहि घरमा आगजनी गरी सासुलाई खुकुरी प्रहार गरेका छन् ।
उदयपुरको पहाडी गाविस बलम्तामा

स्वस्थ यौन जीवनका कुरा

धेरैजसो पुरुष जब कामोत्तेजित हुन्छन्, त्यसबेला उनीहरूको शारीरिक प्रतिक्रिया एवं हाउभाउबाट केही कुरा अनुमान लगाउन सकिन्छ । कै यन् अवस्थामा पुरुषहरू पनि आफ्ना इच्छालाई स्पष्ट रूपमा व्यक्त गर्न सक्दैनन् तर यसको अर्थ उनीहरू यौन आनन्द नै लिँदैनन् भन्ने हो इन । अतः पुरुषको शारीरिक प्रतिक्रिया र तिनलाई आकषिर्त गर्ने रहस्य थाहापाएर उनीहरूलाई सन्तुष्ट गर्नुका साथै

Friday, February 25, 2011

प्रशान्त तामाङको जोडी बाँधियो

दार्जीलिङ निवासी नेपाली मूलका गायक तथा इन्डियन आइडल प्रशान्त तामाङको विवाह सम्पन्न भएको छ । यो वर्षको सफल चलचित्र ' गोर्खापल्टन'का नायक तामाङको नागाल्यान्ड, डिमापुर निवासी गीता थापा मगरसँग यही फागुन ४ गते धूमधामले लगनगाँठो कसिएको छ ।  तामाङको गीतासँग केही वर्षअघिदेखि नै प्रेमसम्बन्ध थियो । वैवाहिक कार्यक्रममा सहभागी हुन उनले अभिनय गरेका दुई चलचित्र 'गोर्खा  पल्टन' तथा 'अँगालो यो मायाको' का निर्माताहरू क्रमशः जितु वंशल तथा किशोर दुङ्माली नागाल्यान्ड पुगेका थिए । तामाङले केही  समयअघि नै नेपालमा रहेका शुभेच्छुकहरूका लागि प्रीतिभोज दिने कुरा बताएका थिए ।

यौन धन्दा चलाएको आरोपमा गाउँ निकाला

फाल्गुन १४ भद्रपुर 

अवैधरुपमा मदिरा बिक्री गरेको तथा यौन धन्दा चलाएको भन्दै चन्द्रगढी–६ धनुषमोडका बासिन्दाले दुई महिलालाई शुक्रबार गाउँ निकाला गरेका छन् । 
झापा जिल्ला सदरमुकाम चन्द्रगढीमा प्रहरी–प्रशासनकै आँखाअगाडि चारआली गाउँछेउ कृष्णबहादुर खड्काको घर भाडामा लिएर एक वर्षदेखि अनमोल कोल्ड सेन्टर सञ्चालन गर्ने महिलाहरु यौन व्यापारमा संलग्न रहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । संगीता राई र रिना नाम बताउने महिलाको अगुवाईमा सो कोल्ड सेन्टर सञ्चालन भइरहेको थियो । उनीहरु दुवैलाई

इराकमा भएको बम विष्फोटमा पाँच जनाको मृत्यु

एजेन्सी । 

इराकको राजधानी बग्दाद र दियालामा भएको छुटाछुटै बम विस्फोटमा परी पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
बग्दादको उत्तर पूर्वमा रहेको दियालाको अल सादिया शहरमा इराकी सेनाको पोसाकमा आएका बन्दुकधारीहरुले एक घरमा गोली प्रहार गर्दा एकै घरका चार जनाको मृत्यु भएका हो । दियालाबाट सुरक्षाकर्मीले शंकास्पद दुईजनालाई पक्राउ

कसरी भइरहेको छ उद्धार न्युजिल्यान्डमा ?

 -सुरज बस्न्यात/न्युजिल्यान्ड-
 
फोटोः marionv08/twitpicन्युजिल्यान्डको दोस्रो ठूलो सहर हो क्राइस्टचर्च। यहाँ अस्ति मंगलबार दिउँसो भएको भूकम्पले ठूलो धनजनको क्षति गर्‍यो। झन्डै एक सय जति मान्छेको शव निकालिएको छ भने तीन सय जति हराइरहेको अनुमान छ। यही देशमा भएकोले उद्धार कार्यको बारेमा प्रत्यक्ष जानकारी पाइरहेको छु विभिन्न माध्यमबाट। प्रधानमन्त्रीदेखि सिभिल डिफेन्स, विद्यार्थी, सेना, पुलिस, रेडक्रस सबै अहोरात्र उद्धार कार्यमा ब्यस्त छन्। टाढाको सहरमा भएको हुँदा त्यहाँ भएका नेपालीसँग प्रत्यक्ष कुराकानी गर्न पाएको छैन टेलिफोन बिग्रिएकोले। अहिलेसम्म नेपालीको बारेमा नराम्रो केही सुनिएको छैन। तापनि

Thursday, February 24, 2011

तेह्र युवतीलाई बन्धक बनाउने तीन दलाल नियन्त्रणमा

काठमाडौँ, फागुन १२ - 

काठमाडौँको जोरपाटीस्थित एक घरमा १३ युवतीलाई बन्धक बनाइ राख्‍ने तीनजना दलाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नियन्त्रणमा लिएको छ।बाँके, झापा, इलाम र पाँचथरबाट ल्याइएका ती युवतीलाई दलालले अरुले जानकारी नपाओस् भन्ने उद्देश्यले बन्धक बनाएर राखेको बुझिएको छ। धरानका राजु शाक्य, झापाकी लक्ष्मी खड्का र आशालाल मिचेले ती युवतीहरुलाई जोरपाटीको एक घरमा राखेर कसैसँग सम्पर्क गर्न नदिई बन्धक बनाएको छ भन्ने युवा सङ्घ

लिबियाका नेपालीलाई कायरो लगिँदै

मणि दाहाल, काठमाडौं, फागुन १२- 

खाडी मुलुक लिबियामा सरकारविरोधी प्रदर्शन चर्केपछि पूर्वी सहर दर्नामा अलपत्र नेपाली कामदारको उद्धार थालिएको छ। बुधबार अपराह्न त्यहाँ रहेका नेपालीलाई आठवटा ट्रकमा राखेर दर्नाबाट इजिप्टको राजधानी कायरोतर्फ लग्न थालिएको छ।
नेपाली कामदार रहेको दक्षिण कोरियाली निर्माण कम्पनी 'वन कन्ट्रक्सन' ले उद्धार व्यवस्था मिलाएको त्यहाँ कार्यरत एक कामदार दुवरचन्द्र राईले जानकारी

Wednesday, February 23, 2011

कान्छी (कथा)

 - राजेश नतांश

कान्छीको पेट दिनानुदिन चुलिदै थियो । गाउँमा उसकै चर्चाका आँधीबेहोरीहरु
चलिरहेका थिए । गाउँलेहरु प्रत्येक गुट र उपगुटमा विभाजित भएर उसकै
आलोचना गर्नमा अभ्यस्त देखिन्थे । चियापसल, धारामा कान्छीकै विषयमा
छानवीन गरिन्थ्यो जस्तो कि त्यहाँ कुनै अदालती इजलास चलिरहेको होस् ।
जहाँ एउटा अन्त्यहीन बहस चलिरहेको प्रतित हुन्थ्यो । आफ्नो आँखा अगाडि
यस्ता घटित दृश्य देखेर म निक्कै मर्माहित बनेकी थिएँ । साँच्चै, कान्छी

अभिभावकमै निर्भर सन्तानको भविष्य

संगीता रौनियार 

विवाहपछि प्रत्येक नारीलाई मातृत्व सुखको चाहना हुन्छ । घर-आागनमा स-साना बालबालिकाको तोतेबोली गुञ्जियोस् भन्ने चाहना परिवारका सदस्यहरूको हुन्छ । तिनै बालबालिका यौवनावस्थामा पुगेपछि भने सपना पूरा भएको अनुभव हुन्छ । भनिन्छ-युवावस्थामा पुगेका छोराछोरीलाई आमाबुवाले साथीसरह व्यवहार गर्नुपर्छ तर हाम्रो त्याग, तपस्या, मायामा कतै केही न केही कमी-कमजोरी हुन्छ । सम्भवतः त्यसैले हाम्रा सन्तान आफ्नै अभिभावकलाई ढााट्ने, छल्ने आदि व्यवहार गर्न

भूकम्पले न्यूजिल्याण्डमा ६५ को मृत्यु

नारायण खड्का - अष्ट्रेलिया, फाल्गुन १० - 

न्युजिल्याडमा बुधबार बिहान गएको भुकम्पमा परि ६५ जनाले ज्यान गुमाएका छन् । दर्जनौं पुरिएको र करोडौं डलर बराबरको सम्पतीको क्षति भएको अधिकारीहरुले जनाएका छन् । घटनामा कुनैपनि नेपालीहरु हताहत भएको सुचना अहिलेसम्म नआएको अष्ट्रेलियास्थित नेपाली दुतावास र अवैतनिक महावाणिज्यदुतावासले बताएको छ ।
मध्यान्ह १२ बजेर ५१ मिनेट अर्थात नेपाली समयअनुसार बिहान ५ बजेर ५१ मिनेटमा गएको भुकम्प ६.३ रेक्टर स्केल मापन गरिएको छ । भुकम्पका कारण न्युजिल्याडको मुख्य तथा पर्यटकीय शहर क्राइष्टचर्च करिब ध्वस्त भएको छ । भुकम्पमा परि अहिलेसम्म ६५ जनाले ज्यान गुमाईसकेको न्युजिल्याडका प्रधानमन्त्री जोन केले पुष्टि गरेका छन भने यो साख्या अझ बढ्न सक्ने बताएका छन् ।

विदेशमा नेपाली मोबाइलबाटै कुरा

रामचन्द्र भट्ट, काठमाडौं, फागुन ११ – 

विदेश यात्रामा युरोप, अमेरिका पुग्ने जोसुकै व्यक्तिले नेपाली मोबाइलबाटै कुराकानी गर्न सक्ने भएका छन्। ब्ल्याकबेरी मोवाइल बोक्नेले भने थप महसुल नतिरी निर्वाध इन्टरनेट सेवासमेत चलाउन सक्नेछन्।
नेपाल टेलिकम र एनसेलले आफ्ना उपभोक्तालाई रोमिङ सेवाको सुविधा दिए पछि यस्तो संभव भएको हो। निश्चित रकम तिरेर यस्तो सेवा लिने नेपाली मोबाइल टेलिफोनका ग्राहकले विदेशमा जाँदा आफ्नै मोबाइलबाट कल गर्न र टेलिफोन रिसिभ गर्न सक्नेछन्।

Tuesday, February 22, 2011

एक नेपाली युवा अमेरिकामा माग्दैछन् जिवनको भिक्षा

न्युयोर्क -

एकजना नेपाली युवाले अमेरिकामा जिवनको भिक्षा मागिरहेका छन् । मृगौला खराब भएपछि न्युयोर्कमा सुरक्षा गार्डको काम गर्दै आएका शेरबहादुर बुढाथोकीले नेपालीहरुसंग उपचारका लागि सहयोगको याचना गरेका छन् । ३३ वर्षका बुढाथोकीको मृगौला अन्तिम अवस्थामा पुग्दै गरेको ६ महिना अगाडि नै चिकित्सकले जानकारी दिएका थिए । तर उपचारका लागि रकम अभावका कारण बुढाथोकीले उपचार गराउन सकेका छैनन् ।तीन वर्षको उमेरमा नै बाबुआमा गुमाएका बुढाथोकी सन् २००९ मा अमेरिका आएका थिए । त्यतीबेलादेखि नै उनले सुरक्षा गार्डको काम गर्दै आएका छन् । ६ महिना अगाडि चेकअप गराउंदा मृगौला असाधारण अवस्थमा पुगेको थाहा पाएको बुढाथोकीको भनाइ छ । अपरेशन गर्न अत्यन्तै महंगो पर्ने भएकाले र तत्काल त्यसका लागि भारत जानुपर्ने भएकाले

मास्टरले नै व्लु फिल्म सुटिङ गरेपछि……

हुन त अहिले व्लु फिल्म छ्याप छ्याप्ती पाइन्छ । बजारमा रोजी रोजी र इन्टरनेटमा खोजी खोजी व्लु फिल्म हेर्नेहरुको ताती पनि उस्तै छ । कतै स्कुल सेक्सका नाममा त कतै हट सेक्सका नाममा । तर विद्यालयमै शिक्षकले व्लु फिल्म सुटिङ गरेपछि एक जोडी कारवाहीमा परेको छ ।
बेलायतमा एक जना शिक्षकले सहायक कर्मचारीसँग ‘सेक्स टेप’ बनाएपछि विद्यालय प्रशासनले दुवैजनालाई निलम्वनमा गरेको छ । उनीहरु दुवै जनाले सेक्स टेप मात्र बनाएका थिएनन्, त्यसलाई विद्यालयको कम्युटरमा समेत राखेका थिए । शिक्षकका साथिहरुले कम्प्युटरमा सेक्स

Monday, February 21, 2011

पूर्वगृहमन्त्रीले लगे एक करोडको पजेरो


काठमाडौं, ९ फागुन

निवर्तमान गृहमन्त्री भीमबहादुर रावलले एक करोड मूल्यको मित्सुबिसी पजेरो गाडी घर लगेका छन् । आफ्ना लागि भन्दै एक वर्षअघि किन्न लगाएको पजेरो नै रावलले लगेका हुन् ।
नयाँ आउने गृहमन्त्रीबाट अनुमोदन गराउने गरी गृहसचिव डा. गोविन्द कुसुमले रावललाई बा.१झ ८६७१ नम्बरको गाडी दिने निर्णय गरेको स्रोतले बतायो । स्रोतका अनुसार रावलकै दबाबमा उनले गाडी दिने निर्णय गरेका हुन् । नियमअनुसार अघिल्ला मन्त्रीलाई गाडी दिने निर्णय नयाँ गृहमन्त्रीले गर्नुपर्ने हुन्छ ।
सचिव कुसुमले रावल गृहमन्त्री छँदा प्रयोग गरेको महँगो गाडी